Widgets

Posted by : Anonymous Sunday 19 August 2012

शुक्रबार १ भाद्र,२०६९ 
Nature...Beautiful Nepal 
‘कत्ति बसिरहनु यो खाल्डोमा, धेरै भयो रमाईलो गर्न बाहिर ननिस्केको, जाऊँ कतै बाहिर’ श्रावण महिना पुरापुर बिरामीको लागी दौडधुप गर्दै बितेको मलाई यो काठमान्डौं खाल्डोबाट कहिले निस्कुँजस्तो लागेर प्रस्ताव के गरेको थिएँ, सधैंजसोका यात्राका साथी सविन, सपन, जिवन, गणेश र रघु सरले सहमति जनाईहाले । प्रकाश पनी थिए यो प्रस्तावमा स्विकार गर्ने, तर अन्तिम समयमा छोरी बिरामी भएर उनी जान पाएनन् । जान त जाने, तर कहाँ जाने, कसरी जाने, को को जाने ? सबैकुराको योजना बनाउन अफीस छुटेपछि साढे ५ बजे अफीसछेऊकै भाईको पसलमा भेटने प्रस्ताव ल्याए सविनले । प्रस्तावलाई स्विकार्दै भेलाभईयो जिवन बाहेक माथी भनिएका सबै पात्र ।
‘त्यसो भए चिसापानी जाने हैन त भोली ?’ मैले प्रसंग शुरु गरेँ ।
‘बाटोको अवस्था के छ ? एकपटक बुझौं ’ यात्राका मामिलामा अनुभवी अनि अलि पाका रघु सरले थप्नुभयो ।
‘भाई सपन,फोन लगाऊ त एकपटक चिसापानी’ मैले भनेँ ।


Wonderful Experience...driving in rainy road 

टेलिफोनमा कुराकानी भैसकेपछि पानी परेन भनेचैं चिसापानी मोटरसाईकल पुग्न सक्छ । पानी पर्यो भने चाहीँ बाटो अफ्ट्यारो छ जान सकिन्न भन्ने कुरा बुझीयो ।
‘त्यसो भए दोलखा जाऊँ ’ प्रकाशले नयाँ स्थानको प्रस्ताव गरे ।
‘दोलखा हो भने दोलखै सही, जहाँ भएपनि जान चाहीँ जाऊँ । ’ मैले थपेँ ।
कार्यालयको कामले दोलखातिरै गएका अर्का सहकर्मी ईन्द्रलाइृ फोन लगाईयो, बाटोघाटो र वातावरण बुझ्नका लागी’
सबैकुरा ठिक छ आए हुन्छ भन्ने उनको जवाफ पाईयो , तर उनी स्वयंचाहीँ हामीसंग बस्न नभ्याउने । आईतबार बिहान कलेज भ्याउन हामी हिँडेकै दिन शनिबार नै काठमान्डौं फर्कन्छु भन्दैथे ।
‘त्यसो भए कन्फर्म भयो त हैन त दोलखा ? ’ साथी सविन बोले ।
‘ल कन्फर्म , भोली बिहान साढे दश बजे , भेटने स्थान जडिबुटी, हामी पुग्ने चरिकोट, दोलखा । ’
करिब ७ बोतलजति बियर र एक क्वाटर भोडका अनि केही चिप्सहरु रित्याईसक्दा हाम्रो योजना पनि फाईनल भैसकेको थियो, यात्रा चरिकोटको ।
शनिवार २ भाद्र,२०६९ 
Highlights of travel 
अघिल्लो दिनको योजना अनुसार शनिबार बिहान करिब ११ बजे हिँडीयो घरबाट ।
हिँडनुअघि जाने संभावना भएका तर कन्फर्म नभएका बिकास दाईको मेसेज आयो, ‘भाई म घरको कामले जान नपाउने भएँ, तिमीहरु जाऊ, रमाईलो गर । ’
बिकास दाईको मेसेज लगत्तै प्रकाशलाई फोन गरँे, उठाएनन् । पछि मेसेज गरे उनीलेपनि ‘ रातभरी छोरी बिरामी भएर एभरेष्ट नसिंग होममा छु गुरु अहिले, म जान नपाउनभएँ , सरी है ’
मैले रिप्लाई पठाएँ ‘ नो वरीज्, टेक केयर अफ छोरी’
Hey what are you doing guys ??
अर्का कन्र्फम नभएका जीवन भने जान तैयार भए । बाँकी म,सविन, सपन, रघु सर र गणेश त कन्फर्म नै थिईम् । करिब साढे ११ बजे जडिबुटी चोकमा भेटभयो र लागियो, ४ वटा मोटरसाईकलमा ६ जना । गठ्ठाघर पुग्दा नपुग्दै साथी जिवनको मोटरसाईकलले मोविल छाद्न थाल्यो, करिब डेढ घंटा लगाएर त्यसलाई मर्मन गरिसकेपछि त्यहाँबाट अगाडी बढियो, यस्तै करिब १ बजेतिर ।

Gorkhali choro ...Sabin
‘खाजा कहाँ खाने ?’ मैले कुरो उठाएँ ।
‘दोलालघाट मास्तीर चेकपोष्ट त काटनुपर्छ , नत्र मापसेमा परिन्छ ।’ अनुभवी रघु सर फेरी बोल्नुभयो ।
‘त्यसो भए सुकुटेमा पुगेर सुकुटी खाऊँ , मैले देखेको छु गज्जबको ठाऊँ’ भाई सपनले जुक्ती निकाल्यो । त्यसपछिको करिब डेढ घंटामा सुकुटे पुगियो । सडक छेऊमै रहेको एउटा खाजाघरमा छिरियो, स्थानियका पारखीले स्थानिय चाखे, लेवलका पारखीले लेवलका । ४ पिलेट जति सुकुटीपनि चाखियो ।  १३५० रुपैंया बिल तिरेर त्यहाँबाट खाडीचौर हँुदै दक्षिण लागियो ।
‘अबको गन्तब्य २५ किलोमिटर मास्तीर मुडे, त्यहाँ गज्जबको आलु खान पाईन्छ ।’ रघुसरको अनुभव फेरि बोल्यो । हाम्रो यात्राका अग्रज पनि हुनुहुन्थ्यो वहाँ, कुरो काटिएन् । खाडीचौर मास्तीरको साँघुरो बाटो छिचोल्दै मुडे पुगियो करिब ५ बजे ।
डाँडामा रहेको मुडेपुग्दा चिसो हावाले छोईसकेको थियो ।  करिब १ थाल उसिनेको आलु, ५ प्लेटजति मम अनि हरेकले १–१ गिलास केही झान्या स्थानिय झोल, झ्वाईंखट्टे लडाईयो त्यहाँपनि ।
The Bikers 
हाम्रो यात्रा अझै करिब २६ किलोमिटरजति बाँकी थियो । अगाडी बढियो, जति अगाडी गयो,उती चिसो । मुडेबाट केही अगाडी गज्जबको ताल देखीयो, फोटोसेसनको काम भयो त्यहाँ । त्यहाँबाट करिब ५ किलोमिटर अगाडी हलहले भन्ने ठाऊँमा गज्जबको झरना भेटियो । फोटोसेसनको काम त्यहाँपनि मज्जाले गरियो । २–४ वटा स्थानिय पसलहरु थियो , आकाश बादलले पुरै छोपेको थियो । पानी दर्किहाल्यो । एकैछिन् ओत लागौं भनेर एउटा पसलमा छिरियो । कालिन्चोक एफ एमका मार्केटिङमा काम गर्ने फुर्वा तामांगको पसल रहेछ । हामीपनि मिडीया सम्बन्धी नै काम गर्छौं भनेर परिचय भैसकेपछि उनले आतिथ्यता प्रदान गर्दै १–१ गिलास स्थानिय झोल टक्याए, त्यो सक्दा पनि पानी रुक्ने छाँट नभएपछि त्यहाँको विल भुक्तान गरी झरिमै अगाडी बढियो । दर्के झरिको पर्वाह नगरि हुईंकियौं त्यहाँबाट । बाटामा सडक छिचोलेर तत्लीर खसिरहेका पानीका छहराहरु देख्दा लाग्थ्यो, साँच्ची कत्ति सुन्दर छ हाम्रो देश ।
Me on the way
निस्पट अँध्यारो, दर्के झरीमा निथ्रुक्क भिज्दै  करिब रातको ८ बजेतिर पुगियो दोलखाको सदरमुकाम चरिकोट । हलहलेमा भेट भएका फुर्वा तामाङ को सुझाब अनुसार चरिघ्याङ्ग होटल पुगियो ।
थाकेर सबै तखतरान भैसकेका थियौं, तरपनि यात्रा रोमान्चक भएकोमा सबै एकमत थियौं ।
‘मेरो यात्रामा नयाँ जिल्ला थपियो ।’ भाई सपन दंग पर्दै भन्दैथिए ।
मेरो पनि दोलखा जिल्ला पहिलोपटक थियो, रमाईलो लागिरहेको थियो । केही बोतल स्थानिय झोल सकाएपछि खाना खाएर सुत्ने तरखर गर्दा करिब साढे बार बजिसकेको थियो ।

आईतबार ३ भाद्र,२०६९ 


Wow..what a jharana 
बिहान उठदा साढे ६ बजिसकेको थियो । जिवन र रघु सर विहानै काठमान्डौं फर्कने सुरमा सात बजे नै काठमान्डौं हानिए । हामी ४ जना त्यो बेलासम्म अझ ५० किलोमिटर पर्तिर जिरी पुग्ने योजना बुन्दैथियौं । करिब ८ बजेतिर उठेर चरिकोटमै रहेको प्रशिद्ध दोलखा भिमसेन मन्दीर गईयो । दर्शन गरियो । मन्दीर दर्शन पछि जिरी जाने नजाने विषयमा छलफल गर्दा अझै करिब ३ घंटा पुग्न मात्र लाग्छ भन्ने सुनेपछि काठमान्डौं फर्कन भ्याईन्न भन्ने निष्कर्ष सहित बरु बिस्तारै रमाईलो गर्दै काठमान्डौं फर्कने र जिरीको लागी केही महिनापछि ३ दिनको यात्रा योजना बनाउने सर्वसम्मत निर्णय गर्दै काठमान्डौं फर्कियो । करिब बेलुकी ७ बजे घर आईपुग्दा त शरिरका २०६ वटा हड्डी सबै दुखेका थिए,तरपनि यात्राको रमाईलोले त्यसलाई छोपेकै थियो । अस्तु :





{ 2 comments... read them below or Comment }

  1. ल है सर । खुब रमाइलो गर्नु भएछ म सँग सम्पर्क हुन सकेको भए थप रमाइलो हुने थियो । तर पनि मेरा सहकर्मी फुर्बाले रमाइलो गराउँनु भएछ । अर्को पटक जिरी जादा भने म पनि जाने है सर ................

    ReplyDelete
  2. रमाईलो भयो । अबश्यपनि अर्कोचोटी त तपैंलाई खबर नै गरेर आउँछम नी

    ReplyDelete

LIKE PLEASE.....

LIKE PLEASE.....
तपाईंको एक क्लिकले बिजेता बन्नसक्छ । त्यसैले कृपया माथिको फोटोमा क्लिक गरेर फोटो खोलेर (ओपन गरेर) फोटोमा लाइक गर्दिनुहोला ।

दम्पति

दम्पति
हामि जोइपोइ

धानखेतमा बाउसे गर्दै

धानखेतमा बाउसे गर्दै
असार १५ / २०७० गोलढुंगा, काठमाण्डौं

Creativity in Journalism

Creativity in Journalism
Picture published on the news of republica daily of 13 July,2013 about the training 'Creativity in Journalism organised by British Council on 8-12 July,2013

ललिता

ललिता
सुनसरीबाट प्रकाशित न्युजडटकम साप्ताहिकमा छापिएको मेरो कथा ललिता

सिकारुकेटो को हो ?

मेरो वारेमा ? मतलब म को हुँ ? निक्कैबेर घोत्लायो यो प्रश्नले । मेरो परिचय के ? गारो भयो यसको जवाफ दिन । चित्तबुझ्दो जवाफ नआउन्जेल सम्मको लागी उही सबैले दिने खालको परिचय दिँदैछु । वाआमाले राख्देको नाम पवन । थर न्यौपाने । जातले बाहुन (जुन म मेरो इच्छाले भएको हैन तैपनि हेपिनु परेको छ कतिपय अवस्थामा)ट्विटरमा @Shikaruketo सिकारुकेटो भनेर चिन्छन् मित्रहरुले । मोरंगको टंकिसिनुवारी (विराटनगर)हो मेरो घर। पेशाले रेडियो र मिडिया कन्टेन्टलाई कार्यक्षेत्र बनाएर हिँडेको ७० सालमा १० बर्ष पुगेछ । काठमाण्डौंमा डेरामा बसेर एउटा मिडियामा काम गर्ने गैससमा काम गर्छु । त्यहीँ पाएको पारिश्रामिकले आफु, श्रीमती र १ छोरीको जेनतेन गुजारा चलाएको छु । घुमफिर गर्न,नयाँ मान्छे भेटन, नयाँ कुरा सिक्न औधी रहर छ । हिँडदा, भेटदा, देख्दा समेटेका अनुभव अनुभुति एवं क्रियाप्रतिक्रियालाई कहिलेकाही यही ब्लगबाट शेयर गर्छु । यत्ति नै हो मेरो परिचय,रुची, इच्छा र अनुभव ।

सबैभन्दा बढी रुचाईएको

अब कक्षा १ मा

अब कक्षा १ मा
कक्षा १ पढन थालेँ नी म । सेन्ट मेरिज स्कुलमा छोरी कृपाको पहिलो दिन २९ अप्रिल २०१३

क्यामेरा, रोलिंग, एक्सन

क्यामेरा, रोलिंग, एक्सन
मित्र मिलन पौड्यालले कंचनपुरमा क्लिक गर्नुभएको तस्वीर

चन्द्रागिरी हाइकिङ

चन्द्रागिरी हाइकिङ
मित्र प्रमोद न्यौपानेले खिचिदिनुभएको तस्वीर
Powered by Blogger.

मैले कमाएको ~ मेरा मित्रहरु