Widgets

Posted by : Anonymous Friday, 16 March 2012


(यो लेखको म वा मेरो पात्रले समस्यामा परेका तिनै पुरुषहरुलाई प्रतिनिधित्व गर्छ जो कोही पनि हुन सक्दछ । तर यो लेख कसैको ब्यक्तिगत जीवनप्रति ईंकित गर्न खोजिएको भने होईन । १ बर्ष अगाडीको एक आलेखलाई अपेडेट गरिएको ब्लगमा पुन राखेको छु । प्रतिक्रियाको आशा छ । )
थाहा छैन कताबाट शुरु गरुँ यो लेख । बिषय गहन छ मेरो विचारमा । अधिकारबादी हरुको नजरमा वाइयात् लाग्न पनि सक्ला अहिले नै । तर लेख्नैपर्छ भन्ने कुरामा बल गर्ने सर्वोच्चको भर्खरै आएको एउटा फैसला 'केटीले बलात्कार गर्नै सक्दैनन्' लाई साधुवाद ।
बिचरा कति मानसिक पीडा र दबाव झेल्दै हुर्कें म । तेतेताई ताई गर्दादेखि नै आमाले भन्नुहुन्थ्यो रे यो छोराको बिहे गरेर राम्री बुहारी ल्याउँछु । यो भन्दा अर्को छोरा पाउँदिनघाम पनि एउटै जुन पनि एउटै मलाई नै मेरो यही एउटा छोरा भए काफी छ । शायद् यही अडानकै कारणले होला मेरी आमाले मेरो भाइ वा बैनी जन्माउने प्रयास नै गर्नुभएन । अलिअलि हिँड्न र बोली फुट्न थालेदेखि नै बा ले सिकाउनु हुन्थ्यो 'छोरा बहादुर बन्नुपर्छ कुटाई खाने हैन २-४ जनालाई कुटेर आउने हुन सक्नुपर्छ' मेरी आमा र मेरा बा को यही मार्गदर्शनमा हुर्केको केटो म । उमेरले केटै  भएपनि समस्या पीडा व्यवहारले कुनै पाको व्यक्तिभन्दा फरक छुईनँ म । प्रसंग मोडिएछ  माफी चाहँन्छु ।
सानैदेखि 'तिमी बोल्ड बन्नुपर्छ । तिमीले जिम्मेवारी लिनुपर्छ । तिमीले बाआमाश्रीमती छोराछोरीलाई पाल्नपर्छ ।' यस्तै यस्तै बनावटी डायलग युक्त संसारबाट चेपिएको पिल्सीएको थिचिएको मिचिएको मान्छे म । तिमी त छोरी मान्छे…।तिम्रो लागी तिम्रा बा आमाले बिहे गरेर राम्रो केटालाई जिम्मा लाईदिन पाए हुन्थ्यो भन्ने ठान्नुभाथ्यो होला जिम्मा लाईदिनुभयो त्यसपछि हाइसन्चो छ तिम्रा बाआमालाई । तिमीलाई त रुन पनि छुट दिनुभयो पीडा पोख्न पनि छुट दिनुभयो घुक्र्याउँन पनि छुट दिनुभयो त्यही भएर ति सबै अनुभवहरु एकदमै सवल रुपमा देखाईरहेकी छौ तिमीले । तर …कठै म  दुःख पर्दा खुलेर रुन समेत सक्दिन थेँ कसैले देखिहाले भने आफैंलाई लाज हुन्छ भन्ने सिकाईएको थियो सानैदेखी त्यही भएर जस्तोसुकै पीडा पर्दा २ थोपा आँसु झार्न पनि सक्दिनथेँ । कसैलाई बताईहाले 'तँ मुला लाछी केटीमान्छे जस्तो गनगन गर्छस्' भनेर उल्टै हाँसोको पात्र बनुँला भन्ने पिरले कसै सामु भनिहाल्न समेत सक्दिन मेरो पीडा । मेरो अधिकारको कुरा गरिदिने को छ त भनेर खोज्दै जाँदा अहिलेसम्म मेरो अधिकारको लागि वकालत गर भन्ने दाता नभेटेर हो वा के भएर …कोही पनि पाईन मैलेँ ।
सामान्य सरकारी कार्यालयको खर्दार मेरा बा । मलाई जन्माउनु भयो हुर्काउनु भयो । त्यसमा पनि वहाँका आशाहरु छन् ईच्छाहरु छन्  छोरा बढ्छ पढ्छ अनि बाआमालाई पाल्छ  श्रीमती ल्याउँछछोराछोरी जन्माउँछ हुर्काउँछ । बिचरा मेरा बा  वहाँले मलाई जन्माए बापत यत्ति पनि अपेक्षा गर्न नपाउनु मबाट  बिए पास गरेको छु मैले । काम छैन भन्दिनँ म  काम नै गरिरहेको छु काम खोज्ने तर पाएको छैन । अहिलेको जमानामा सोस्र र पैसा बिना कहीँ केही चल्दो रहेनछ …॥मेरा बाको सोस्र भन्या आफू काम गरेको २-४ वटा कार्यालयका खर्दारसम्म…॥पैसा खुवाएर मलाई जागिर लगाउन सक्ने हैसियत वहाँको पनि छैन । मैले राम्ररी बुझेको छु यो कुरा …। त्यही भएर जे गर्नुछ मैले नै गर्नु छ । आखिर म छोरा मान्छे । यही एउटा पगरी भिरेर आफ्नो पीडा आफैंभित्र गुम्स्याएर बसिरहेको छु । भित्रभित्रै कति धिक्कार्दा हुन् मेरा बाआमाले …।एउटा काम पनि खोजेर गर्न नसक्ने  छोरा भनेर…।गाऊँकै एउटा बोर्डस् नभएको बोर्डिङ्ग स्कुलमा पढाउन थालेथेँ बीचमा महिनाको २५ सयमा …त्यही मौकामा बाले बिहे गरिदिनुभयो…। श्रीमती ल्याईयो…। केही बर्षमै सन्तान पनि जन्माईयो …॥ जन्माएर मात्रै भएन हुर्काउनु पनि पर्यो…।पहिले त आफ्नैमात्र पिर थियो…अहिले त श्रीमतीको फरिया पनि किन्दिनै पर्यो……। बच्चाको लागि लिटोसम्म पनि खुवाउनै पर्यो । जाबो त्यो साढेदुई वटा हजारले के नै पो पुग्थ्यो र  टोलछिमेक साथीसंगीले समेत भन्न थालेः अब त तेरो बिहे भएको छ …यो बोर्डिङ्ग स्कुलमा मास्टरी गरेर के बस्छस् …। काठमाण्डौं जा प्रगती गर्छस्……हो जस्तो पनि लाग्यो……। काठमाण्डौंमा राता चामल खानेहरु पनि बेलाबखतमा गाऊँ आउँदा लगाएको फुर्ती देखेर मलाई पनि जाऊँ जाऊँ लाग्यो । आमाले पोको पारिदिएको २ मानाजति गुन्द्रुक अनि २५ के जी चामल बोर्डिङ्गबाटै जम्मा गरेको ४ हजार रुप्पे साथमा बाटामा खानु भनेर बनाईदिनुभएको सेल पोको पारेर हानिएँ म कथित राजधानीतिर…॥
राजधानीमा आफन्तहरु धेरै नभएका पनि होइनन् । तर मानवताविहिन आफन्त । पुग्न पा हुँदैन कहिले फर्कने भनेर सोध्छन् । तिन्का बाउकामा अंशै माग्न गा जस्तो । बस्नै मन लागेन …॥ गाऊँकै एउटा साथी कलेज पढ्न बस्याथ्यो…। उसँगै बसेँ खर्च बाँडफाँड गरौंला भनेर । १ महिनाजति खुब लागियो…हातमा सर्टिफीकेट का थैली बोकेर काम खोज्ने काममा ……मेरा बा ले ८ कक्षा पढेर यत्रो सृष्टी गरे मैले त १५ कक्षा त्यो पनि फष्ट डिभिजनमा पो गरेको छु त …एउटा काम कसो नपाईंएला भनेर …। खोज्ने क्रम जारी रह्यो…तर पाईएन् । काम नपाएको पीडा कसैलाई भन्न सुनाउन पनि सक्दिनथेँ । यो स्वार्थी खाल्डोमा टिक्न सकिनँ म …२ छाक चामल खानले त मरिँदैन …।बरु गाऊँतिरै काम खोजुँला भनेर फर्कें म एक महिनामै गाऊँ ………………
 घर पुगे लगत्तै बाआमाको झाँको खाएँ …॥श्रीमतीले आँखा तरिन्……॥शायद् उनीहरुले यही सोच्या थे 'छोरामान्छे भएर जाबो एउटा काम समेत खोजेर गर्न नसकेको लाछी ।'  सोचें सोच्दै गरुन् भनेर चुपचाप रहेँ । भोलिपल्टदेखि गाऊँमै फेरि उही काम शुरु भयो……। काम खोज्ने …अरुकोमा काम खोज्न जाऊँ काम दिँदैनन् शुरुमै अनुभव खोज्छन् । कामै नगरी कहाँबाट अनुभव ल्याउनु …। आफैं केही व्यापार गरौं न त भन्यो लगानी गर्ने पुँजी छैन ।
यसैगरी निराश भएर बितिरहेको थियो मेरो जिन्दगी……खुसी भन्ने केही छैन …न म खुशी न मेरो परिवार मबाट खुसी ……न मेरी श्रीमती नै । श्रीमतीको कुरा आइहाल्यो …।अहिले त मेरी श्रीमती केही हदसम्म भए नी खुसी छिन् । मेरो कारणले हैन…।सर्वोच्चको फैसलाका कारणले…।शुरुमा मलाई यो लेख लेख्न उत्प्रेरित गर्ने फैसलाले । उनले पनि कताकताबाट एक टुक्रा पत्रिका भेटिछिन्  सर्वोच्चको भर्खरै आएको एउटा फैसला ुकेटीले बलात्कार गर्नै सक्दैन्ु भन्ने । यो फैसला उनलाई साह्रै चित्त बुझेछ …बिचरा म…त्यही फैसलाको आड लिएर हरेक रात म माथि चढ्ने कार्यक्रमलाई उनले आजकल झनै तिब्र बनाउन थालेकी छिन्् । शायद् …उनको अव्यक्त भावबाट यही कुरा आईरहेको छ …देखिस् मैले जे गरिरहेको छु…।त्यसबाट मलाई कसैले रोक्न सक्दैन कानुनले समेत मलाई छुट दिएको छ  । मलाई कसरी बाध्य पार्छिन् भन्ने कुरा ……।म बाहेक शायदै अरु कसैले कल्पनासम्म समेत गर्न सक्लान्……॥बाहिर भन्ने आँट पनि छैन आफ्नै स्वास्नीले मलाई नयाँ नाम दिएकी छे…।ुनामर्दु भनेर । झोँक पनि चल्छ घरीघरी …।ल्याएर सबै देखाईदिन पर्ने ती फैसला गर्नेहरुलाई जस्तो पनि लाग्छ । तर यस्तो कुरा बाहिर पोखूँ ……॥झनै लाछी ठानिन्छ यो समाजबाट …॥ नपोखूँ सहँनै गाह्रो भैसक्यो । कसैलाई भन्न समेत सक्दिनँ …।रुन पनि सक्दिनँ । लोग्नेमान्छे भएर रुन हुन्न भनेर सानैदेखि त्यही सिकाए । अहिले रुनै नपाएर समेत यत्ति गाहो लागिराछ ।
मेरो यो भाव पढ्दा तपाईंलाई पनि लागि रहेको होला …। धत्त लोग्नेमान्छे भएर यस्तो लाछी कुरा गर्ने । मलाई त तपाईंले धिक्कार्नुभयो होला ॥तर आाफैंले आफ्नो अवस्था एकपटक छातीमा हात राखेर मुल्याङ्कन गर्नुस् त …॥ तपाईं पुरुष भएकै कारण कुन कुन अवस्थामा कति पीडित हुनुभएको छ  तपाईंका केही बुँदा अनुभवले मेरो यो कथालाई अगाडी बढाउन सहयोग मिल्नेछ । 

Leave a Reply

Subscribe to Posts | Subscribe to Comments

LIKE PLEASE.....

LIKE PLEASE.....
तपाईंको एक क्लिकले बिजेता बन्नसक्छ । त्यसैले कृपया माथिको फोटोमा क्लिक गरेर फोटो खोलेर (ओपन गरेर) फोटोमा लाइक गर्दिनुहोला ।

दम्पति

दम्पति
हामि जोइपोइ

धानखेतमा बाउसे गर्दै

धानखेतमा बाउसे गर्दै
असार १५ / २०७० गोलढुंगा, काठमाण्डौं

Creativity in Journalism

Creativity in Journalism
Picture published on the news of republica daily of 13 July,2013 about the training 'Creativity in Journalism organised by British Council on 8-12 July,2013

ललिता

ललिता
सुनसरीबाट प्रकाशित न्युजडटकम साप्ताहिकमा छापिएको मेरो कथा ललिता

सिकारुकेटो को हो ?

मेरो वारेमा ? मतलब म को हुँ ? निक्कैबेर घोत्लायो यो प्रश्नले । मेरो परिचय के ? गारो भयो यसको जवाफ दिन । चित्तबुझ्दो जवाफ नआउन्जेल सम्मको लागी उही सबैले दिने खालको परिचय दिँदैछु । वाआमाले राख्देको नाम पवन । थर न्यौपाने । जातले बाहुन (जुन म मेरो इच्छाले भएको हैन तैपनि हेपिनु परेको छ कतिपय अवस्थामा)ट्विटरमा @Shikaruketo सिकारुकेटो भनेर चिन्छन् मित्रहरुले । मोरंगको टंकिसिनुवारी (विराटनगर)हो मेरो घर। पेशाले रेडियो र मिडिया कन्टेन्टलाई कार्यक्षेत्र बनाएर हिँडेको ७० सालमा १० बर्ष पुगेछ । काठमाण्डौंमा डेरामा बसेर एउटा मिडियामा काम गर्ने गैससमा काम गर्छु । त्यहीँ पाएको पारिश्रामिकले आफु, श्रीमती र १ छोरीको जेनतेन गुजारा चलाएको छु । घुमफिर गर्न,नयाँ मान्छे भेटन, नयाँ कुरा सिक्न औधी रहर छ । हिँडदा, भेटदा, देख्दा समेटेका अनुभव अनुभुति एवं क्रियाप्रतिक्रियालाई कहिलेकाही यही ब्लगबाट शेयर गर्छु । यत्ति नै हो मेरो परिचय,रुची, इच्छा र अनुभव ।

सबैभन्दा बढी रुचाईएको

अब कक्षा १ मा

अब कक्षा १ मा
कक्षा १ पढन थालेँ नी म । सेन्ट मेरिज स्कुलमा छोरी कृपाको पहिलो दिन २९ अप्रिल २०१३

क्यामेरा, रोलिंग, एक्सन

क्यामेरा, रोलिंग, एक्सन
मित्र मिलन पौड्यालले कंचनपुरमा क्लिक गर्नुभएको तस्वीर

चन्द्रागिरी हाइकिङ

चन्द्रागिरी हाइकिङ
मित्र प्रमोद न्यौपानेले खिचिदिनुभएको तस्वीर
Powered by Blogger.

मैले कमाएको ~ मेरा मित्रहरु