Widgets

Posted by : सिकारुकेटो Sunday 21 July 2013

आज गुरु पूर्णिमा। गुरुप्रति श्रद्धा र आभार प्रकट गर्ने दिन। गुरुले हामीलाई जीवनमा अघि बढ्न महत्त्वपूर्ण ज्ञान दिएका हुन्छन्। तर आफ्ना विद्यार्थीलाई यातना दिएर गोरुचुटाइ गर्ने गुरुहरु पनि हुन्छन्। यातनासहितको सिकाइबारे पवन न्यौपानेको ब्लग- ‘के सिकाउँदैछौं हामी बालबालिकालाई ?’ 
साभार : माइसंसार 
यातनासहितको सिकाइ : के सिकाउँदैछौं हामी बालबालिकालाई ? 
Picture:Google
प्रसंग १ : आजभन्दा करिब २ दशक अघि फर्कन मनलाग्यो । स्कुले जिवनको क्षणथ्यो त्यो ।  गाऊँकै सरकारी स्कुल थियो । शायद हामी ५ कक्षामा पढ्थ्यौं त्योवेला । एकजना शिक्षक थिए । 

बिद्यार्थीले सामान्य गल्ति गर्दापनि ब्लेडले पाखुरा चिरेर चकको धुलो छर्कन्थे, बोल्नसक्ने हिम्मत कसैको थिएन । ति शिक्षकको त्यो ब्यबहारका कारणले तिनि बाटोमा हिंडदापनि हामी डराउने गथ्र्यौं । तर निजको यो ब्यबहारले न त हामीलाई अनुसाशनको बाटो तिर डोह्याउने पुष्ट आधार नै दियो, न त निजलाई चुनौति दिंदै अनुसाशन तोडन नै उद्यत गरायो । हामी १० कक्षामा पुगेर बिद्यालयका कतिपय सवाललाई उठाएर बिद्यालयमा हडताल गर्दामात्र ति शिक्षकको त्यो प्रवृत्ती बन्द हुनुपर्छ भनेर हामीले पहिलोपटक सामुहिक रुपमा आवाज उठाएका थियौं ।

प्रसंग २ : बिद्यालयजिवनकै कुरा हो यो । ९ कक्षामा पुगेपछि बिज्ञान पढाउने एक शिक्षक थिए । बिद्यार्थीको खासखुश सुनेपछि आँखै नहेरी काठको डस्टरको झटारो हान्थे । उनको झटारोले एकदिन हाम्रा एक साथिको टाउकोनै फुटेर उपचारका लागि दौडाउन परेको थियो । बिद्यार्थीले कक्षामा हल्ला गर्नुहुँदैन भन्ने एउटा तर्क होला, तर त्यसको सजाय डस्टरको झटारोपनि त होईन ।

प्रसंग ३ : बिद्यालय जिवन पार गरियो । कलेजको ब्याचलर्स लेभलमा पुग्दा नपुग्दै बोर्डिङस्कुल पढाउने काम शुरुगरेँ, औपचारिक रुपमा त्यो मेरो जिवनकै पहिलो जागिरपनि थियो, कम्ता रमाईलो लाग्दैनथ्योे बालबालिकाले सर भनेर बोलाउँदा, तर अहिले आएर मनन हुन्छ उनिहरुको त्यो सम्बोधन कत्तिको मनभित्रबाटै थियो या थिएन् । बिद्यालयमै पढाउने क्रममा सहकर्मी शिक्षकशिक्षिकाहरुले बालबालिकालाई कहिले तातो घाममा उभ्याउने, कहिले मुर्गा बनाउने जस्ता दण्ड दिईएका दृष्यहरुपनि देखियो । जानअन्जानमा आफूपनि यो प्रक्रियामा कैलेकाहीँ सहभागि भईयो होला । तर अहिले सम्झँदा नी आफैंप्रति ग्लानी भएर आउँछ ।

प्रसंग ४ : समयक्रमसंग रेडियोमा बोल्ने रुचीका कारण रेडियोमा छिरियो । सोही क्रममा बिभिन्न सवालमा रिपोर्टिंङ गर्न बिभिन्न स्थानमा जानेंगर्थे । आजभन्दा करिब ७ बर्षअघिको कुरो, रिपोर्टिंङकै सिलसिलामा उदयपुरका बिभिन्न पहाडी गाबिसहरु भलायाडाँडा, रौता, पंचावती, लाफागाऊँ, आँपगाछि, जाँते जस्ता ठाऊँहरुलाई करिब २ बर्षजति कार्यक्षेत्र बनाएर नियमितजसो त्यसठाऊँमा पुगियो । त्यहाँका सरकारी बिद्यालयहरुमा पुगियो । तर त्यो समयमा त्यहाँका धेरै बिद्यालयहरुमा बिद्यालयलाई बालमैत्री बनाउने उदेश्य सहित लठ्ठी / यातनारहित सिकाइ अभियानचलिरहेको थियो । अर्थात शिक्षकले यातना नदिईकन पढाउने अभियान नै चलेको थियो र यसले समग्रमा शिक्षक, बिद्यार्थी एवं त्यो समाजलाई नै सकरात्मकता तर्फ अगाडी बढाईरहेकोथियो ।

Students belongs to a school form Jumla 
माथि उल्लेखित ४ प्रसंगमध्ये अन्तिम प्रसंग सकरात्मक थियो । त्यो बाहेकका माथिल्ला ३ प्रसंग साँच्ची मनै अमिलो हुने खालको मेरो अनुभव थियो । तर समाजको वास्तविकतापनि यहि हो र वितेका २० बर्ष पहिलेको मास्टरी प्रवृत्ती अहिलेपनि अधिकांश बिद्यालय र शिक्षकहरुमा कायमै छ । बेलाबेलामा बिद्यार्थीमाथि हुनेगरेका यातनाका घटनाहरु बाहिर आईरहने कुराले पनि त्यो पुष्टि गर्दछ । यस्तै पराकाष्ठाको पछिल्लो रुप हो : बाँके घटना । अलिकति पुनःस्मरण गराऊँ, केहीदिनअघि नेपाली संचारमाध्यममा एउटा भयभित बनाउने समाचारले प्रश्रय पायो । नेपालकै मध्यपश्चिममा पर्ने बाँके हिरमिनिया १ को एक निजि बिद्यालयकी शिक्षिकाले होमवर्क नगरेको भन्दै पिटदा (केही संचारमाध्यमा किताबले झटारो हान्दा भनेर भनिएको छ) नर्सरीमा पढने स्थानिय ८ बर्षे बालक अजय धोबीको आँखाको नानी फुट्यो । घटना नियोजित भन्दापनि दुर्घटना जस्तो देखिन्छ , तरपनि बारम्बार दोहरीरहने यसप्रकारका घटना प्रति सजग र संवेदनशिल भने हुनैपर्छ । घाइते निज बालक अझैपनि उनि उपचारका क्रममा छन्, र आशा गरौं उनको आँखा पुनः पहिलेकै स्थितिमा फर्कियोस् । सुन्दै आततायी लाग्ने यस्ता घटनाहरु बेलाबेलामा आईरहन्छ । कतिपय ठाउँमा शिक्षकको यातनाले बिद्यार्थीले बिद्यालय जान छाडेका घटनाहरुपनि छन् ।

युनिसेफ नेपालको सहयोगमा सिभिक्टले गरेको २००४ मा गरेको एउटा अनुसन्धान नेपालमा बालबालिका बिरुद्धको हिंसा नेपालका बिद्यालयमा अनुसाशन प्रणालीका बारेमा अध्ययनरिर्पोटमा भनिएअनुसार बिद्यालयमा होस् या घरमा, बालबालिकालाई कुटपिट गर्ने एवं हिनताबोध महशुश गराउने कार्यकलाप एकदमै सामान्य हो । बिद्यार्थी, शिक्षक एवं अभिभावकसंग छुट्टाछुट्टै छलफल गर्ने क्रममा यस्तो निस्कर्ष आएकोथियो । यही अध्ययनमा किन यस्तो हुन्छ त ?’ भन्दा शिक्षक एवं अभिभावकले हामिलाई हाम्रो बाल्यकालमा अनुसाशनका नाममा यस्तै शारिरिक एवं मानसिक यातना भोगाईयो र हामीलेपनि त्यही कुरालाई पछ्याईरहेका छौं ।भन्ने जवाफ आएको निष्कर्ष छ । सोही अध्ययनमा प्राथमिक तहका बालबालिका यसकिशिमका यातनाको बढि सिकार हुने गरेको र उनिहरुले त्यसका बिरुद्धमा बोल्नसक्ने समेत नदेखिएको भनि उल्लेख गरिएकोछ ।

सिभिक्टकै सोही अध्ययन रिपोर्टमा उल्लेख गरिएअनुसार नेपाल मानब विकास रिपोर्ट २००८ ले बताएअनुसार सन १९९४ मा बिद्यालय भर्ना भएको ६३ प्रतिशत बिद्यार्थी प्राथमिक चरण पार नगर्दै बिद्यालय छाडे र थप २७ प्रतिशतले निम्न माध्यमिक चरणमा बिद्यालय छाडे ।यसैलाई आधार मानेर भन्ने हो भने १० प्रतिशत मात्र बिद्यार्थी माध्यमिक चरणमा पुग्छन् अर्थात कक्षा एकमा भर्ना भएका १०० जना बिद्यार्थी दश कक्षामा पुग्दा १० जनामा सिमित रहन्छन् र यसको एउटा महत्वपूर्ण कारण बिद्यालयमा दिईने यातना एवं सजायपनि होभनिएको छ । यो निचोडले पनि सवाल कति गंभिर छ र कुन मानसिकताका कारण बालबालिका बिद्यालयमा यातना भोग्न बाध्य भएका छन् भन्नेकुरो पुष्टि हुन्छ ।

अनुसाशनमा राख्ने निहुँमा हुने यस किशिममा घटनाले बालबालिकाको मानसिकतामा कस्तो असर पार्ला वा पारिरहेको छ त? अनुसाशनको नाममा दिईने यस प्रकारका यातनाले के बालमैत्री बिद्यालय बन्न सक्छ त ञ् कि हाम्रा बिद्यालयहरु यातनागृह बन्नतर्फ उन्मुख हुँदैछन् ? बिद्यालय जाँदा डर र त्रास बोकेर जाने बालबालिकाले त्यहाँबाट के सिकेर आउन सक्लान ? अथवा परामर्श, अनुशाशन, सिकाई पद्धती एवं बालमैत्रीब्यबहारका बारेमा बिद्यार्थीलाई भन्दा हाम्रा शिक्षकशिक्षिकाहरुलाई परामर्श, तालिम एवं पाठ सिकाउन जरुरी छ कि ? बरु यतातिर पो सोच्ने बेला भएको हो कि ?     
(ट्विटरमा @Shikaruketo नामले चिनिने न्यौपाने इक्वल एक्सेस नेपालसँग आवद्ध छन्)
[तपाईँले पनि विद्यालयमा यस्तैखाले यातना भोग्नुभएको सम्झना छ कि ? कोही भन्छन्- केही विद्यार्थी त नपिटी तह नै लाग्दैनन्। यातनासहितको सिकाइबारे तपाईँको धारणा के छ ? आफ्नो विचार तल कमेन्टमा लेख्नुहोला] साभार : माइसंसार 

{ 1 comments... read them below or add one }

LIKE PLEASE.....

LIKE PLEASE.....
तपाईंको एक क्लिकले बिजेता बन्नसक्छ । त्यसैले कृपया माथिको फोटोमा क्लिक गरेर फोटो खोलेर (ओपन गरेर) फोटोमा लाइक गर्दिनुहोला ।

दम्पति

दम्पति
हामि जोइपोइ

धानखेतमा बाउसे गर्दै

धानखेतमा बाउसे गर्दै
असार १५ / २०७० गोलढुंगा, काठमाण्डौं

Creativity in Journalism

Creativity in Journalism
Picture published on the news of republica daily of 13 July,2013 about the training 'Creativity in Journalism organised by British Council on 8-12 July,2013

ललिता

ललिता
सुनसरीबाट प्रकाशित न्युजडटकम साप्ताहिकमा छापिएको मेरो कथा ललिता

सिकारुकेटो को हो ?

मेरो वारेमा ? मतलब म को हुँ ? निक्कैबेर घोत्लायो यो प्रश्नले । मेरो परिचय के ? गारो भयो यसको जवाफ दिन । चित्तबुझ्दो जवाफ नआउन्जेल सम्मको लागी उही सबैले दिने खालको परिचय दिँदैछु । वाआमाले राख्देको नाम पवन । थर न्यौपाने । जातले बाहुन (जुन म मेरो इच्छाले भएको हैन तैपनि हेपिनु परेको छ कतिपय अवस्थामा)ट्विटरमा @Shikaruketo सिकारुकेटो भनेर चिन्छन् मित्रहरुले । मोरंगको टंकिसिनुवारी (विराटनगर)हो मेरो घर। पेशाले रेडियो र मिडिया कन्टेन्टलाई कार्यक्षेत्र बनाएर हिँडेको ७० सालमा १० बर्ष पुगेछ । काठमाण्डौंमा डेरामा बसेर एउटा मिडियामा काम गर्ने गैससमा काम गर्छु । त्यहीँ पाएको पारिश्रामिकले आफु, श्रीमती र १ छोरीको जेनतेन गुजारा चलाएको छु । घुमफिर गर्न,नयाँ मान्छे भेटन, नयाँ कुरा सिक्न औधी रहर छ । हिँडदा, भेटदा, देख्दा समेटेका अनुभव अनुभुति एवं क्रियाप्रतिक्रियालाई कहिलेकाही यही ब्लगबाट शेयर गर्छु । यत्ति नै हो मेरो परिचय,रुची, इच्छा र अनुभव ।

सबैभन्दा बढी रुचाईएको

अब कक्षा १ मा

अब कक्षा १ मा
कक्षा १ पढन थालेँ नी म । सेन्ट मेरिज स्कुलमा छोरी कृपाको पहिलो दिन २९ अप्रिल २०१३

क्यामेरा, रोलिंग, एक्सन

क्यामेरा, रोलिंग, एक्सन
मित्र मिलन पौड्यालले कंचनपुरमा क्लिक गर्नुभएको तस्वीर

चन्द्रागिरी हाइकिङ

चन्द्रागिरी हाइकिङ
मित्र प्रमोद न्यौपानेले खिचिदिनुभएको तस्वीर
Powered by Blogger.

मैले कमाएको ~ मेरा मित्रहरु