Widgets

Posted by : सिकारुकेटो Sunday 28 July 2013


‘सिकारी, ए सिकारी तिमी ट्विटरमा चर्चित रैछौ । तिमिसंग सहकार्य गर्नुपर्यो ।’ ट्विटरमा मैले फलो गरेको एउटा छद्म हेण्डलबाट डिएम आयो ।
‘सहकार्य ? कस्तो सहकार्य भन्न खोज्नुभएको ?’ मैले थप जिज्ञाशा राखेँ  ।
‘तिमि सिकारीबाट अब सिकारी डन बन्नपर्यो अब ।’ उताबाट फेरि डिएममै रिप्लाई आयो ।
‘सिकारी डन....तर.......’ म अल्मलिएँ ।

‘हो, सिकारी डन । हाम्रो पार्टीलाई तिम्रो खाँचो छ । हाम्रो पार्टीको युवा दस्ता सम्हाल्न तिमि अब सिकारी डन बन्नपर्नी भो । ’ अलि कडा भावमा जवाफ आयो ।

‘हैन, म सामान्य मान्छे हुँ । काम गरेर खाने कारिन्दा । मलाई यत्ति ठुलो पदवी थेग्दैन होला महाशय’ मैले शंकामिश्रीत अश्विकारोक्ति दिएँ ।
‘हैन, तिमिले केही गर्न पर्दैन । सबै म गरिदिन्छु । तिमि केवल हुन्छ मात्र भन । बस् त्यत्ति भए पुग्छ ।’ उताबाट फेरि कन्भीन्स गर्न खोजियो ।
‘चरी चिन्छौ नी ? ’
‘कुन चरी ? मैनाचरी ?’ मैले जिस्कीँदै सोधें ।
थर्काएको मुद्रामा जवाफ आयो, ‘मैनाचरी हैन, चरी । हाम्रा सक्रिय कार्यकर्ता । डन चरी ।’
अँ भन्नुस् न ।
‘उन्लाई चरी बनाएको पनि मैले नै हो । अहिले हेर त उनको तागत । उनी थुनामा हुँदा अहिले जिल्ला बन्द हुन्छ । कत्रो पावर छ उनको । लोभ्याउने भाकामा फेरि उतावाट जवाफ आयो ।’
 ए.....
‘मनाङे त था होला नी ?’ फेरि प्रश्न आयो ।
‘मनाङे भनेको, मनाङबाट आएको त होलानी । म मोरङबाट आएको मोरङेली भन्या जस्तै, हैन र ?’ मैले प्रतिप्रश्न गरेँ ।  
‘मनाङे भन्ने नामैले मान्छे थरररर काँप्छन् अहिले ...मैले नै हो उसलाई मनाङे बनाएको । करोडौंको सम्पतिका मालिक हुन् उनी । ठमेलमा उनको अबैध धन्दालाई अहिलेसम्म हाम्रै संरक्षणमा बचाएर राखेका छौं । ’
‘अनि के अब त्यो सम्पति मेरो नाममा हुन्छ त ?’ मैले फेरि जिस्किने मुडमा प्रश्न सोधेँ ।
‘कुरो सिरियस छ । तिमिलाई हामी मनाङेको बाऊ बनाउँछौं । ’
‘मनाङेको बाऊ ?’ मैले जिज्ञाशामिश्रित प्रश्न सोधेँ ।
‘मनाङेभन्दा पावरफुल बनाउँछु तिमिलाई म । तिमि हुन्छ त भन ।’ लोभ्याइयो उताबाट ।
‘हैन, म कसरी त्यस्तो हुनसक्छु र ?’ आफैंप्रति अविश्वाश लागेर मैले सोधेँ ।
‘ल, गणेश लामा नाम त सुन्या छौ नी । हिमालपहाडमधेश पार्टीका केन्द्रीय सदस्य एवं चर्चित डन । ’
‘अँ पत्रिकामा अन्र्तवार्ता  हेरेको थिएँ एकपटक । ’ जवाफ दिएँ ।
‘हो । उनलाई डन कल्ले बनायो ?’
‘तपाईंले त होलानी ।’ माथिका कुराकानीबाट म स्पष्ट भैसकेको थिएँ जवाफ यही हो भनेर, त्यहीभएर भन्देँ ।
‘हो । मैले नै हो । अहिले काठमाण्डौंका सबै ढुंगा गिटी बालुवा तिनै गणेशले हेर्चन । उनलाई काभ्रेबाट ल्याएर डन बनाउने मान्छे मै हुँ । अनि पर्शुराम त थाछ होला नी ।’
‘पर्शुराम ? को पर्शुराम ? भगवान बिष्णुको अवतार पर्शुराम ? ’
‘होईन पर्शुराम बस्नेत । डन पर्शुराम । पर्शुदाई पनि भन्छन् उनलाई केटाहरु । उनको लागी सयौं केटाहरु मार्न र मर्न तैयार छन् । ’
‘ए.....अनि’
‘उनलाई दोलखाबाट बिराटनगर ल्याएर डन कस्ले बनायो ? कृष्णबस्नेत बाट उनलाई पर्शुराम बस्नेत कस्ले बनायो ? मेचीमहाकाली पार्टीको युवा दस्ताको केन्द्रीय प्रतिनिधि कस्ले बनायो ?’
‘अरु कस्ले नै बनाउँछ र ? तपाईंले त हो नी ।’ ट्विटरको डिएमबाट नै पुन जवाफ फर्काएँ मैले ।
‘हो । त्यसोभए मेरो ताकत बुझेछौ नी तिमिले । अब बन्ने हैन त सिकारी डन ? ’
‘तर मलाई के फाईदा हुन्छ सिकारी डन बन्दा ?’ फाईदोकै कुरो रैच भने डिल गर्नपर्छ कि झैं लागेर मैले कुरो अगाडी बढाएँ ।
‘तिमिलाई फाईदै फाईदा हुन्छ ।’ उनले थप बल गर्दै भनेँ , ‘के चैं फाईदा हुँदैन भनन तिमिलाई ? घर, गाडी , बंगला, खोला, नाला, ठेक्का, पट्टा, गुण्डा, लठैत, नेता, कार्यकर्ता सबै तिम्रै हुन्छन् । ’
‘ए, अनि मलाई यत्ति धेरै फाईदा हुन्छ । तपाईंलाई चाहीँ के फाईदा हुन्छ मलाई सिकारी डन बनाएर ?’
‘तिमिले हाम्रो लागी काम गर्छौ । हाम्रो पार्टीको लागि काम गर्छौ । हाम्रा केटाहरुको लागि काम गर्छौ । आउने चुनावका लागी हाम्रो पक्षमा काम गर्छौ । तर तिमि हाम्रो पार्टीमा चैं हुँदैनौं । ’
‘हाम्रो पार्टीको लागी काम गर्छौ रे अनि फेरि हाम्रो पार्टीमा चैं हुँदैनौं ।  कुरो अलि बुझीएन् । स्पष्ट पार्नुस् त । ’ मैले जिज्ञाशा राखेँ ।
‘हाम्रो निति नै यही हो । मान्छे हाम्रा हुन्छन् हाम्रालागि काम गर्छन् तर हाम्रो पार्टीमा हुन्नन् । मनाङे, चरी, पर्शु, गणेश सबै हाम्रै मान्छे हुन्, मैले डन बनाएका मान्छे हुन्, तर सबै फरक फरक पार्टीमा छन् कि छैनन् ?’
‘अँ अँ त्यो त छन् । ’
‘हो । अब यो सबै बागडोर तिमिले सम्हाल्नुपर्छ । तिमि हुन्छ मात्र भन, तिम्रोलागी कुन पार्टीमा छिराउने, कुन पद दिने, कहाँ कहाँका सम्पति तिम्रो भागमा पार्ने, त्यो सबैकुरा म तय गर्छु , तिमि ढुक्क होऊ । ’
आश्वस्त बनाउन खोजियो उताबाट ।
‘अनि म डन बनिसकेपछि मलाई समस्या पर्यो भने ? अख्तियार, सम्पति आयोग, प्रहरी मेरोपछि लागेभने ?’
‘तिमि त्यो चिन्ता नगर । पर्शुलाई कस्ले निकाल्यो, उनकै पार्टीले । गणेशलाई कस्ले निकाल्दैछ ? उनकै पार्टीले निकाल्छ । अनि चरीलाई ? पार्टी कार्यकर्ताले धादिङ बन्दै गरेर भएनि निकाली छाडछन् । सिकारी डनलाईपनि केही भयोभने सिंङ्गो पार्टी, कार्यकर्ता तिम्रैपक्षमा लागि पर्छन् । त्यसको लागि केवल तिमिले त्यो पार्टीको डन बिभाग सम्हाल्न राजि मात्र हुनपर्छ । ’
‘अनि ट्विटरमा त मभन्दा कैयौं गुणा बरिष्ठहरु छन् , किन मलाई नै डन बनाउने प्रस्ताव गर्नुभयो ?’
‘तिम्रो जिज्ञाशा जायज हो । तर ट्विटरका अरु बरिष्ठहरु अलि बढिनै बरिष्ठ नै छन् , ताकपरे आफैं पार्टी खोल्लान र मेरो नियुक्तीलाई लोप्पा ख्वाइदेलान जस्तो छ । त्यही भएर तिनिहरुबाट काम हुन सक्दैन्, त्यसैले तिमिलाई प्रस्ताव गरेको । ’
‘म अझै आश्वस्त हुन सकिन् । के ग्यारेन्टी छ तपाईंले वा म आबद्ध पार्टीले मलाई पत्याएर त्यो जिम्मेवारी दिनुहुन्छ भनेर ? अनि म कतै फसेँ भने अरु डनका लागी तिनका पार्टी लागे झैं लाग्नुहुन्छ भनेर ? ’
‘लौ, तिमि नै हौ अबको संभावना भएको डन भनेको । नामैले पुष्टि हुन्छ त्यो त, त्यही भएर मैले प्रस्ताव गरेको । नेताजीले जवाफ फर्काए । ’
‘नामैले ? कुरो अलि बुझीन नी ।’
‘तिम्रो ट्विटरको नाम सिकारु । तर तिम्रो ब्यहोरा सिकारीको छ । सिकारुको छदम नाममा आफ्नो सिकारी ब्यबहार मज्जैले दर्साउँछौं तिमि आवश्यक परेको बेला ...हो यस्तै दुईखालको अनुहार भएको, नाममा नरमपन ब्यबहारमा कडो मान्छे यहि हो सफल डनको लक्षण, जुन अरु ट्विटेहरुमा छैन् । त्यही कारणले तिमिलाई सिकारी डन बनाउन प्रस्ताव गरेको हुँ ।’ मेरो नामको मैले बुझेभन्दा धेरै ब्याख्या गरिदिए नेताजीले उताबाट ।
‘ल हुन्छ नी त उसोभए , कहाँ कहिले भेटौं त तपाईंलाई ? ’ मेरो यो प्रश्न डिएममा पठाएको मात्र के थिएँ , एक्कासी टुँटुँटुँटुँ गरेर आवाज आयो । एकछिन त झस्केँ प्रहरीको साइरन पो हो कि भनेर ..तर हैन रहेछ ल्यापटपको ब्याट्री सकिएको संकेत रहेछ, जवाफ हेर्न नपाउँदै ल्यापटप झ्याप्पै बन्द भयो अनि नेपथ्यबाट बुढीको  डाईलग आयो ‘हैन कत्ति सुत्न सक्या हो सिकारी ? आज सोमबार.... मेरो ब्रत छ, छोरीलाई स्कुल पुर्याउने बेला भैसक्यो....उठन पर्दैन भन्या ..........................................’
Twitter: @Shikaruketo

Leave a Reply

Subscribe to Posts | Subscribe to Comments

LIKE PLEASE.....

LIKE PLEASE.....
तपाईंको एक क्लिकले बिजेता बन्नसक्छ । त्यसैले कृपया माथिको फोटोमा क्लिक गरेर फोटो खोलेर (ओपन गरेर) फोटोमा लाइक गर्दिनुहोला ।

दम्पति

दम्पति
हामि जोइपोइ

धानखेतमा बाउसे गर्दै

धानखेतमा बाउसे गर्दै
असार १५ / २०७० गोलढुंगा, काठमाण्डौं

Creativity in Journalism

Creativity in Journalism
Picture published on the news of republica daily of 13 July,2013 about the training 'Creativity in Journalism organised by British Council on 8-12 July,2013

ललिता

ललिता
सुनसरीबाट प्रकाशित न्युजडटकम साप्ताहिकमा छापिएको मेरो कथा ललिता

सिकारुकेटो को हो ?

मेरो वारेमा ? मतलब म को हुँ ? निक्कैबेर घोत्लायो यो प्रश्नले । मेरो परिचय के ? गारो भयो यसको जवाफ दिन । चित्तबुझ्दो जवाफ नआउन्जेल सम्मको लागी उही सबैले दिने खालको परिचय दिँदैछु । वाआमाले राख्देको नाम पवन । थर न्यौपाने । जातले बाहुन (जुन म मेरो इच्छाले भएको हैन तैपनि हेपिनु परेको छ कतिपय अवस्थामा)ट्विटरमा @Shikaruketo सिकारुकेटो भनेर चिन्छन् मित्रहरुले । मोरंगको टंकिसिनुवारी (विराटनगर)हो मेरो घर। पेशाले रेडियो र मिडिया कन्टेन्टलाई कार्यक्षेत्र बनाएर हिँडेको ७० सालमा १० बर्ष पुगेछ । काठमाण्डौंमा डेरामा बसेर एउटा मिडियामा काम गर्ने गैससमा काम गर्छु । त्यहीँ पाएको पारिश्रामिकले आफु, श्रीमती र १ छोरीको जेनतेन गुजारा चलाएको छु । घुमफिर गर्न,नयाँ मान्छे भेटन, नयाँ कुरा सिक्न औधी रहर छ । हिँडदा, भेटदा, देख्दा समेटेका अनुभव अनुभुति एवं क्रियाप्रतिक्रियालाई कहिलेकाही यही ब्लगबाट शेयर गर्छु । यत्ति नै हो मेरो परिचय,रुची, इच्छा र अनुभव ।

सबैभन्दा बढी रुचाईएको

अब कक्षा १ मा

अब कक्षा १ मा
कक्षा १ पढन थालेँ नी म । सेन्ट मेरिज स्कुलमा छोरी कृपाको पहिलो दिन २९ अप्रिल २०१३

क्यामेरा, रोलिंग, एक्सन

क्यामेरा, रोलिंग, एक्सन
मित्र मिलन पौड्यालले कंचनपुरमा क्लिक गर्नुभएको तस्वीर

चन्द्रागिरी हाइकिङ

चन्द्रागिरी हाइकिङ
मित्र प्रमोद न्यौपानेले खिचिदिनुभएको तस्वीर
Powered by Blogger.

मैले कमाएको ~ मेरा मित्रहरु