Widgets

Posted by : Anonymous Wednesday 17 October 2012

Photo Source:Google

१ हाइवेमा चेकिंग हुन्छ भनेर गल्लीको बाटो छिर्ने गल्ती नगर्नुहोला । पुलिसहरु बाठा भएर आजकल हाइवेभन्दा गल्लीतिर बढी बस्न थालेका छन् ।

२ मापसे गरिसकेपछि सवारी साधन मुख्यत बाईक कम गतिमा अगाडी आँखा तेज पार्दै हिँडनुहोला । ताकि ३०० मिटर अगाडी पुलिस बसेको वरै थाहा पाएर बिकल्प सोच्न सकियोस् ।

३ केही अगाडी पुलिस देखिए बाइक बिस्तारै रोकेजस्तो गर्नुस् । छेऊमा पसल छ भने पसलमा सामान किन्न गएजस्तो गर्नुस् । अनि बिस्तारै त्यहाँबाट फर्काउनुहोस् ।

४ एउटा गल्लीमा चेक भैरहेको छ भने लगत्तैको बाईपास कहिल्यै नसमाउनुहोला । प्रहरी धरापै थापेर बसेका हुन्छन् । जालमा परिने संभावना बढी हुन्छ ।

५ दिउँसो सार्वजनिक अपराध र राती मापसे पर्ने संभावना भएकाले पुलिस झकाउने वेला साँझ ५ देखी ७ बजेसम्म वा राती १० बजेपछि हिँडन कम जोखिम हुन्छ ।

६ मापसेको झमेलामा परेर १ हजार फाईन तिर्नुभन्दा टयाक्सी चढेर घरजानु पनि कम खर्चिलो एवं सुरक्षित उपाय हुनसक्छ ।

७  कतिपय अवस्थामा झमेलामा नपरि केही दक्षिणा टक्राउँदा पनि छोडन सक्ने संभावना छ , नेपालका पुलिस न परे :P

८ सारै खानुभएको छ र हिँडन नसक्ने हुनुभएको छ भने घरबाट बैकल्पिक चालक लाई बोालाउनु पनि एउटा विकल्प हुनसक्छ ।

९ माथीका उपाय अपनाउँदा अपनाउँदै पनि जम्काभेट भैहाले हस्पीटल हिँडया वा हस्पीटल गएर आएको भन्नुहोस् । बढी नबोल्नुहोस । कैलेकाहीँ पत्याईदिन्छन् ।

१० अन्त्यमा, यो रमाईलोको लागी लेखिएको हो । त्यसैले भरसक मापसे गरेर सवारी साधन हाँकेर हिँडदै नहिँडनुहोस् । सबैभन्दा सुरक्षित उपाय यही हो ।


थप  जुक्ती कुलरिम्स दाजु ( @Cooolrims ) बाट सुझाइएको 

११ चेकिंग देख्नासाथ प्लग थुतेर घिस्याउन थाल्ने, अनि पुलिसले सोधे के भर बिग्रीयो बिग्रीयो भन्ने ।

१२ डोर्याउँदै लाने र चेकिंग भेटिए सिधै भन्ने रे, मापसे गरेको छु , हाँक्न भएन त्यही भएर डोर्याएको, घर यहीं अगाडी हो ।

१३ चेकिंग देखिए चेकिंगको छेऊमै चाबी नछाडी बाइक छाडेर हिंडने र भोलीबिहानै डाइरेक्ट पुलिसचौकी जाने, मेरो बाइक हराएको थियो भनेर । पुलिसले घिसारेर चौकीमा लगी सुरक्षित राख्दिन्छ रे :P


{ 3 comments... read them below or Comment }

  1. haami pani blog maa copy garum ki k ho ...:P

    ReplyDelete
  2. tyo No.7 ko mero sathi la aapnauda fail khayecha. Rs.4000/- le pani manena re. Dashain ko mukh ma pareko checking :D

    ReplyDelete

LIKE PLEASE.....

LIKE PLEASE.....
तपाईंको एक क्लिकले बिजेता बन्नसक्छ । त्यसैले कृपया माथिको फोटोमा क्लिक गरेर फोटो खोलेर (ओपन गरेर) फोटोमा लाइक गर्दिनुहोला ।

दम्पति

दम्पति
हामि जोइपोइ

धानखेतमा बाउसे गर्दै

धानखेतमा बाउसे गर्दै
असार १५ / २०७० गोलढुंगा, काठमाण्डौं

Creativity in Journalism

Creativity in Journalism
Picture published on the news of republica daily of 13 July,2013 about the training 'Creativity in Journalism organised by British Council on 8-12 July,2013

ललिता

ललिता
सुनसरीबाट प्रकाशित न्युजडटकम साप्ताहिकमा छापिएको मेरो कथा ललिता

सिकारुकेटो को हो ?

मेरो वारेमा ? मतलब म को हुँ ? निक्कैबेर घोत्लायो यो प्रश्नले । मेरो परिचय के ? गारो भयो यसको जवाफ दिन । चित्तबुझ्दो जवाफ नआउन्जेल सम्मको लागी उही सबैले दिने खालको परिचय दिँदैछु । वाआमाले राख्देको नाम पवन । थर न्यौपाने । जातले बाहुन (जुन म मेरो इच्छाले भएको हैन तैपनि हेपिनु परेको छ कतिपय अवस्थामा)ट्विटरमा @Shikaruketo सिकारुकेटो भनेर चिन्छन् मित्रहरुले । मोरंगको टंकिसिनुवारी (विराटनगर)हो मेरो घर। पेशाले रेडियो र मिडिया कन्टेन्टलाई कार्यक्षेत्र बनाएर हिँडेको ७० सालमा १० बर्ष पुगेछ । काठमाण्डौंमा डेरामा बसेर एउटा मिडियामा काम गर्ने गैससमा काम गर्छु । त्यहीँ पाएको पारिश्रामिकले आफु, श्रीमती र १ छोरीको जेनतेन गुजारा चलाएको छु । घुमफिर गर्न,नयाँ मान्छे भेटन, नयाँ कुरा सिक्न औधी रहर छ । हिँडदा, भेटदा, देख्दा समेटेका अनुभव अनुभुति एवं क्रियाप्रतिक्रियालाई कहिलेकाही यही ब्लगबाट शेयर गर्छु । यत्ति नै हो मेरो परिचय,रुची, इच्छा र अनुभव ।

सबैभन्दा बढी रुचाईएको

अब कक्षा १ मा

अब कक्षा १ मा
कक्षा १ पढन थालेँ नी म । सेन्ट मेरिज स्कुलमा छोरी कृपाको पहिलो दिन २९ अप्रिल २०१३

क्यामेरा, रोलिंग, एक्सन

क्यामेरा, रोलिंग, एक्सन
मित्र मिलन पौड्यालले कंचनपुरमा क्लिक गर्नुभएको तस्वीर

चन्द्रागिरी हाइकिङ

चन्द्रागिरी हाइकिङ
मित्र प्रमोद न्यौपानेले खिचिदिनुभएको तस्वीर
Powered by Blogger.

मैले कमाएको ~ मेरा मित्रहरु