मेरो वारेमा ? मतलब म को हुँ ? निक्कैबेर घोत्लायो यो प्रश्नले । मेरो परिचय के ? गारो भयो यसको जवाफ दिन । चित्तबुझ्दो जवाफ नआउन्जेल सम्मको लागी उही सबैले दिने खालको परिचय दिँदैछु ।
वाआमाले राख्देको नाम पवन । थर न्यौपाने । जातले बाहुन (जुन म मेरो इच्छाले भएको हैन तैपनि हेपिनु परेको छ कतिपय अवस्थामा) ट्विटरमा @Shikaruketo सिकारुकेटो भनेर चिन्छन् मित्रहरुले । मोरंगको टंकिसिनुवारी (विराटनगर) हो मेरो घर।
पेशाले रेडियो र मिडिया कन्टेन्टलाई कार्यक्षेत्र बनाएर हिँडेको ७० सालमा १० बर्ष पुगेछ । काठमाण्डौंमा डेरामा बसेर एउटा मिडियामा काम गर्ने गैससमा काम गर्छु । त्यहीँ पाएको पारिश्रामिकले आफु, श्रीमती र १ छोरीको जेनतेन गुजारा चलाएको छु ।
घुमफिर गर्न,नयाँ मान्छे भेटन, नयाँ कुरा सिक्न औधी रहर छ । हिँडदा, भेटदा, देख्दा समेटेका अनुभव अनुभुति एवं क्रिया प्रतिक्रियालाई कहिलेकाही यही ब्लगबाट शेयर गर्छु । यत्ति नै हो मेरो परिचय,रुची, इच्छा र अनुभव ।
४ बर्षअघि बनाएको थिएँ एउटा ब्लग.....शुरुमा निक्कै जोसिएर....केही दिनपछि त्यो जोश त्यत्तिकै सेलायो .....अहिले फेरि नयाँ लुकमा नयाँ ब्लग खोलेको छु ...र अब चाहीँ यसमा आफ्ना ब्यक्तिगत भावना तथा आलेखहरु नियमित रुपमा अपडेट गरिरहने बाचा समेत गर्दछु ।
यो बाहेक थप कुराकानी गर्नुपरेमा मेरो इमेल एडरेस pawanskfm@gmail.com मा सम्पर्क गर्नुहोला ।