Widgets

Posted by : सिकारुकेटो Wednesday 1 May 2013


सामाजिक संजाल अझ त्यो पनि फेसवुकमा बिभिन्न स्टाटस एवं फोटोहरु राख्ने चलनले यति ब्यापकता पाउन थाल्यो कि कहिलेकाहीँ त तश्वीर किन खिच्ने भन्दा फेसवुकमा राख्न भन्ने झैं भैसक्यो ।

 यो संगसंगै जन्मदिनका अवशरमा, विवाहको बर्षदिनको अवशरमा, पास भएको अवशरमा होस, या विदेश गएको अवशरमा, या त स्वदेशमै केही गरेको अवशरमा होस्, हरेक अवशरका स्टाटस तथा फोटोहरु मान्छेले पोष्ट गरिरहेका हुन्छन् ।

मान्छे, जातैले आरिसे प्राणी । अझ प्रशंसा, बधाई, शुभकामनाको त झनै भोको हुन्छ । यो भोक कहिलेकाहीँ
गज्जपले नै लाग्छ । तर यो पाउनेपनि उपाय छ । बुद्धी लायो भने मज्जाले पाइन्छ बधाईका ओइरो । शुरुवात गर्नमात्र गारो हो । आफैंले शुरु गर्ने केही काइदा यस्तो छ । फेसवुकमा प्रायः जसो राखिएका स्टाटस र तश्वीरहरु हेर्दा यस्तो पाईयो बधाई पाउने काइदा ।

१. बिहे गरिए :  दुलाहादुलहीको आफ्नै फोटो राख्ने र लेख्ने जिवनसंगीको साथ पाईयो । ए, तेस्पछि त थामि नसक्नु  बधाइ

२ बिहे गरेको बार्षिकोत्सव भए :  हेर्दाहेर्दै १ बर्ष / ५ बर्ष/ ७ बर्ष पुगेछ उनीसंग बाँधिएको भन्ने । अनि बधाई खाएर बस्ने ।

३ सन्तान जन्मिए : आजबाट बा वा आमा भइयो भनेर सन्तानको फोटो राख्ने । बधाईको ओइरो लाग्छ ।

४ सन्तान स्कुल जान थाले : बुढो भइएछ, छोरी वा छोरी स्कुल जान थाले भन्ने , बधाई खाने ।

५ पास भए : सोचेजस्तो नम्बर त आएन, तर बिए,एम ए सकियो भन्ने । सर्टिफिकेटको फोटो राख्ने, अनि बधाई हेर्दै दंग पर्ने ।

६ बिदेश गए :  नेपाललाई गाली गर्दै याँ का बाटो कत्ति सफा भन्ने । अनि आउँछ बधाई, कैले पुगिस बधाई छ भन्दै ।

७ नेपाल भित्रै गए :  काठमाण्डौं भन्दा वा आफु बस्या भन्दा यो ठाऊँ कत्ति राम्रो, नराम्रो,गर्मी जाडो भन्ने र फोटो राख्ने । अनि बधाई हेर्ने ।

८ पैसो मारिए :  फलाँस भन्दा त म्यारिज नै फाप्छ आफुलाई भनेर टक्क २१ पत्ती तासको फोटो राख्नी । ए वधाई त कत्ति कत्ति ।

९ डिभी परे : जान त मन थिएन, परिहालेछ भनेर स्टाटस लेख्ने , अनि आउँछ राष्ट्रप्रेमपूर्ण बधाई

१० जागिर पाइए : ब्यस्त भइयो वा नयाँ काम भनेर अपीसाँ काम गरेको फोटो राख्ने, बधाई थाप्ने

११ लेख छापीए  : छापीदिएछन् यस्तो भनेर इकपी राख्ने, बधाईको ओइरो लाग्छ ।

१२ जन्मदिन परे :  फेरि १ बर्ष बुढो भइयो भनेर लेख्न , अनि कुर्चीमाथी खुट्टा राखेर बधाई गन्ने :पी

र अन्त्यमा, बिशेष कुरो, जे सुकै राखेपनि फेसवुकले दिएको लिमिटले भ्याएसम्म सप्पैलाई ट्याग गर्ने, चाहे उनीहरुसंग सम्बन्धित होस् या असम्बन्धित । यत्ति काइदा लाउनुस, अनि हेर्नोस् बधाईको ओईरो कसरी लाग्छ ।

आफुले यत्ति सम्झीईयो अहिलेलाई, अरु पनि केही उपाय भए तल कमेन्टमा पाम है । खै त मलाई बधाई ?? :पी




{ 1 comments... read them below or add one }

  1. "कक्षा १ पढन थालेँ नी म । सेन्ट मेरिज स्कुलमा छोरी कृपाको पहिलो दिन २९ अप्रिल २०१३" भन्ने साइडबारको फोटो हेरेर अस्ति देखि बधाइ दिन खोजेको ...खै कता पो हो दिने :पि :ञी

    ReplyDelete

LIKE PLEASE.....

LIKE PLEASE.....
तपाईंको एक क्लिकले बिजेता बन्नसक्छ । त्यसैले कृपया माथिको फोटोमा क्लिक गरेर फोटो खोलेर (ओपन गरेर) फोटोमा लाइक गर्दिनुहोला ।

दम्पति

दम्पति
हामि जोइपोइ

धानखेतमा बाउसे गर्दै

धानखेतमा बाउसे गर्दै
असार १५ / २०७० गोलढुंगा, काठमाण्डौं

Creativity in Journalism

Creativity in Journalism
Picture published on the news of republica daily of 13 July,2013 about the training 'Creativity in Journalism organised by British Council on 8-12 July,2013

ललिता

ललिता
सुनसरीबाट प्रकाशित न्युजडटकम साप्ताहिकमा छापिएको मेरो कथा ललिता

सिकारुकेटो को हो ?

मेरो वारेमा ? मतलब म को हुँ ? निक्कैबेर घोत्लायो यो प्रश्नले । मेरो परिचय के ? गारो भयो यसको जवाफ दिन । चित्तबुझ्दो जवाफ नआउन्जेल सम्मको लागी उही सबैले दिने खालको परिचय दिँदैछु । वाआमाले राख्देको नाम पवन । थर न्यौपाने । जातले बाहुन (जुन म मेरो इच्छाले भएको हैन तैपनि हेपिनु परेको छ कतिपय अवस्थामा)ट्विटरमा @Shikaruketo सिकारुकेटो भनेर चिन्छन् मित्रहरुले । मोरंगको टंकिसिनुवारी (विराटनगर)हो मेरो घर। पेशाले रेडियो र मिडिया कन्टेन्टलाई कार्यक्षेत्र बनाएर हिँडेको ७० सालमा १० बर्ष पुगेछ । काठमाण्डौंमा डेरामा बसेर एउटा मिडियामा काम गर्ने गैससमा काम गर्छु । त्यहीँ पाएको पारिश्रामिकले आफु, श्रीमती र १ छोरीको जेनतेन गुजारा चलाएको छु । घुमफिर गर्न,नयाँ मान्छे भेटन, नयाँ कुरा सिक्न औधी रहर छ । हिँडदा, भेटदा, देख्दा समेटेका अनुभव अनुभुति एवं क्रियाप्रतिक्रियालाई कहिलेकाही यही ब्लगबाट शेयर गर्छु । यत्ति नै हो मेरो परिचय,रुची, इच्छा र अनुभव ।

सबैभन्दा बढी रुचाईएको

अब कक्षा १ मा

अब कक्षा १ मा
कक्षा १ पढन थालेँ नी म । सेन्ट मेरिज स्कुलमा छोरी कृपाको पहिलो दिन २९ अप्रिल २०१३

क्यामेरा, रोलिंग, एक्सन

क्यामेरा, रोलिंग, एक्सन
मित्र मिलन पौड्यालले कंचनपुरमा क्लिक गर्नुभएको तस्वीर

चन्द्रागिरी हाइकिङ

चन्द्रागिरी हाइकिङ
मित्र प्रमोद न्यौपानेले खिचिदिनुभएको तस्वीर
Powered by Blogger.

मैले कमाएको ~ मेरा मित्रहरु