Widgets

Posted by : Anonymous Tuesday 4 December 2012


२ डिसेम्बर २०१२, अर्थात गएको मंसिर १७ गते आईतबार । दिनको करिब २ बजे । कैलालीको चिसापानीमा रोकिएको ना ४ ख ६४९ नम्बरको महेन्द्रनगरबाट नेपालगंज हिँडेको बागेश्वरी यातायातको बसमा २ ब्यक्ति चढे । बसमा सुदुरपश्चिमेली लोकगित घन्कीरहेको थियो । त्यो बन्द भयो । सबै यात्रुहरुलाई एउटा सुचना भन्नुछ भनेर ध्यान केन्द्रित गरे । बसभित्रका करिब ३० यात्रु अलमल र आश्चर्यमा परे, बसभित्र चढेर यिनीहरुले के सूचना भन्न लागे भनेर । एकछिन् गाईंगुईं चल्यो, कतै अगाडी बाटो बन्द त छैन् ? कि चन्दा माग्ने हुन कि ? सवैजना आ- आफ्नै अडकल काटन थाले ।
त्यत्तिकैमा ती २ जना मध्ये एकजनाबाट सूचना आयो, ‘हामी नेपालगंजसम्मको यात्रामा अबको केही क्षणमा एउटा आधाघंटाको रेडियो कार्यक्रम सुनाउँछौं, सुन्नुहोला र त्यसपछि तपाईंलाई कस्तो लाग्छ, के बुझ्नभयो ? तपाईंहरुको प्रतिक्रिया लिनेछौं ।’ यत्ति सूचना पाएपछि बसका यात्रु ढुक्क र उत्साहित भए । अनि सधैं गित सुनेर हिंडिरहेको बसमा रेडियो कार्यक्रम सुनाएर छलफल गर्ने भनेको सुन्दा केही चाहीँ आश्चर्यचकित पनि भैरहेका थिए ।
एकैछिनमा शुरुभयो रेडियो कार्यक्रम ‘सहमति’ । कार्यक्रमको छैठौं अंक थियो यो । त्यो अंकमा मानव वेचविखन अन्र्तगत चेलिवेटी वेचविखनको बारेमा बिभिन्न सामग्रीहरु सुनाईएको थियो । आधाघंटाको सो कार्यक्रममा वेचविखनमा परेर फर्किएकी एक महिलालाई समाजमा पुर्नस्थापना हुन् परेको समस्या, मानव वेचविखनका कारण र रोकथामका उपाय लगायतका बिषयमा सुनाईएको थियो ।
कार्यक्रम बसभित्रै बजिसकेपछि बसका यात्रुसंग छलफल शुरु भयो । सुर्खेत घर भै हाल उपचारको लागी धनगढीबाट नेपालगंज गैरहनुभएका हर्कवहादुर बडुवालले आफ्नो जिवनमा पहिलोपटक यसरी बसभित्र रेडियो कार्यक्रम सुनाएर छलफल गर्ने समुह भेट भएकोमा खुशी ब्यक्त गर्नुभयो ।
चुहा ६ गुलरा कैलालीकि मात्रिका उपाध्याय कैलाली बाट कोहलपुरसम्मको यात्रामा हुनुहन्थ्यो । कार्यक्रम सुनिसकेपछि वहाँलाई लाग्यो, ‘यात्राको क्रममा थरीथरीका मान्छेहरु हुन्छन् । कतिपय दलालहरुले यसैगरी बसमा चढाएरपनि चेलिवेटी ओसारपसार तथा बेचविखन गरिरहेका हुन्छन् । यस्ता खालका कार्यक्रम यात्राको दौरानमा गर्नाले तिनिहरु झस्कीन्छन् र चेलिवेटी वेचविखन बिरुद्ध सचेतना फैलाउन मद्धत मिल्छ ।’
नेपालगंज धनगढीबाट नेपालगंज घर फिर्दै गर्नुभएकी गृहणी भावरा शाह एकटकले कार्यक्रम सुनिरहनुभयो र सकिईसकेपछि वहाँ भन्दैहुनुहुन्थ्यो ‘रेडियोको पहुँच धेरैमा भएकाले यस्तो कार्यक्रमले अत्यन्त राम्रो प्रभाब पर्छ र त्यो संगसंगै यो खालको बस क्याम्पियनले हरेक बर्गका यात्रु श्रोतालाई समेटने भएकाले झनै प्रभावकारी हुन्छ ।’
यात्राकै क्रममा बसभित्र लम्की बाट कोहलपुर सम्म हिँडनुभएका मिना खत्रीपनि हुनुहुन्थ्यो । बसमा रेडियो कार्यक्रम सुनिसकेपछि वहाँको प्रतिक्रिया थियो, ‘अशिक्षा, गरिवी र चेतनाको अभावको कारण चेलिवेटीहरु बेचबिखनमा परिरहेकाछन्, सचेतनाका यस्ता कार्यक्रमले ती तिनैकुरा चिर्नका लागी सहयोगीको भुमिका खेल्छ यस्तो खालको अभियान ब्यापक बनाउनुपर्छ ।’
नेपालगंजमा बसेर अध्ययन गरिरहनुभएका दिनेश रोकाया समेत यात्रामा भेटिनुभयो । यात्राकै क्रममा कार्यक्रम सहमति सुनिसकेपछि वहाँ भन्दैहुनुहुन्थ्यो, ‘पहिलोपटक गाडीमा कार्यक्रम सुनेर छलफल गर्न पाएँ । एकदमै राम्रो प्रभाब पर्छ । हामीले सुन्यौं अब हामीले सुनेको कुरा अरुलाई सुनाउँछौं बुझाउँछौं । अनि उनीहरुले पनि अरुलाई सम्झाउन सक्छन् ।’
यात्राको दौरान चेलिवेटी वेचविखन बिरुद्धको कार्यक्रम सुन्नुभएका धनगढी
का टिकाराम उपाध्याय लाई यो हिंसा हो भन्ने थाहा थियो । तर यसलाई दासता भित्र राखेर परिभाषित गर्न सक्ने बनायो यात्रा–सुनाईले । वहाँ भन्दैहुनुहुन्थ्यो, ‘यसले जनचेतना फैलाउँछ, प्रभाब पार्छ । एकदमै राम्रो लाग्यो । यस्ता हिंसाको बिरुद्धमा बोल्नका लागी ब्यक्तिबाटै शुरु गर्नुपर्छ ।’
आधाघंटाको रेडियो कार्यक्रम सुनिसकेपछि बसभित्रका ३० भन्दा बढी यात्रुले यसलाई सकरात्मक पहलको शुरुवातको संज्ञादिँदै यस्ता खालका सचेतनाका अभियानहरु ब्यापक रुपमा संचालन गर्नको लागी आयोजकलाई सुझाब दिए ।
इक्वल एक्सेस नेपालको संयोजन तथा शुक्लाफाँटा एफ एम कंचनपुरको उत्पादनमा पश्चिमान्चल, मध्यपश्चिमान्चल तथा सुदुरपश्चिमका ६ वटा स्थानिय रेडियो शुक्लाफाँटा एफ एम कंचनपुर, रेडियो कृष्णसार बाँके, रेडियो भेरी आवाज बाँके, रेडियो हाईवे दाङ र रेडियो कपिलवस्तु कपिलबस्तुले प्रशारण गरिरहेको रेडियो कार्यक्रम ‘सहमति’ को एउटा अंकलाई बस क्याम्पियन अन्र्तगत यात्राका यात्रीहरुलाई सुनाएर छलफल गरिएको थियो । रेडियो कार्यक्रम सहमति कमलरी,कमैया,महिलाहिंसा,बेचविखन लगायतका दासता एवं दासत्वका सवाल बिरुद्ध जनचेतना फैलाउने उदेश्यले संचालन गरिएको आयोजक ले वताएका छन् ।
You can find more story on http://pawanneupane1.blogspot.com/

{ 1 comments... read them below or add one }

  1. sarai ramro aviyan dai,good luck,yad auchha dai tapai sanga ko vetghatko,miss u very much

    ReplyDelete

LIKE PLEASE.....

LIKE PLEASE.....
तपाईंको एक क्लिकले बिजेता बन्नसक्छ । त्यसैले कृपया माथिको फोटोमा क्लिक गरेर फोटो खोलेर (ओपन गरेर) फोटोमा लाइक गर्दिनुहोला ।

दम्पति

दम्पति
हामि जोइपोइ

धानखेतमा बाउसे गर्दै

धानखेतमा बाउसे गर्दै
असार १५ / २०७० गोलढुंगा, काठमाण्डौं

Creativity in Journalism

Creativity in Journalism
Picture published on the news of republica daily of 13 July,2013 about the training 'Creativity in Journalism organised by British Council on 8-12 July,2013

ललिता

ललिता
सुनसरीबाट प्रकाशित न्युजडटकम साप्ताहिकमा छापिएको मेरो कथा ललिता

सिकारुकेटो को हो ?

मेरो वारेमा ? मतलब म को हुँ ? निक्कैबेर घोत्लायो यो प्रश्नले । मेरो परिचय के ? गारो भयो यसको जवाफ दिन । चित्तबुझ्दो जवाफ नआउन्जेल सम्मको लागी उही सबैले दिने खालको परिचय दिँदैछु । वाआमाले राख्देको नाम पवन । थर न्यौपाने । जातले बाहुन (जुन म मेरो इच्छाले भएको हैन तैपनि हेपिनु परेको छ कतिपय अवस्थामा)ट्विटरमा @Shikaruketo सिकारुकेटो भनेर चिन्छन् मित्रहरुले । मोरंगको टंकिसिनुवारी (विराटनगर)हो मेरो घर। पेशाले रेडियो र मिडिया कन्टेन्टलाई कार्यक्षेत्र बनाएर हिँडेको ७० सालमा १० बर्ष पुगेछ । काठमाण्डौंमा डेरामा बसेर एउटा मिडियामा काम गर्ने गैससमा काम गर्छु । त्यहीँ पाएको पारिश्रामिकले आफु, श्रीमती र १ छोरीको जेनतेन गुजारा चलाएको छु । घुमफिर गर्न,नयाँ मान्छे भेटन, नयाँ कुरा सिक्न औधी रहर छ । हिँडदा, भेटदा, देख्दा समेटेका अनुभव अनुभुति एवं क्रियाप्रतिक्रियालाई कहिलेकाही यही ब्लगबाट शेयर गर्छु । यत्ति नै हो मेरो परिचय,रुची, इच्छा र अनुभव ।

सबैभन्दा बढी रुचाईएको

अब कक्षा १ मा

अब कक्षा १ मा
कक्षा १ पढन थालेँ नी म । सेन्ट मेरिज स्कुलमा छोरी कृपाको पहिलो दिन २९ अप्रिल २०१३

क्यामेरा, रोलिंग, एक्सन

क्यामेरा, रोलिंग, एक्सन
मित्र मिलन पौड्यालले कंचनपुरमा क्लिक गर्नुभएको तस्वीर

चन्द्रागिरी हाइकिङ

चन्द्रागिरी हाइकिङ
मित्र प्रमोद न्यौपानेले खिचिदिनुभएको तस्वीर
Powered by Blogger.

मैले कमाएको ~ मेरा मित्रहरु