- Back to Home »
- ललिता
Posted by : Anonymous
Wednesday 19 September 2012
मुनाल यातायातको काउन्टरबाट यत्ति
जानकारी पाएपछि ७ बजेकै
बसको टिकट लिएर
कुर्न बाहेक बिकल्प
थिएन म सँग
।
ओ हो
साढे ४ घण्टा,
अब कसरी कुर्नेहोला
। चिन्तित थिएँ
म तर बाध्यपनि
थिएँ , कुर्नुको बिकल्पै थिएन्
। यताउता टहलिरहेको
थिएँ । निक्कै
गर्मी भयो ।
करिब ३८ डिग्रीको
भदौरे गर्मी छल्नको
लागी चिसो पिउन
ईटहरी वसपार्कको एउटा
होटलमा छिरेको मात्र थिएँ,
मेरो मुखबाट एक्कासी
यो नाम निस्कियो,
मैले बोलाएको देखेर मलाई
चिसो ल्याईदिने उनी
छलिईन् ।
मैले फेरि बोलाएँ,
‘ललिता..................’
उनले सुन्या
नसुने झै गरेपछि
मैले होटलको साहुजीलाई
बोलाएँ र सोधेँ,
‘अघि यहाँ चिसो
ल्याईदिने केटीको नाम ललिता
हैन ?’
‘हो ’, साहुजीले मुन्टो
हल्लाए ।
मैले जसरी भएपनि
उनलाई बोलाईदिन आग्रह
गरेँ ।
साहुजीले नै भनेपछि
उनले नकार्न सकिनन्
। आएर शिर
निहुराएर उभिईन मेरो छेऊमा
।
मैले सोधेँ, ‘तिमी ललिता
हैन ?’
उनले मुन्टो हल्लाईन् ।
‘मलाई चिन्यौ ’ मैले फेरि
सोधेँ ।
अँ, चिनेँ’ उनको जवाफ
आयो ।
पुरानो थियो उनको
र मेरो चिनाजानी
। उनी मेरो
मावली गाऊँककी चेली
थिईन् । उमेरले
लगभग म भन्दा
५– ६ बर्ष
सानी भएपनि म
मामाघर गएको बेलामा
उनी मेरो साथी
हुन्थीन् ।
करिब ३ बर्ष
अगाडी काठमान्डौंको न्युरोडमा
एकपटक भेटभएको थियो,
‘के गर्दैछौ आजकल
?’ ‘एकजना
आन्टीको घरमा बसेर
काम गर्दै पढदैछु
।’
राम्रो, राम्रोसंग पढनुपर्छ है
।’ यत्तिमात्र भन्न
भ्याएको थिएँ त्यो
बेला ।
३ बर्षपछि आज उनलाई
यो ठाऊँमा देख्दा
मलाई पत्याउनै गारो
भैरहेको थियो ।
छोटो वनपिस कपडा
लगाएकी, दाहिने ढाडमा पुतलिको
टाटु खोपाएको उनको
कपडा बाहिरबाट स्पष्टै
देखिन्थ्यो ।
‘अनि, अहिले यहाँ , ईटहरीमा
? के गर्दैछौ ?’
मेरो आश्चर्य मिश्रीत भावको
प्रश्नमा उनले टार्न
खोजिन् , ‘केही हैन्
। यत्तिकै ।
आन्टीको होटल हो
अनि आएकी ।’
मलाई उनको
जवाफमा त्यति विश्वाश लागेन्
। शायद उनले
मलाई झट्टै बिश्वाश
नगरेकाले पनि होला
खुलेर बोल्न नचाहेकी
जस्तो लाग्यो ।
मैले उनको बिश्वाश
पाउन फेरि प्रश्न
गरेँ , ‘चिन्न त चिनेऊ
नी मलाई ?’
चिनेँ, तपाई निर्मला
दिदिको छोरा हैन
त ?’ उसले थपी,
‘एफ एम रेडियोमा
कार्यक्रम चलाउनुहुन्थ्यो, तपाईले चलाएको दुखबाँडे
आधा हुन्छ खुशी
बाँडे दोब्बर भन्ने
कथाको कार्यक्रम त
म नछुटाईकन सुन्थेँ
।’
उनले यत्ति भनेपछि भने
मलाई राम्रोसग चिनिन्
भन्ने लाग्यो र
मैले फेरि जान्न
चाहेँ । सोधेँ , ‘अनि तिमी
यहाँ के गर्दै
? काठमान्डौमा भएको मान्छे
कसरी यहाँ ?’
ईटहरीको वसपार्क क्षेत्रको एक
होटलमा चिसो पिउन
पसेको म । सुनिन्थ्यो, ईटहरीमा अहिले
क्याविन र रेष्टुरेन्टका
नाममा खुल्लमखुल्ला यौनब्यापार
हुनथालेको छ ।
हुनत ः बाहिरबाट
हेर्दा सामान्य चिसो पाउने
कोल्ड ड्रिंक पसल
थियो त्यो ।
तर त्यो क्षेत्रको
वारेमा सुनेका कुराहरुले गर्दा
म उनी बारे
झनै बढि जान्न
चाहन्थेँ ।
यहाँ कुरा गर्न
मिल्दैन् , माथी रुम
छ । रुममा
गएर बसेर कुरा
गरौ न ।
’ उनले यत्ति भनेपछि म
उनको पछि लागेँ
। अँध्यारो कोठा,
कोठामा एउटा चारपाई,
र चारपाईमा पातलो
डस्ना र मैलो
तन्ना थियो ।
चुरोटको गन्ध ह्वास्सै
आईरहेको थियो कोठाबाट
।
*********
पुर्वी नेपालको ईलाम जिल्लाको
एक गाऊँमा थियो
ललिताको घर ।
मेरो मावलीगाऊँ पनि
त्यहीँ हो ।
उनका बुबा बिष्ट
सर गाउँकै बिद्यालयका
मास्टर थिए, अदुवा,
अम्लिसो,अलैची जस्ता इलामेली खेतीपाती
पनि गर्थे, एमालेका
गाऊँका नेतापनि थिए, वडाध्यक्षमा
हारेका नेता
हुन् । एउटा
छोरा सदरमुकाम ईलाम
बजारमा महेन्द्ररत्न क्याम्पस पढ्थ्यो ।
ललिता सानी थिईन,
गाऊँकै बिद्यालयमा पढथिन् ।
सुखसाथ जिवन वितिरहेको
थियो । तर
पछिल्लोपटक १० बर्ष
अगाडी २०५९ सालमा
मामाघरपुग्दा गाउँमा न बिष्ट
सर थिए, न
उनको परिवार, न
त उनको घरखेती
नै बाँकी थियो
।
गाऊँमा सुनियो । छोरा
सदरमुकाममा पढदापदै तत्कालिन माओवादीको
बिद्यार्थी राजनितिमा लाग्यो ।
त्यही क्रममा ०५४
सालमा सेनाले इलाम
बजारबाट पक्राऊ गरे ।
बेपत्ता बनाएको छोराको अहिलेसम्म
अत्तोपत्तो छैन् , सुनियो भैरवनाथ
गणमा मारिए रे
। छोरा बेपत्ता
भएपछि बिछिप्त बनेका
ललिताका बुबा बिष्टसर
पनि बिस्तारै बिस्तारै
एमालेबाट माले हुँदै
माओबादीमा ढल्के । शिक्षण
पेशा नै त्यागेर
पार्टीको होलटाइमर कार्यकर्ता भएर
हिँडे ।
पछि सुनियो, पश्चिमतिर खटिएको
वेलामा दोहोरो भिडन्तमा सेनाको
आक्रमणमा परेर बिष्टसरपनि
शहिद भए रे
। उनको
मृत्युको खबरले बिछिप्त बनेकी
ललिताकी आमाले उनको काजक्रिया
गरिन् । यतिबेलासम्मपनि
छोराको अत्तोपत्तो केही भएन्
।
बिष्टसरको मृत्यु, छोरा बेपत्ता
हुनु जस्ता अैरोमाथी पैरो पल्टेपछि
बिष्टीनी बज्यैको दिन दुःखमय
बन्दै गयो ।
उमेरैमा बिधवा बन्नपरेको पीडा
छ छँदैथ्यो, त्यसमाथी
गाउँलेको हेपाहा बचन र
छिछि र दुरदुर
सहन सकिनन् ।
उनका खेतवारीपनि अर्कैले
खाईदिए र गाउँबाट
उनलाई बोक्सीको आरोप
लगाएर लखेटे ।
उनीसगै १० बर्षको
उमेरमा गाऊँबाट धपाईन ललितापनि
।
‘यहाँ कोठामा
यत्तिकै बस्योभने साहुले कराँउँछ
, के ल्याऊँ ?’ एकैछिन्
छाएको सन्नाटा ललिताको
आवाजले भँग भयो
।
‘तपाईं रक्सी बियर
केही लिनुहुन्छ ?’ उनले
प्रश्न थपिन् ।
‘हैन, म
पिऊँदिन् । जवाफ
फर्काएँ ।
‘त्यसोभए म पिउँछु
, २ वटा बियर
र चुरोट लिएर
आउँछु है ।’
मैले नाई भन्न
सकिन् । आखिर
मेरी मावली गाउँकी
चेली कसरी यहाँसम्म
आईपुगिन भन्ने कुरापनि बुझ्नुथियो
। घडी हेरेँ
भर्खर ४ बजेको
थियो । अझै
३ घटा गाडी
कुर्नथियो ।
आफ्नो थाकथलो छाडेर भाग्नुपरेपछि
ललिताकी आमा बिष्टिनी
बज्यै झापातिर बसेकी
छिन् रे भन्ने
पनि सुनिएको थियो
गाऊँमा, पोईला गईन् रे
छोरीसगै लिएर पनि
भन्थे । यहाँभन्दा
धेरै थाहा थिएन्
।
यत्तिकैमा हातमा बियरको
बोतल समाएर चुरोटको
सर्को सर्काउँदै आईपुगिन्
ललिता । लाग्थ्यो
उनले ती चुरोटका
धुवाँहरुको सहारा लिएर आफ्ना
पिडाहरु उडाउन खोजिरहेकी छिन्,
बिर्षन खोजिरहेकी छिन् आफ्ना
सबै बिगतहरु ।
तर मलाई जान्नुथियो
उनको बिगत, यो
१० बर्षयता के
के भयो र
उनी यो ठाऊँमा
कसरी आईपुगिन् ।
मैले प्रसंग कोट्याएँ , ‘बा
र दाजुलाई त्यस्तो
नराम्रो भएछ ।
मामाघर नगएको पनि १०
बर्ष भयो ।
१० बर्ष अगाडी
मामाघर जाँदा तिमीहरुले गाउँ
छाडिसकेका रहेछौ ।’
‘हो दाजु
बेपत्ता भएदेखीनै हाम्रो घरमा
बैरिका आँखा लागे,
त्यसपछि त यो
आँसु भन्ने चिज
कैले रोकिएन् ।
झर्दा झर्दा अब
त आँसु नै
सकिईसके ।’यति
भनेर उसले फेरि
फुग चुरोटको धुवाँ
उडाई र माथी
छततिर एकनाशले टोलाएर
हेरिरहि ।
म एकछिन् चुप रहेँ
।
‘संसार हेर्दा जति सफा
र राम्रो छ
भित्रभित्रै यो त्यत्ति
नै फोहर र
घिनलाग्दो छ सर,
उसले आफ्नो पीडा
र अनुभव दुवै
बोली । ’
‘कसरी ?’ मैले कुरो
खोतल्न शुरु गरेँ
।
हामी गाऊँ छाडेर
हिँडन परेको त
तपाईंले थाहा पाईसक्नुभयो
होला ?’ प्रश्न गरि ।
अँ, त्यो त
उ वेलै थाहा
भएको ।’ मैले
जवाफ दिएँ ।
‘त्यसपछि हामी झापाको
विर्तामोड आयौं ।
मेरी आमाले अर्को
एक ब्यक्तिसंग बिहे
गर्नुभयो । तर
त्यो मान्छे त
दानव नै रहेछ
। ’
म सुनिरहेँ ।
उ भन्दैथिई , ‘ त्यसबेला म १४
बर्षकी मात्र थिएँ ।
एकदिन रक्सी खाएर
मलाई नै जवरजस्ति
गर्न खोज्यो ।
झट्केलो बाबुबाट यस्तो ब्यबहार
मलाई र आमा
दुवैलाई सह्य भएन्
। अनी आमाले
त्यहाँबाट भगाएर मलाई एकजना
चिनेको दिदिलाई भनेर काठमान्डौं
पठाउनुभयो । उनै
दिदिले चिनेको एउटा घरमा
काम गर्न भनेर
म काठमान्डौं आएको
थिएँ । त्यो
घरमा पनि ३
बर्षसम्म बसेँ ।’
म एकटकले उसको कुरा
सुनिरहेको थिएँ ।
उ निरन्तर चुरोटको
धुवाँ उडाउँदै बियरको
चुस्की लिएर आफ्ना
कुराहरु मलाई भन्दै
थिई । त्यसबेलासम्म
एक वोतल बियर
र भुईंभरी दर्जनबढी
चुरोटका ठुटा निभेको
छरपस्ट देखिन्थ्यो ।
घडी हेरेँ साँझको
साढे ५ बजिसकेको
थियो ।
उसले आफ्ना कुरा निरन्तर
भन्दैगई ,‘म बस्ने
त्यो घरको छोरा
थियो करिब २४
बर्षको ....करिब त्यो
घरमा बसेको अढाई
बर्षपछि.......उसले एकदिन
बाबुआमा नभएको मौका पारेर
मलाई जवरजस्ती यौनसम्बन्ध
राख्यो । म
चाहेर पनि बोल्न
सक्ने अवस्थामा थिईन्
। बोलुँ , त्यहाँबाट
निस्केर जाने ठाऊँ
थिएन् , नबोलुँ यी सब
कर्तुतहरु म सहन
सकिरहेको थिईन् । तैपनि
आफ्नै भाग्य नै
यस्तै रहेछ भनेर
चुपचाप बसिरहेँ । तर
त्यो भन्दा ठुलो
बज्रपात मलाई त्यसबेला
पर्यो जव म
गर्भवती भएको थाहा
पाएँ । घरको
मालिक्नीलाई भनेँ यो
कुरा । तर
मेरो कुरामा बिश्वाश
गरेर मलाई सहानुभुति
दिनुको सट्टा मलाई औषधी
खुवाएर जवरजस्ति गर्भपतन गर्न
लगाए र त्यसको
भोलिपल्टै त्यो घरबाट
निकालिदिए । उसको
छोरोले पनि त्यो
बेला केही बोलेन्
।’
ललिताका आँखामा पीडाका भावहरु
स्पष्टसंग देखिईरहेको थियो ।
उ भन्दैथिई, ‘सबैतिरबाट
पीडै पीडा भएपछि
म काठमान्डौंको सडकमा
पुगेँ । कैयौं
रात भोकभोकै पानीमात्र
खाएर रत्नपार्कको सडक
पेटीमा सुतेँ । त्यहाँ
रहँदापनि सबैका गिद्धे नजर
मैमाथी पर्थे । कोही
जाने हैन भन्थे,
कोही हजार रुपैंया
दिन्छु भन्थे । यी
सबबाट अवाक भएर
न बाँच्नु न
मर्नुको दोषाँधमा बाँचिरहेको थिएँ
म । सासभएपनि
जिवन थिएन मेरो
शरिरमा । मर्नपनि
सकिरहेको थिईन् ।’
ओ हो, कतीधेरै
पीडामाथी पीडा पर्न
सकेको ललितालाई, म
मनमनै सोचिरहेको थिएँ
।
उसले भन्दैगई, ‘यत्तिकैमा एकदिन
रत्नपार्कमै एकजना दिदि भेटिनुभयो
। बहाँले मलाई
नजिकै बागबजारको दोहरी
रेष्टुरेन्टमा वेटरको काम लगाईदिनुभयो
। वेटर भनेको
के हो, वेटरले
के काम गर्ने
सम्मपनि थाहा थिएन्
। त्यही दिदिले
भनेकोले यत्तिमात्र बुझेको थिएँ,
वेटरले रेष्टुरेन्टमा आएका ग्राहकलाई
अडर गरेअनुसार खानेकुरा
दिने काम गर्नुपर्छ
।’
‘२५ सय रुपैंया
तलब दिन्छु ,बस्नेखाने
ब्यबस्था त्यहीँ गरिदिन्छु भनेको
थियो साहुले ।
काम गरेँ त्यहाँपनि
६ महिना जति
। तर त्यहाँ
काम लगाईदिने दिदिले
भनेजस्तो खानेकुरा पुर्याईदिने मात्रै
काम होईन् रहेछ
....ग्राहकलाई खुशी पार्न
जेपनि गर्नुपर्ने ।
उनीहरुले भनेअनुसार गर्नुपर्ने..यदी
गरेन भने साहुलाई
भन्दीने र साहुले
कामबाट निकालिदिने धम्कीदिन्थ्यो ।’
‘आखिर यस्तै लेख्या रहेछ
भनेर चुपचाप स्विकार
गरेँ आफ्नो भाग्यमा
लेखेको कुरो भनेर
। बिस्तारै बिस्तारै
त्यही काम गर्दैगर्दा
म रक्सी, बियर
र चुरोट खान
थालेँ र क्रमश
ः ग्राहकहरुसंग
सम्पर्कमा बाहिर बाहिर गएर
शरिर बेच्न थालेँ
। यहि माहोलमा
रमाउन थालेँ म
..अब त जिन्दगी
केहीपनि होईनरहेछ भन्नेजस्तो लाग्यो
। बिस्तारै बिस्तारै
त्यो दोहरीबाट पाएको
पैसाले मलाई अपुग
हुनथाल्यो । त्यसपछि
त्यहीको २ जना
साथीहरुसंगै ठमेलको डान्स रेष्टुरेन्टमा
काम गर्नथालेँ ।
अनी त मेरो
सिधा ब्यापार नै
देहब्यापार बन्नपुग्यो । तपाईंलाई
३ बर्षअघि न्युरोडमा
भेटदा म त्यही
ठमेलको डान्स रेष्टुरेन्टमा काम
गर्थे...दैनिक ५ जना
सम्म शारिरिक सम्पर्क
राखेँ मैले ।’
ललिताको कुरा एकटकले
सुनिरहँदा म स्तब्ध
भैसकेको थिएँ ।
लाग्थ्यो, साँच्चीकै कसैको ब्यथा
सुनिरहेको छैन्, एउटा कारुणिक
चलचित्र हेरिरहेको छु । उसले
फेरि एक गिलास
वियर एकै सासमा
रित्याई ।
*********
रात पर्नै लागेको थियो
। ७ बजेको
गाडी चढन अब
म संग आधाघंटामात्र
समय थियो ।
‘अनि अहिले ईटहरीमा कसरी
?’ मैले सोधेँ ।
‘करिब ३ बर्ष
काठमान्डौंको डान्स, क्याबिन र
दोहरीमा काम गरेपछि
म फेरि एकजना
साथीको साथ लागेर
ईंटहरी आएँ र
अहिले यहाँ छु
।’
अनी के के
गर्छौ यहाँ ?’
‘सबैथोक ।’
‘सबैथोक, भन्नाले ?’
‘ग्राहकले चाहेको सबैथोक बेच्छु
।’ उसले भनी
।
‘शरिरपनि ?’
मैले सोधेँ ।
‘किन र सर
? तपाईंले आवाज बेचेर
खानहुने, बुद्धी बेचेर खानहुने
। मैले म
संग भएको शरिर
बेचेर खान नहुने
? ’
म झस्केँ उसको जवाफले
। हुन्छपनि भन्न
सकिन हुन्नपनि भन्न
सकिन् ।
उसले थपी, ‘तपाईंसंग पो
बोल्ने कला छ
, आवाज छ , रेडियोमा
आवाज बेचेर खानुहुन्छ
। मसंग त
भाग्यले यही शरिरमात्र
दियो, अनी यही
बेचेर नखाए के
गर्ने त ?’
उसको तारन्तर प्रश्नले मेरो
दिमाग तात्यो ।
‘यस्तो काम गर्नेलाई
त समाजले राम्रो
नजरले हेर्दैन नी,
छिछि र
दुरदुर गर्छन् ,इज्जत दिँदैनन्,
बेस्या भन्छन् ।’ अलि
रुखो जवाफ फर्काएँ
मैले नी ।
‘बेस्या ?’,
रक्सीले मातिईसकेको स्वरमा उसले
आफ्नो भित्रको भाव
निकाल्दैथिई.....‘कुन इज्जतको
कुरा गर्दैहुनुुहुन्छ सर
तपार्इं ? मेरो दाई
बेपत्ता भएपछि मेरो बाऊ
लाई माओवादी भनेर
माओवादीमा लाग्न बाध्य पार्ने
गाउँले बेस्या कि म
बेस्या ? बाऊ मरेपछि
आमालाई दुब्र्यबहार गरेर गाऊँ
निकाला गर्ने बेस्या कि
म बेस्या ? म
माथी यौनदुब्र्यहार गर्ने
मेरो झट्केलो बाऊ
बेस्या कि म
बेस्या ? मलाई पेट
बोकाएर गर्भ तुहाउने
मेरा मालिकको छोरा
र मालिकको परिवार
बेस्या कि म
बेस्या ? अनि, हरेक
साँझ मेरो शरिरको
मोलतोल गर्न आउने
ती भलादमी भनाउँदाहरु
बेस्या कि म
बेस्या ?’
म अवाक भएँ
।
उसले भन्दैगई,‘ हेर्नुस सर,
हामी बेस्या होईनौं
, हामीलाई यो काम
गर्न बाध्य बनाउने
ती पात्रहरु बेस्या
हुन् । अहिले
तपाईं म संग
यो कोठामा गफ
गरेर बसिरहनुभएको छ
नी, तल साहुले
मेरो काँचो मासुको
भाऊ बिलमा जोडिसक्यो,
१ हजार रुपैंया
। त्यसमा पनि
५ सय उसले
आफैं राख्छ, ५
सय मलाई दिन्छ
। अनी दिनभरी
भलादमी भएर हिँडने
पुलिस, सेना, कर्मचारी, पत्रकार
रातपरेपछि सवै आफ्नो
असलियत देखाउन यहाँ आईपुग्छन्
। अनी, भन्नुस
सर, यी निर्लज्जहरु
बेस्या हुन् कि
म बेस्या ?’
उनको कुराको जवाफ दिन
सकिन मैलेँ ।
तरपनि मनमनै भने....तिमीभन्दापनि तिमीलाई यो स्थितिमा
ल्याईपुर्याउने नै हुन
बेस्या । यत्ति
मात्र बोल्नसकेँ ।
घडी हेरेँ , सात
बजिसकेको थियो ।
बस आउने बेला
भयो । तल
ओर्ले, नभन्दै ललिताले भनेझैं
साहुले विल बनाईसकेको
रहेछ......
कोठा
नम्बर ४
कोठा ३००
खाना १०००
बियर २
वटा ८००
चुरोट १ बट्टा
२००
जम्मा
२३००
साहुको विल अनुसार
उनीलाई २ वोतल
बियर खुवाएर बात
मारेको २३०० रुपैंया
तिरेर म त्यहाँबाट
निस्के । बस
आईसकेको रहेछ ।
चढेँ । एकछिन्मा
हुईकिएँ ....ईटहरी छाडेर धेरै
परसम्म पुग्दापनि मलाई ललिताको
त्यही प्रश्नले घोचिरह्यो,
म बेस्या कि
ती समाजका कुपात्रहरु
बेस्या ????
समाप्त :
तस्विर स्रोत : गुगल सर्च
तस्विर स्रोत : गुगल सर्च
मार्मिक कथा रैछ दाजु मन छुयो
ReplyDeleteएकदम मार्मिक रहेछ पवन सर........
Deleteआफू चोखो र भलाद्मी छु भन्ने दुनियाँले स्वीकार्न नचाहेको कटु यथार्थ । धन्यवाद पवन दाइ यस किसिमको विषयवस्तुमा कुनै आदर्शको लेप नलगाई घटना र भुक्तभोगीको अनुभव मात्र पस्किनु भएकोमा ।
ReplyDeletethanks for your comment .
DeleteNice ... the bitter truth of reality
ReplyDeletethanks for comment
Deletetotally love it pawan..keep writing you can do miracles
ReplyDeleteThanks Di :)
Deleteहामीले देहव्यापारमा लाग्ने हरु लाई राम्रो नजर ले हेर्दैनौ, तर यो उनीहरुको रहर नभएर बाध्यता हो भन्ने कुरा यो ब्लग पोस्ट बाट पनि थाहा हुन्छ . ललिता जस्ता पात्र हरु हाम्रो समाज मा धेरै छन् उनीहरु लाई उनिहरुलाई घृणाको दृष्टिले होइन अब मान सम्मान गर्न सिक्नुपर्छ । किनभने धेरै मानिसहरुको भित्रि चाहाना पुरा गर्ने सामथ्र्य छ त्यतिमात्र हैन ललिता जस्ता मानिसहरुले गर्दा समाजमा बलात्कार जस्ता अन्य यौनिक अपराध क्रमस घट्दै जानेछन् । त्यसकारण ललिता जस्ता व्यक्तिहरुलाई घृणा हैन सम्मान गर्न सिकौं ।
ReplyDeleteAgreed
Deleteदाई एक चुम्मन छ मेरो हजुरलाई उम्म्ह पक्कै पनि हाम्ले यिनीहरुलाई सम्मान गर्न पर्छ ..!!!
ReplyDelete:)
DeleteHeart touching true stories
ReplyDeleteThanks :)
Deletegood story....fiction ho ki reality..
ReplyDeletethanks for your comment. this is the truth of our society.
DeleteYou r so nice Pawan bro, hats up to U.
ReplyDeleteललिता जस्ता पात्र यहाँ थुप्रैछन् । ललितासंगको संवादले, समाजले देख्ने पेशा र व्याख्या गर्ने ठेकेदारी नैतिकतावादलार्इ यीनको प्रश्न जायज छ । यिनले अाफ्नो पेशाको क्रममा भोगेकी पुलिस, पत्रकार, नेता, अादी इत्यादी सबै वेश्या हुन ।
Pawan again Thanks for your time for this note.
agreed with u dai
DeleteNice and touching story dai :)
ReplyDeletethanks for your comment .
Deleteकथाले नेपालमा हुँदै आएको, निरिह माथि गरिने यौनशोषण अनि भलादमी देखिने तर निर्लज्ज मानिस जसले अरुको सरिर लुटेर आफ्नो यौन प्यास मेट्ने तितो यथार्थ प्रस्तुत गर्नुभएको छ | मार्मिक लेखाई पवन सर |
ReplyDelete