- Back to Home »
- छोरी मलाई माफ गर है
Posted by : Anonymous
Thursday, 15 March 2012
छोरी मलाई माफ गर है
प्रिय छोरी कृपा,
तिमीसंग छुट्टीन नचाहँदा नचाहँदैपनि फेरि एकपटक सातादिनका लागी तिमीबाट टाढा जानपर्ने भएको छ । मलाई थाहा छ,तिमीलाई छोडेर टाढा गएको तिमीलाई मनपर्दैन । र मेरोपनि मनले हरेक क्षण हरेक पल तिम्रै साथमा तिमीसंगै रहेर विताईरहुँ जस्तो लाग्छ । तर,तिम्रो बाबाको काम नै त्यस्तै छ ..... जानैपर्छ नानु । तिम्रो बाबा तिमीसंग छुटिएर बाहिर जानेकुरा सुनेकै दिनदेखी तिम्रो अनुहारमा देखिने त्यो हरेकपटकको निराशा फेरिपनि एकपटक मैले नचाहेरपनि हेर्न पर्ने भएको छ ।
१ साताको लागी जनकपुर गएर फर्केको १ सातापनि नबित्दै फेरि तिम्रो बाबा कामको सिलसिलामा सुदुरपश्चिम पुग्दैछ ....र फेरिपनि तिम्रोबाबाले सधैको त्यही कुरा दोहर्याउँछ...छोरी तिमीलाई के के ल्याईदिनु ?
मलाई थाहा छ, तिम्रो बाबाले तिम्रो बिछोडको भावनालाई भुल्याउनका लागीमात्र क्षणिक रुपमा यो बिकल्पको खोचेँ तिमीसंग थाप्दैछ .....र तिमीपनि ती सारा बिकल्पभन्दा बाबा नै संगै साथै भैदिईरहेहुन्थ्यो भन्ने चाहन्छ्यौ । तैपनि, शायद बाबाको बास्तविकता बुझ्छ्यौ होला....र भन्दीन्छौ....A..P..P..L..E.. एप्पल, G...R...A..P..E..S.. ग्रेप्स, चकलेट,आईसक्रिम, नाना, जुत्ता र यस्तैयस्तै । शायद,तिमीले महशुश गछ्यौ कि,यो बाबा जान त अवश्य जान्छ..तर मैले यतिपनि माग गरिन भने म दुखी भएँ भन्ने बाबाले सम्झन्छ....र निस्फीक्रीसंग यी मागहरु गछ्र्यौ । मलाई खुशीपनि लाग्छ...तिमीले मागेका सबैकुराहरु हरेक पटक लिएर आउन पर्दा...र ग्लानी पनि महशुश हुन्छ मेरी छोरीलाई दिनपर्नेजति समय दिन नसकिरहेको कारणले र जानजान उसलाई भावनात्मक माया र समय भन्दापनि भौतिक बस्तुको आश देखाएर जानैपर्ने भएकोमा ।
छोरी, बाबा जाने कुरालाई तिमीले कहिल्यैपनि तिमीले सामान्य रुपमा सहजै लिन नसकिरहेको मलाई स्पष्टसंग थाहा छ । महिनादिनजति अघि रुकुम जाने कुरा गर्दा तिमीले रुँदै मलाई पनि तपाईंसंगै फिल्ड लानुस् न , मपनि रुकुम तपाईंसंगै जान्छु भनेकी थियौ । त्यो क्षणमा तिमीलाई छाडेर जानपर्दा पनि मलाई नरमाईलो लागिरहेको थियो । म न त तिमीलाई लिएर रुकुम नै जानसक्थेँ ...न त तिम्रो आग्रह स्विकार गरेर तिमीसंगै बसिरहन नै । त्यो बेला पनि मैले त्यही समान अस्त्र छाडेको थिएँ तिमीसंग....छोरीलाई रुकुमबाट के के ल्याईदिऊँ ?
मेरो जिवनमा तिमी आएको ५ बर्ष पुगेछ । म यसरी कामको सिलसिलामा बाहिर हिँडन थालेको १० बर्ष भएछ । पैला पैला त तिमी नजानुस् भन्ने भाव शब्दमा ब्यक्त समेत गर्न सक्दैनथ्यौ ....हरेक पटक म हिँडेको भोलीपल्ट तिमी बिरामी पर्दथ्यौ । गएको बर्ष तिमी बिहान नउठदै बाबा बाग्लुग पोखरा चितवनका लागी १४ दिन बाहिर बस्दा तिमी बिरामी परेको सम्भmँदा त कैलेकाहीँ धत् कस्तो हिँडीरहने काम गरिएछ जस्तो पनि लाग्छ । त्यो हालतमा समेत तिमीलाई समय दिन नसकेको देख्दा वा म हिँडेकै कारणले तिमी बिरामी परेको भन्ने जान्दाजान्दैपनि म तिमीले चाहेजस्तो गर्न सकिरहेको थिईन...र अझैसम्म पनि छैन् ।
मलाई छाडेर नजानुस भन्ने आग्रहलाई अश्विकार गरेर हिँडेपिच्छे तिम्रो “बाबा कैले आउने , बाबा आजै आाउनुस् न , बाबा छिटटै आउनुस् ” भन्ने आाग्रह यसपटक पनि मैले सुनेरपनि नसुनेझै गर्नपर्ने भएको छ । मलाई थाहा छ , तिमीलाई छाडेर बाहिर गएको हरेक क्षण तिमीलाई एकदमै लामो लाग्दछ बाबा नआउनन्जेलसम्म । त्यही भएर तिमी भन्छ्यौ बाबा अैले नै आउनुस् न .....तर हरेकपटक तिमीसंग म छिट्टै आईहाल्छु भनेर झुटबोल्ने सिबाय मसंग अरु कुनै बिकल्प नी छैन नी त नानु ..........मलाई माफ गर है......
यसपटक त, बाबा गएकै बेलामा तिम्रो अन्तिम परिक्षा पनि छ । म चाहन्छु, मेरो यो हिँडाईले तिम्रो परिक्षामा कुनै असर नपरोस् । राम्रोसंग पढेर फेरिपनि कक्षामा पहिलो हुनु । यसपटक बाबाले तिम्रोलागी तिमीले पछिल्लैपटक “अर्कोचोटी फील्डबाट आउँदा भाटभटेनीबाट बेबी स्टुल,बेबी डिनर प्लेट र अरुअरु कुरापनि ल्याईदिनु भनेको चिज ल्याईदिन्छ है ” ........... तरपनि मनमा शंका छ, फेरिपनि बाबाले छाडेर गएको कुराले कतै तिम्रो मानसपटलमा ठुलो चिन्ता त ल्याउँदैन् । यसपटकपनि मैले तिम्रो नगैदिए हुन्थ्यो भन्ने भावलाई छायाँमा पार्दै फेरि सधैं झै त्यही जालो फेक्नपर्ने भएको छ...छोरी महेन्द्रनगरबाट तिमीलाई के ल्याईदिऊँ ?
http://meroreport.net/profiles/blogs/6365517:BlogPost:68916?xg_source=activity

Wow ! Dai what real story, Kripa is so lucky doughter who got a loving and caring father like u dai......sabai father haru tapai jastai vaidiye............
ReplyDeleteसाह्रै राम्रो लाग्यो दाई, यो आजभोलि कामको सिलसीलामा बाहिर हिड्नु पर्ने हरेक बाबाहरुको बाध्यता हो ।
ReplyDeleteIt is too beautiful Pawan, You almost brought tears to my eyes. I can so understand the diemma of being a parent and being a job holder at the same time. I salute the way you have been able to manage loving your child and at the same time taking care of your work. Bravo, my brother !
ReplyDeleteThanks God! तत्काललाइ मेरो छोरी छैन :P तर पनि सारै मार्मिक छ । सारै मन छोयो । कहिलेकाहिँ लाग्दो हो,
ReplyDeleteयसरी हप्तैपिच्छे अथवा पन्ध्र पन्ध्र दिनमा आउने जाने गर्नुभन्दा त आर्मी भएको भए त कमसेकम, लामो विदामा त बस्न पाइन्थ्यो । Great writing!
मेरी पनि एउटी सानी चरी छे, पवन तिम्रा माथि उल्लेखित यावत अनुभूतिलाई म महशुस गर्न सक्छु । छोरीप्रतिको तिम्रो भावना र अपार मायाले भरीएको अभिव्यक्तिप्रति मेरो सम्मान छ ।
ReplyDeleteआलेख पढेर सुझाब दिनुहुने सबैलाई धेरैधेरै धन्यबाद । तपाईहरुको यो सुझाबले थप आलेखहरु ल्याउन प्रोत्साहन मिलेको छ ।
ReplyDeleteमन छोयो यार गुरु यो लेखले । “बाबा कैले आउने , बाबा आजै आाउनुस् न , बाबा छिटटै आउनुस् ” यही सवाल यतापनि निरन्तर आइरहन्छ ।
ReplyDeleteSpeechless.....
ReplyDelete