Widgets

Posted by : Anonymous Thursday, 15 March 2012

छोरी मलाई माफ गर है
प्रिय छोरी कृपा,
तिमीसंग छुट्टीन नचाहँदा नचाहँदैपनि फेरि एकपटक सातादिनका लागी तिमीबाट टाढा जानपर्ने भएको छ । मलाई थाहा छ,तिमीलाई छोडेर टाढा गएको तिमीलाई मनपर्दैन । र मेरोपनि मनले हरेक क्षण हरेक पल तिम्रै साथमा तिमीसंगै रहेर विताईरहुँ जस्तो लाग्छ । तर,तिम्रो बाबाको काम नै त्यस्तै छ ..... जानैपर्छ नानु । तिम्रो बाबा तिमीसंग छुटिएर बाहिर जानेकुरा सुनेकै दिनदेखी तिम्रो अनुहारमा देखिने त्यो हरेकपटकको निराशा फेरिपनि एकपटक मैले नचाहेरपनि हेर्न पर्ने भएको छ ।
१ साताको लागी जनकपुर गएर फर्केको १ सातापनि नबित्दै फेरि तिम्रो बाबा कामको सिलसिलामा सुदुरपश्चिम पुग्दैछ ....र फेरिपनि तिम्रोबाबाले सधैको त्यही कुरा दोहर्याउँछ...छोरी तिमीलाई के के ल्याईदिनु ?
मलाई थाहा छ, तिम्रो बाबाले तिम्रो बिछोडको भावनालाई भुल्याउनका लागीमात्र क्षणिक रुपमा यो बिकल्पको खोचेँ तिमीसंग थाप्दैछ .....र तिमीपनि ती सारा बिकल्पभन्दा बाबा नै संगै साथै भैदिईरहेहुन्थ्यो भन्ने चाहन्छ्यौ । तैपनि, शायद बाबाको बास्तविकता बुझ्छ्यौ होला....र भन्दीन्छौ....A..P..P..L..E.. एप्पल, G...R...A..P..E..S.. ग्रेप्स, चकलेट,आईसक्रिम, नाना, जुत्ता र यस्तैयस्तै । शायद,तिमीले महशुश गछ्यौ कि,यो बाबा जान त अवश्य जान्छ..तर मैले यतिपनि माग गरिन भने म दुखी भएँ भन्ने बाबाले सम्झन्छ....र निस्फीक्रीसंग यी मागहरु गछ्र्यौ । मलाई खुशीपनि लाग्छ...तिमीले मागेका सबैकुराहरु हरेक पटक लिएर आउन पर्दा...र ग्लानी पनि महशुश हुन्छ मेरी छोरीलाई दिनपर्नेजति समय दिन नसकिरहेको कारणले र जानजान उसलाई भावनात्मक माया र समय भन्दापनि भौतिक बस्तुको आश देखाएर जानैपर्ने भएकोमा ।    
छोरी, बाबा जाने कुरालाई तिमीले कहिल्यैपनि तिमीले सामान्य रुपमा सहजै लिन नसकिरहेको मलाई स्पष्टसंग थाहा छ । महिनादिनजति अघि रुकुम जाने कुरा गर्दा तिमीले रुँदै मलाई पनि तपाईंसंगै फिल्ड लानुस् न , मपनि रुकुम तपाईंसंगै जान्छु भनेकी थियौ । त्यो क्षणमा तिमीलाई छाडेर जानपर्दा पनि मलाई नरमाईलो लागिरहेको थियो । म न त तिमीलाई लिएर रुकुम नै जानसक्थेँ ...न त तिम्रो आग्रह स्विकार गरेर तिमीसंगै बसिरहन नै । त्यो बेला पनि मैले त्यही समान अस्त्र छाडेको थिएँ तिमीसंग....छोरीलाई रुकुमबाट के के ल्याईदिऊँ ?
मेरो जिवनमा तिमी आएको ५ बर्ष पुगेछ । म यसरी कामको सिलसिलामा बाहिर हिँडन थालेको १० बर्ष भएछ । पैला पैला त तिमी नजानुस् भन्ने भाव शब्दमा ब्यक्त समेत गर्न सक्दैनथ्यौ ....हरेक पटक म हिँडेको भोलीपल्ट तिमी बिरामी पर्दथ्यौ । गएको बर्ष तिमी बिहान नउठदै बाबा बाग्लुग पोखरा चितवनका लागी १४ दिन बाहिर बस्दा तिमी बिरामी परेको सम्भmँदा त कैलेकाहीँ धत् कस्तो हिँडीरहने काम गरिएछ जस्तो पनि लाग्छ । त्यो हालतमा समेत तिमीलाई समय दिन नसकेको देख्दा वा म हिँडेकै कारणले तिमी बिरामी परेको भन्ने जान्दाजान्दैपनि म तिमीले चाहेजस्तो गर्न सकिरहेको थिईन...र अझैसम्म पनि छैन् ।
मलाई छाडेर नजानुस भन्ने आग्रहलाई अश्विकार गरेर हिँडेपिच्छे तिम्रो “बाबा कैले आउने , बाबा आजै आाउनुस् न , बाबा छिटटै आउनुस् ” भन्ने आाग्रह यसपटक पनि मैले सुनेरपनि नसुनेझै गर्नपर्ने भएको छ । मलाई थाहा छ , तिमीलाई छाडेर बाहिर गएको हरेक क्षण तिमीलाई एकदमै लामो लाग्दछ बाबा नआउनन्जेलसम्म । त्यही भएर तिमी भन्छ्यौ बाबा अ‍ैले नै आउनुस् न .....तर हरेकपटक तिमीसंग म छिट्टै आईहाल्छु भनेर झुटबोल्ने सिबाय मसंग अरु कुनै बिकल्प नी छैन नी त नानु ..........मलाई माफ गर है......
यसपटक त, बाबा गएकै बेलामा तिम्रो अन्तिम परिक्षा पनि छ । म चाहन्छु, मेरो यो हिँडाईले तिम्रो परिक्षामा कुनै असर नपरोस् । राम्रोसंग पढेर फेरिपनि कक्षामा पहिलो हुनु । यसपटक बाबाले तिम्रोलागी तिमीले पछिल्लैपटक      “अर्कोचोटी फील्डबाट आउँदा भाटभटेनीबाट बेबी स्टुल,बेबी डिनर प्लेट र अरुअरु कुरापनि ल्याईदिनु भनेको चिज ल्याईदिन्छ है ” ...........  तरपनि मनमा शंका छ, फेरिपनि बाबाले छाडेर गएको कुराले कतै तिम्रो मानसपटलमा ठुलो चिन्ता त ल्याउँदैन् ।  यसपटकपनि मैले तिम्रो नगैदिए हुन्थ्यो भन्ने भावलाई छायाँमा पार्दै फेरि सधैं झै त्यही जालो फेक्नपर्ने भएको छ...छोरी महेन्द्रनगरबाट तिमीलाई के ल्याईदिऊँ ?
http://meroreport.net/profiles/blogs/6365517:BlogPost:68916?xg_source=activity

{ 8 comments... read them below or Comment }

  1. Wow ! Dai what real story, Kripa is so lucky doughter who got a loving and caring father like u dai......sabai father haru tapai jastai vaidiye............

    ReplyDelete
  2. साह्रै राम्रो लाग्यो दाई, यो आजभोलि कामको सिलसीलामा बाहिर हिड्नु पर्ने हरेक बाबाहरुको बाध्यता हो ।

    ReplyDelete
  3. It is too beautiful Pawan, You almost brought tears to my eyes. I can so understand the diemma of being a parent and being a job holder at the same time. I salute the way you have been able to manage loving your child and at the same time taking care of your work. Bravo, my brother !

    ReplyDelete
  4. Thanks God! तत्काललाइ मेरो छोरी छैन :P तर पनि सारै मार्मिक छ । सारै मन छोयो । कहिलेकाहिँ लाग्दो हो,
    यसरी हप्तैपिच्छे अथवा पन्ध्र पन्ध्र दिनमा आउने जाने गर्नुभन्दा त आर्मी भएको भए त कमसेकम, लामो विदामा त बस्न पाइन्थ्यो । Great writing!

    ReplyDelete
  5. मेरी पनि एउटी सानी चरी छे, पवन तिम्रा माथि उल्लेखित यावत अनुभूतिलाई म महशुस गर्न सक्छु । छोरीप्रतिको तिम्रो भावना र अपार मायाले भरीएको अभिव्यक्तिप्रति मेरो सम्मान छ ।

    ReplyDelete
  6. आलेख पढेर सुझाब दिनुहुने सबैलाई धेरैधेरै धन्यबाद । तपाईहरुको यो सुझाबले थप आलेखहरु ल्याउन प्रोत्साहन मिलेको छ ।

    ReplyDelete
  7. मन छोयो यार गुरु यो लेखले । “बाबा कैले आउने , बाबा आजै आाउनुस् न , बाबा छिटटै आउनुस् ” यही सवाल यतापनि निरन्तर आइरहन्छ ।

    ReplyDelete

LIKE PLEASE.....

LIKE PLEASE.....
तपाईंको एक क्लिकले बिजेता बन्नसक्छ । त्यसैले कृपया माथिको फोटोमा क्लिक गरेर फोटो खोलेर (ओपन गरेर) फोटोमा लाइक गर्दिनुहोला ।

दम्पति

दम्पति
हामि जोइपोइ

धानखेतमा बाउसे गर्दै

धानखेतमा बाउसे गर्दै
असार १५ / २०७० गोलढुंगा, काठमाण्डौं

Creativity in Journalism

Creativity in Journalism
Picture published on the news of republica daily of 13 July,2013 about the training 'Creativity in Journalism organised by British Council on 8-12 July,2013

ललिता

ललिता
सुनसरीबाट प्रकाशित न्युजडटकम साप्ताहिकमा छापिएको मेरो कथा ललिता

सिकारुकेटो को हो ?

मेरो वारेमा ? मतलब म को हुँ ? निक्कैबेर घोत्लायो यो प्रश्नले । मेरो परिचय के ? गारो भयो यसको जवाफ दिन । चित्तबुझ्दो जवाफ नआउन्जेल सम्मको लागी उही सबैले दिने खालको परिचय दिँदैछु । वाआमाले राख्देको नाम पवन । थर न्यौपाने । जातले बाहुन (जुन म मेरो इच्छाले भएको हैन तैपनि हेपिनु परेको छ कतिपय अवस्थामा)ट्विटरमा @Shikaruketo सिकारुकेटो भनेर चिन्छन् मित्रहरुले । मोरंगको टंकिसिनुवारी (विराटनगर)हो मेरो घर। पेशाले रेडियो र मिडिया कन्टेन्टलाई कार्यक्षेत्र बनाएर हिँडेको ७० सालमा १० बर्ष पुगेछ । काठमाण्डौंमा डेरामा बसेर एउटा मिडियामा काम गर्ने गैससमा काम गर्छु । त्यहीँ पाएको पारिश्रामिकले आफु, श्रीमती र १ छोरीको जेनतेन गुजारा चलाएको छु । घुमफिर गर्न,नयाँ मान्छे भेटन, नयाँ कुरा सिक्न औधी रहर छ । हिँडदा, भेटदा, देख्दा समेटेका अनुभव अनुभुति एवं क्रियाप्रतिक्रियालाई कहिलेकाही यही ब्लगबाट शेयर गर्छु । यत्ति नै हो मेरो परिचय,रुची, इच्छा र अनुभव ।

सबैभन्दा बढी रुचाईएको

अब कक्षा १ मा

अब कक्षा १ मा
कक्षा १ पढन थालेँ नी म । सेन्ट मेरिज स्कुलमा छोरी कृपाको पहिलो दिन २९ अप्रिल २०१३

क्यामेरा, रोलिंग, एक्सन

क्यामेरा, रोलिंग, एक्सन
मित्र मिलन पौड्यालले कंचनपुरमा क्लिक गर्नुभएको तस्वीर

चन्द्रागिरी हाइकिङ

चन्द्रागिरी हाइकिङ
मित्र प्रमोद न्यौपानेले खिचिदिनुभएको तस्वीर
Powered by Blogger.

मैले कमाएको ~ मेरा मित्रहरु