Widgets

Posted by : Anonymous Friday 1 June 2012

दृष्य १ 
Photo Source: http://thechive.com
“घर कटा पर्यो बाबुहरुको ?”,
 घर नम्बर २४३/५ ‘मानन्धर निवास’ सानेपा हाईटमा भेटिएको एउटा घरमा बहालमा लगाउनका लागी कोठा भएपनि दिनुअघि सोधिहालीन् हुनेवाला घरबेटी आमैले ।

“मोरग”, हत्तनपत्त मैले जवाफ दिएँ ।

मुखबाट झापा आईसकेको भएपनि थामेर बोलेँ । झापा शब्दबाट आफैं त्रसित थिएँ म । सम्झेँ, कोठा खोज्ने क्रममा २ दिनअघि मात्र मैले भोग्नुपरेको एउटा तितो यथार्थ । मनमा चिसो पस्यो ।

केही दिनदेखी कोठा खोज्ने क्रम जारी थियो । बानेश्वरको सेतोघर लाई देब्रे पार्दै छिरेका थियौं हामी झ्यालका पर्दा हेर्दै, टोलका पशलेलाई सोध्दै । खरीबोट चोकबाट अगाडी बढेपछि संगम चौक आईपुग्यो । महेशदाई पनि संगै थिए । मेरा ठुलाबाका छोरा ।

एउटा घरमा कोठा छ भन्ने कुरो चाल पाएर कुरा गर्न जाँदा कोठा दिने पक्कापक्की भैसकेपछि घरबेटी बाले सोधे “अनि बाबुहरुको घर चाहीँ कता नी ?”

“झापा” मैले प्वाक्क बोलेको मात्र के  थिएँ , बुढालाई त साइको परिहाल्यो ।

“ए भैहाल्यो, छोराको बिहे २ महिनापछि छ , बिहेबटुलोमा कोठा चाहिन्छ,यसो गर न बरु बाबुहरु छोरोका बिहे सकिएपछि आयो न एकपटक । अनी त्यसबेला दिउँला नी बहालमा ।” बोली फेरे बुढाले  ।

परेन फषाद । एकैछिन्अघि सबैकुरा मिलेर १८०० तिर्नेगरी फिक्स हुनैलागेको कोठा एक्कासी नपाईने भईयो

लौ त जय नेपाल भन्दै त्यहाँबाट बिदा भईयो । महेश दाई मलाई घुर्दैै हेर्दैथिए । मैले नै पो केही गल्ती गरेँ कि भन्ने पनि लागीरहेको थियो । तर मैले ठम्याउन सकिरहेको थिईन मैले झापा घर भन्नुअघि सम्म त सबैकुरा ठिकै त थियो ।

“त्यही झापा भनेर त गल्ती गरिस् तैंले ” घरबेटी आमैसंग कुरो नमिलेर उनको घरको गेटबाट निस्कने बित्तिकै दाई झम्टे मतिर ।

“किन र ? झापा घर भन्न हुन्थेन र दाई ? ” मैले अन्जान भावमा प्रश्न सोधेँ ।

म भन्दा २ बर्षअघि नै काठमाण्डौं खाल्डो छिरेका दाई आफ्नो अनुभव बोल्नथाले “झापाली भन्यो भने यहाँ भएको कोठापनि बहालमा लाऊँदैनन् , त्यहीँमाथी बिद्यार्थी,यो परिचयमा त खोज्दै नखोजेहुन्छ कोठा ।

उहिलेखुईले खै कैले हो कुनचाहीँ झापालीले त्यस्तै डेरामा बस्दा बस्दै घरबेटीकी छोरी उडाईदिएछ, त्यहाँदेखी झापालीलाई बहालमा दियो भने छोरी उडाउँछन् भन्ने मानसिकताबाट त्रसित छन् यहाँका घरमुलीहरु, कुरो बुझीस् ?”, दाईले रिस मिश्रीत भावमा सम्झाएँ ।“ त्यही भएर हो अघि पाईसकेको कोठोपनि उम्केको”

मैले गल्ती महशुुश गरी मुन्टो हल्लाएँ ।

यही सिकाईबाट यो पटक आफ्नो ठेगानालाई करिब असी किलोमिटर वर ल्याउनपर्यो, झापा बाट मोरग । झापा घर भएपनि कोठै पाउनका लागी मोरग भनेर कोठा लिएर बसेको पनि ठ्याक्कै साढे चार बर्ष भएछ ।
१५०० मा बसेको कोठा अहिले ३००० पुगेको छ, त्यहीपनि यो घर छाडिएको छैन् । यही घरमा बस्न कति आए कति गए तर आफुभने अहिलेसम्म यहीँको यहीँ । कोठा खोज्दा बखत संगै बसेका महेश दाई अष्ट्रेलिया पुगेको पनि साढे तिन बर्ष बितिसकेछ ।

बेलाबेलामा फोन गर्दा सोध्छन् “घरबेटीलाई झापा घर त भन्या छैनस् नी कान्छा ?”,

“छैन दाई ढुक्क हुनुस्” जवाफ फर्काउँछु ।

“अनि कादम्बीनी को के छ ?” एकबर्षे बसाईमा छनक पाईसकेका थिए दाईले ।
 त्यही भएर सोधिहाले ।
 मान्छे डेमोक्रेटिक नै थिए दाई नै भएपनि ,त्यही भएर सजिलो भएको थियो ।
“गज्जब छ दाई ” फुर्तिलो गरी जवाफ दिन्छु । कादम्बीनीको त नामै सम्झँदापनि भित्रैबाट फुर्ती उर्लेर आउँछ ।
जिल्ला ढाँटेर बस्या यो सानेपा हाईटको कोठा फेरिएन तर यो साढे ४ बर्षमा धेरै काँचुलीहरु पmेरिएका छन्, अगाडीबाट बग्ने बाग्मतीमा धेरै ढल बगेका छन्, मेरो जिवनमा पनि धेरै उतारचढावहरु संगै परिवर्तनहरु पनि आएको छ । भर्खर भर्खर खाल्डोमा छिरेको यो केटो अहिले यहाँको दैनिकीसंग अभ्यस्त भैसकेको छ । धेरै खालका हण्डरठक्कर हरु खाँदै अहिले तिनै हण्डरठक्कर संग रमाउन सक्ने भैसकेको छ । वास्तवमा यो काठमान्डौं खाल्डोको लागी उपयुक्त मान्छे बनाएको छ यो केटोलाई यहाँको वातावरणले । एउटा सम्पुर्ण वातावरणनुकुल मानब । काठमान्डौं खाल्डोको वातावरणनुकुल मानब ।

दृष्य २ 

पृष्ठभुमी थियो त्यो, साढे ४ बर्ष अघिको ।
“नाम के हो तिम्रो ?” बाहिर बाहिर घर मोरग भनेपनि खुन त झापाली नै थियो, आफैंले अग्रशरता लिएर सोधिहालेँ बहालमा बसेको दोश्रो दिन नै आँगनको गमलामा पानी हाल्न उनी आएको मौका पारेर ।

“कादम्बीनी” उनले मधुरो बोलीमा जवाफ फर्काईन् । अनि हजुरको ?

जवाफ दिएँ “मेरो नाम समिर” “कहाँ पढ्छौ तिमी ?” उनलाई सोधेँ ।

“एभरेष्ट कलेज मा कक्षा एघार म्यानेजमेन्ट । ” उनले थपिन “यसैपालि एस एल सी पास गरेर ज्वाईन गरेको ”
“ए ल म्यानेजमेन्ट पढदै रहीछौ राम्रो, म पनि शंकरदेब क्याम्पसमा बिबिएस पढदैछु, पढने क्रममा केही हेल्प चाहीयो भने भन न, म गरुँला नी । ” सम्बन्ध बिस्तारको पहिलो खुडकिलो चढँे म ।

“भैहाल्छ नी, एउटै घरमा बसेपछि त्यत्ति त गर्नैपर्यो नी ।” पहिलो बोलचालमै यत्ति खुलेकी कादम्बीनीसंग पक्कै केही जम्छ भन्ने संकेत मैले पाईसकेको थिएँ ।
हामी बस्ने घरबेटीकै छोरी थिईन कादम्बीनी । एक्ली छोरी । घरबेटीबा कैलालीतिर सिडीयोको जागिर खाईबस्या छन् क्यार । आमा र छोरी घरमा । माथिल्लो तल्लामा उनीहरु भुईंतलामा एउटा कोठामा म र बाँकी २ कोठामा जनकपुरतिरका ब्यापारीको एक परिवार ।

कादम्बीनी, साँच्ची नै राम्री थिई । उमेर भर्खरै १६/१७ टेकेकी । बाटुलो आँखा, गोरो अनुहार, कालो लामो कपाल, हलक्क बढेको जिऊ अनि त्यो भन्दापनि बढी खुलेर बोल्ने उनको बानी । पहिलो भेटमा उनीसंग भएको सम्वादले नै म उप्रति आकर्षित भैसकेको थिएँ । तर यो बेलासम्म आकर्षण मात्र थियो । यहि आकर्षणले उनीसंग अझ नजिक हुने इच्छा जगायो ।

फुलबारीमा पानी हाल्दा भेटभएको करिब सातादिन पछि एकाबिहानै कसैले ढोका ढकढक्यायो । महेशदाई काममा गैसकेका थिए । म भने शैक्षिक हडतालका कारण कलेज नगई भर्खरै उठेर चिया पकाउँदैथिएँ । ढोका खोलेँ ।

“ए,कादम्बीनी । आऊ बस न ” ढोकामा उभिएकी उनलाई मैले भित्र बोलाएँ ।

“हेर्नोस् न समिर दाई, आज शैक्षिक हडतालले कलेज जान पाईएन अनी यो एकाउन्टको फाईनल एकाउन्ट गर्न खोजेको मिल्दै मिल्दैन । त्यहीभएर तपाईंले सिकाईदिनुहुन्थ्यो कि ?” उनले भनिन् ।

तँ चिता म पुर्याउँछु भन्छन् रे देउताले भन्या सुन्या हो । त्यस्तै भयो मलाई । “फाईनल एकाउन्ट, ए भैहाल्छ नी । बरु चिया खाऊ है यत्ति भनेर एककप चिया उनको हातमा थमाएँ र एककप चिया आफुले लिएँ ।”

चियाको कप दुवैको हाथमा परिसकेपछि एकैछिनको लागी सन्नाटा छायो.....केवल सुरुप सुरुप चियाको चुस्की लिएका दुई आवाजहरु मात्र सुनिरहीएका थिएँ ।

मौनतालाई भंग गर्दै मैले सोधेँ ‘तिमीलाई सबैभन्दा गारो लाग्ने सब्जेक्ट कुन हो ? ’

‘मलाई, त्यस्तो गारो नै त लाग्दैन, तैपनी एकाउन्ट चैं अलि ....’ यत्तिमै अडकियो उनको बोली ।

चियाको चुस्कीलाई  निरन्तरता दिँदै फेरि मैले थपेँ ‘एकाउन्ट त मलाई पानी छ पानी, जुनसुकै बेला जे सोधे पनि खरर......’

मैले यत्ति भनिसक्यामात्र के थिएँ, कादम्बीनी उन्मुक्त भएर हाँसीन् र भनिन ‘एकाउन्ट पनि खरर...रटेरै बस्नुभएको हो कि क्या होऊ ?’ हिसाब खरर पारेको कुराले ल्याएको उनको हाँसोसंगै हाँसो मिलाएँ मैलेपनि ।

वास्तवमै आकर्षक एवं निस्च्छल हाँसो थियो उनको । यो स्वार्थी खाल्डोमा यति निस्कपट हाँसो हाँस्ने मान्छे पनि कमै भेटिन्छन् । सबै आ आफ्नै तालमा ब्यस्त छन् । अनी आ आफ्नै स्वार्थमा । हाँसीहालेपनि स्वार्थपुर्ण हाँसो हाँस्छन् रोएपनि आफ्नै स्वार्थभित्रै रहेर रुन्छन् । त्यही भएर होला शायद मलाई कादम्बीनीको त्यो हाँसो साँच्चीकै गज्जब लागेको थियो । एकैछिनको लागी भएपनि उनको हाँसोभित्रै हराएको थिएँ म । बिस्तारै बिस्तारै अनेक संजोग एवं घटनाक्रमले कादम्बीनी र मलाई नजिक बनाउँदै लग्यो । कहिले पाठ सिक्ने सिकाउने, कहिले कलेजबाट फर्कँदा बाटामा भेट भएर उनैको स्कुटीमा संगै फर्कने, अनी कहिल्यै धरहरा क्याफेमा गएर मम खाने, कहिले संगै सिनेमा हेर्न जाने सम्म वातावरण बनिसकेको थियो चिनजान गरेको २ बर्षभित्रमा ।

दृष्य ३ 

बैसाखको अन्तिम अन्तिम समय । बसन्तका पालुवाले काठमान्डौंको मौषमलाई हरियालीपुर्ण बनाएको थियो । त्यहीँमाथी बैजनी रंगमा फुलेका शिरिषका फुलहरुको ताँतीले सडकको माहोललाई रंगिन बनाईरहेको थियो । मौषम पनि अलि चिसो नै बनाएको थियो दिउँसोभरी परेको झरीले । रिंगरोड छेऊमै रहेको मेरो डेरा यानेकी कादम्बीनीको घरबाट सडकका ती बैजनी शिरिषका फुलका बोटका लस्करहरु राम्रैसंग देखिन्थे ।
तर केहीदिन यता कादम्बीनी भने देखिएकी थिईनन् ।

एकसाँझ तरकारी किन्न भनेर बाहिर निस्कन लागेको मात्र के थिएँ, बार्दलीबाट उनले बोलाईन, ‘समिर, ए समिर....यहाँ सुनन’

मलाई नौलो लागेन र ठम्याउन पनी गारो भएन् कि मलाई कादम्बीनीले नै बोलाएकी हो भनेर । किनभने बितेको २ बर्षमा म उनको समिर दाई बाट समिर र तपाईंबाट तिमी भैसकेको थिएँ ।

‘ए कादम्बीनी, भनन के भयो ? ’ आँगनबाटै उनको बार्दलीतिर फर्केर सोधेँ ।

‘सुनन, मेरो १२ को बोर्ड इक्जाम चलिरहेको छ । भोली मेरो एकाउन्टको परिक्षा छ ,भोली अन्तिम हो । १÷२ वटा च्याप्टरमा कन्फ्युजन छ प्लीज साँझ माथी आएर सिकाईदिन्छ्यौं । मम्मीले पनि समिरसंग सिक्नु भन्नुभा छ ।’ सिफारिशयुक्त आग्रह आयो उनीबाट ।

‘हुन्छ नी, ७ बजेतिर आउँदा हुन्छ ?’ मैले प्रतिप्रश्न गरेँ ।

उनले मुन्टो हल्लाएर सहमति दिईन् ।

भित्तामा टाँसीएको घडीले सात बजायो । कादम्बीनीलाई दिएको समय आएकाले माथी उक्लेँ । बेल बजाएँ । ढोका खुल्यो । मुस्कानका साथ स्वागतमा कादम्बीनी ।

‘मम्मी खोई त ?’ सोधेँ ।

‘ए....मम्मी,मम्मी त मामाघर । पर्सी मामाको बिहे छ, त्यसैको कामका लागी मामाघर जानुभएको छ । अब बिहे सकिएपछि मात्र आउनुहुन्छ । भोली इक्जाम सकिएपछि म पनि उतै जाने । ’

‘ए...’ मुन्टो हल्लाएर जानकारी भएको जनाऊ दिएर सोधेँ ‘तिम्रो मामाघर चैं कता ? ’

‘बुढानिलकण्ठ हो मेरो मामाघर’ ‘साढेसात बज्न लागेछ...मैले खाना पकाईसकेकी छु...पहिला खाना खाम अनी पढन बसुँला है मास्टर साब ’ ठट्यौलोपारामा उनले भनिन् ।

‘अ‍ैले नै खाना । फेरि मैले त तल चामल भिजाईवरी तरकारी समेत काटीसकेको छु । ’

‘किन र ? मैले पकाएको खान हुन्न ? भोलीपर्सीपनि नखाने हो मैले पकाको ? कि ससुरालीमा भनेर लजाएको ? तिम्रोमा त जिन्दगीभर पकाएर खानै छ नी’ प्रश्न र जवाफ एकैपटक आयो कादम्बीनीबाट ।

‘हैन । मजाक नगर न । पहिले पढम न त अनि खाउँला नी । ’ यत्ति भनेपनि उनले कर गरिरहीन् र हाथ समातेर डाईनिंग तिर लगिन् र दुईवटा प्लेटमा खाना बाँडीन् । खाना लिनमात्र आँटेको थिएँ ।
‘एकैछिन पख है’ उनको आग्रहपछि उठाउन लागेको गाँस पनि रोकेँ ।

त्यसपछि उनी मेरो नजिक आईन् र मेरो ओठमा कसेर चुम्बन गरिन् र भनिन् ‘समिर आई लब यु । प्लीज मलाई छिट्टो बिहे गरन् । अब म तिम्रो साथबिना एकपलपनि बस्न नसक्ने भैसकेकी छु । आई लब यु समिर.... ’
क्रमशः


{ 12 comments... read them below or Comment }

  1. एकदम मन पर्‍यो, म त बिचमा कथाले अरु नै केही माग्लाकी भनेर के के सोच्न पुगेछु

    ReplyDelete
  2. dai gajap chha,khulduli lagyo aba k hunxa vanera,chhitai padna paiyos aru episote haru

    ReplyDelete
  3. anamol shrestha4 June 2012 at 00:40

    खुल्दुली खुल्दुली हुँदा हुँदै क्रमश भएछ । अर्को भाग चाडै ल्यानु पर्‍यो ।

    ReplyDelete
  4. yo dimag pani k k soch6 k k dhannai arunai tira pugeko ma ta padai jada

    ReplyDelete
  5. very interesting dai, Keep it up, chhito padnu paiyos banki vag hai....

    ReplyDelete
  6. हे प्रभो, काठमाण्डौं खाल्डोमा अब झापालीकै नियति भोग्नुपर्ने भो मोरङ्गेहरुलाई पनि । नक्कली मोरङ्गेले डुबायो–डुबायो ।

    ReplyDelete
  7. झापाली जाहा गए पनि जे गरे पनि राम्रो को लागि नै गर्छ मन खोलेर कसैलाई आपत्ति त छैन नि !

    ReplyDelete
  8. सारै राम्रो लागो प्रगति गर्दै जानु सिकारु बाट सिकाउने बन्नु :P

    ReplyDelete
  9. यती मजा आयो कि कथा ठ्याक्कै मेरो जस्तै रहेछ तर बाँकी कहिले आउँला भनेर आत्तिएको छु किनकी मेरो त ८ साल पछी फेल खायो तपाईंको के भयो जान्न मन लाग्यो ।

    ReplyDelete
  10. अव नक्कली मोरंगे असली झापाली भन्ने थाहा भएपछि सिडिओले हपार्ने भो अनी अव मोरंगेलाई पनी झापालीलाई जस्तै कोठा पाउन गाह्रो हुने भो । हाहाहा ।

    ReplyDelete

LIKE PLEASE.....

LIKE PLEASE.....
तपाईंको एक क्लिकले बिजेता बन्नसक्छ । त्यसैले कृपया माथिको फोटोमा क्लिक गरेर फोटो खोलेर (ओपन गरेर) फोटोमा लाइक गर्दिनुहोला ।

दम्पति

दम्पति
हामि जोइपोइ

धानखेतमा बाउसे गर्दै

धानखेतमा बाउसे गर्दै
असार १५ / २०७० गोलढुंगा, काठमाण्डौं

Creativity in Journalism

Creativity in Journalism
Picture published on the news of republica daily of 13 July,2013 about the training 'Creativity in Journalism organised by British Council on 8-12 July,2013

ललिता

ललिता
सुनसरीबाट प्रकाशित न्युजडटकम साप्ताहिकमा छापिएको मेरो कथा ललिता

सिकारुकेटो को हो ?

मेरो वारेमा ? मतलब म को हुँ ? निक्कैबेर घोत्लायो यो प्रश्नले । मेरो परिचय के ? गारो भयो यसको जवाफ दिन । चित्तबुझ्दो जवाफ नआउन्जेल सम्मको लागी उही सबैले दिने खालको परिचय दिँदैछु । वाआमाले राख्देको नाम पवन । थर न्यौपाने । जातले बाहुन (जुन म मेरो इच्छाले भएको हैन तैपनि हेपिनु परेको छ कतिपय अवस्थामा)ट्विटरमा @Shikaruketo सिकारुकेटो भनेर चिन्छन् मित्रहरुले । मोरंगको टंकिसिनुवारी (विराटनगर)हो मेरो घर। पेशाले रेडियो र मिडिया कन्टेन्टलाई कार्यक्षेत्र बनाएर हिँडेको ७० सालमा १० बर्ष पुगेछ । काठमाण्डौंमा डेरामा बसेर एउटा मिडियामा काम गर्ने गैससमा काम गर्छु । त्यहीँ पाएको पारिश्रामिकले आफु, श्रीमती र १ छोरीको जेनतेन गुजारा चलाएको छु । घुमफिर गर्न,नयाँ मान्छे भेटन, नयाँ कुरा सिक्न औधी रहर छ । हिँडदा, भेटदा, देख्दा समेटेका अनुभव अनुभुति एवं क्रियाप्रतिक्रियालाई कहिलेकाही यही ब्लगबाट शेयर गर्छु । यत्ति नै हो मेरो परिचय,रुची, इच्छा र अनुभव ।

सबैभन्दा बढी रुचाईएको

अब कक्षा १ मा

अब कक्षा १ मा
कक्षा १ पढन थालेँ नी म । सेन्ट मेरिज स्कुलमा छोरी कृपाको पहिलो दिन २९ अप्रिल २०१३

क्यामेरा, रोलिंग, एक्सन

क्यामेरा, रोलिंग, एक्सन
मित्र मिलन पौड्यालले कंचनपुरमा क्लिक गर्नुभएको तस्वीर

चन्द्रागिरी हाइकिङ

चन्द्रागिरी हाइकिङ
मित्र प्रमोद न्यौपानेले खिचिदिनुभएको तस्वीर
Powered by Blogger.

मैले कमाएको ~ मेरा मित्रहरु