- Back to Home »
- मलाई समवेदना ???
Posted by : Anonymous
Thursday 13 September 2012
म मरेको भोलिपल्ट,
फूलको थुँगा बोकेर आयौ,
अनि चढायौ, मेरो लाशमाथि ।
झार्यौ २ थोपा आँसु ,
मनबाट भन्दा पनि तनबाट मात्रै,
आखिर देखाउन जो थियो ।
तिमीजस्तै,
हो तिमीजस्तै देखावटी संसारलाई जो ।
हेर्न सक्दिनँ अहिले त लास जो भैसकेंछु ।
बोल्न सक्दिनँ अहिले त स्वर्गवास जो भैसकेंछु ।।
तन मरेको छ , सास हरेको छ ।
तर पनि, महशुस गर्नसक्छु तिम्रो त्यो स्वार्थीपन ।
पहिला पनि त गरेकै हो , अहिलेपनि गर्दैछु ।
तर मेरो जीवनलाई पनि सिँढी नै बनायौ
मेरो मृत्युलाई पनि सिँढी नै बनायौ ।
त्यसैले त फेरि आयौ
२ थुँगा फूल बोकेर आयौ
अनि चढायौ मेरो लासमाथि !
ललितपुर
२०६९ भदौ २८ गते विहीबार
Nice Poem Dai....Congratulation:):)
ReplyDelete