Widgets

Posted by : Anonymous Monday 4 June 2012


वैदेशिक रोजगार प्रवर्द्धन वोर्डका कार्यकारी निर्देशक स्थानेश्‍वर देवकोटाको निधन भएकोमा हार्दिक समवेदना । करिब ३ बर्ष अगाडी बहाँसंग कार्यक्रम समझदारीका लागी सुरक्षित बैदेशिक रोजगारका बिषयमा भएको छलफल यसमा राखिएको छ । 
 करिब ३ बर्ष अगाडी रेडियो कार्यक्रम समझदारीको ३६ औं अंकमा अतिथीको रुपमा उपस्थित हुनुभएका बैदेशिक रोजगार प्रबद्र्धन बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटासंग कार्यक्रम समझदारी प्रशारण भैसकेपछि कार्यक्रमको प्रभावका बिषयमा पुनः कुराकानी गर्ने अवशर प्राप्त भएको थियो । वहाँको सम्झनाका लागी यो अन्र्तवार्ता समेत राखिएको छ । 
................................................... 
रेडियो कार्यक्रम समझदारी मा छलफल भएको बिषयबस्तुमा अत्यन्तै धेरै जिज्ञाशा आए ।
स्थानेश्वर देबकोटा
कार्यकारी निर्देशक , बैदेशिक रोजगार प्रबद्र्धन बोर्ड

  • कार्यक्रम समझदारीको ३६ औं अंकमा बैदेसिक रोजगार र महिलाको बिषयमा छलफल प्रशारण भैसकेपछि तपाईलाई कस्तो प्रतिक्रिया आयो ? 
कार्यक्रम मार्फत मैले बैदेसिक रोजगार प्रबद्र्धन बोर्डले गर्ने कामका बारेमा धेरै कुरा भनेको पनि थिएँ । साथसाथै त्यहि कार्यक्रममा मैले हाम्रो हटलाईन सेवाको टेलिफोन नम्बर साथै ब्यक्तिगत मोवाईल नम्बर पनि दिएको थिएँ । कार्यक्रम प्रशारण भैसकेपछि धैरै ब्यक्तिले टेलिफोन गरे । ब्यक्तिगत रुपमा मेरो मोबाईलमा पनि धेरै नै फोन आए । मेरो मोबाईलमा फोन आएका हरु मध्ये करिब १५० जना भन्दा बढीसंग त मैले कुराकानी नै गरेँ । कार्यक्रम बज्न सकिनेबित्तिकै पाmेन आउने क्रम शुरु भयो र यो क्रम साताभरी नै भैरहयो । मिसकल मात्रै त १ हजार भन्दा बढी आए होलान् ।
  • टेलिफोन गर्नेहरुले मुख्य रुपमा कस्ता कस्ता जिज्ञाशाहरु राखेका थिए त ? 
फोन आएका हरुमध्ये धेरैजसो बैदेसिक रोजगारमा कसरी जाने भन्ने जिज्ञासा नै धेरै थियो । हामी धेरै ठगिईरहेका छौँ , दु ख पाईरहेका छौं । को संग सम्पर्क राख्यो भन्ने नै धेरैको जिज्ञाशा थियो । मैले हामीले दिईरहने सल्लाह नै दिएँ । कसैकसैले चाहिँ बोर्ड भनेकाले म्यानपावर हो भनेर पनि सोधे मैले यो म्यानपावर हैन् ,बोर्ड हो यस्ले यस्तो यस्तो काम गर्छ भनेर पनि भनेँ । जे होस् रेडियो कार्यक्रमबाट धेरै मान्छे ले नै जान्न चाहे मलाई एकदमै खुशी लाग्यो ।
  • तपाईंलाई टेलिफोन गरेर बुझन चाहनेमा महिला र पुरुषको अनुपात कस्तो थियो ? महिलाले फोन गरे की गरेनन् ?
सोध्नेमा महिला पनि थिए ।कुरै भएका १५० जति मानिसमा २५ प्रतिशत चाहिँ महिला नै थिए ।
  • बढी चासो चैं के कुरामा थिए ? 
हो । बढी चासो चैं कसरी जाँदा चैं ठगिदैन् भन्ने नै थियो । प्रक्रिया पुरा गर्नुपर्ने के हो भन्ने धेरैको जिज्ञाशा थियो । अनी कुन म्यानपावर बाट जाँदा ठगिन्न भन्ने कुरा पनि आएको थियो । अनी मैले दर्ता भएका ईजाजत प्राप्त गरेका म्यानपावर बाट कालो सुचीमा नपरेका जो बाट गएपनि हुन्छ भनेर भनेँ । तपाई हामीसंग आउनुभयो भने हामीले लिष्ट गरेका केहि बिश्वशनिय संस्थापनि मैले थाहा पाएको छु भनेर मैले भनिदिएँ ।
  • रेडियो कार्यक्रमकै प्रभावको रुपमा कुरा गर्दापनि यसलाई तपाईंले कसरी मुल्याकन गर्नुभयो ? 
पक्कैपनि । १५० भन्दा बढीले फोन गरेर कुराकानी गर्ने भनेको अत्यन्तै राम्रो प्रभाब हो । पुर्ब पश्चिम सुदुर पश्चिम सबैतिरबाट फोन आयो । कति त कुरा गर्न नसकेर काटियो पनि होला । मैले अगाडी पनि भनेँ नी १००० भन्दा बढी नै मिसकल आयो । यो राम्रो प्रभाव हो । अफीसको पाmेनमा आएको त बेग्लै होला तर बिहान बेलुका बाटोमा जहाँ हुँदापनि फोन आयो र मान्छेले बुझन खोजे । यो त अत्यन्तै राम्रो प्रभाव हो । कति ले चाहिँ रेडियो कार्यक्रममा सुनेकै कुराले पनि हामीले धेरै कुरा बुझ्यौं अझ थप बुझन पाए हुन्थ्यो भन्नेकुरा पनि आएको थियो । कतिले चाहिँ कसरी जाने के गर्ने काठमान्डौबाटै जानुपर्ने बैदेसिक रोजगार बिभाग कहाँ छ सजिलै स्विकृति दिन्छ कि दिँदैन भन्ने जिज्ञाशा पनि थियो ।
  • कहाँ सम्पर्क गर्ने भन्ने सुचना पुग्यो भने त प्रभावकारी त हुँदोरहेछ भन्ने कुरा तपाईंले भन्नुभयो । अब यो सुचना पुर्याउने कुरालाई कसरी प्रभाबकारी रुपमा गर्नुहुन्छ ? 
यो एउटा रेडियो छलफलमा भएको कुराले मात्र र म संग आएको पाmेनकै आधारमा पनि अफीस समय भन्दा फरक समय मा बिहान बेलुका शनिबार बिदाको दिन पनि धेरै फोन आयो यसले गर्दा यो सुचना दिने कुरा २४ अ‍ै घंटा बनाउने सोच मैले बनाएको छु । अब चाँडै नै हाम्रो नम्बर ४४८००९४ मा २४ अ‍ै घंटा सुचना दिने ब्यबस्था मिलाउँदैछु । दिर्घकालिन रुपमा एकजना कर्मचारी नै २४ अ‍ै घंटा हटलाईन सेवाको लागी नियुक्त गर्ने प्रक्रिया पनि शुरु गरेको छु , यो स्विकृत भएपछि त यो सेवा अझै ब्यवस्थित हुनेछ भन्ने मैले आशा गरेको छु ।
( करिब ३ बर्ष अगाडी रेडियो कार्यक्रम समझदारीको ३६ औं अंकमा अतिथीको रुपमा उपस्थित हुनुभएका बैदेशिक रोजगार प्रबद्र्धन बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटासंग कार्यक्रम समझदारी प्रशारण भैसकेपछि पवन न्यौपानेले गर्नुभएको कुराकानीमा आधारित । )

Leave a Reply

Subscribe to Posts | Subscribe to Comments

LIKE PLEASE.....

LIKE PLEASE.....
तपाईंको एक क्लिकले बिजेता बन्नसक्छ । त्यसैले कृपया माथिको फोटोमा क्लिक गरेर फोटो खोलेर (ओपन गरेर) फोटोमा लाइक गर्दिनुहोला ।

दम्पति

दम्पति
हामि जोइपोइ

धानखेतमा बाउसे गर्दै

धानखेतमा बाउसे गर्दै
असार १५ / २०७० गोलढुंगा, काठमाण्डौं

Creativity in Journalism

Creativity in Journalism
Picture published on the news of republica daily of 13 July,2013 about the training 'Creativity in Journalism organised by British Council on 8-12 July,2013

ललिता

ललिता
सुनसरीबाट प्रकाशित न्युजडटकम साप्ताहिकमा छापिएको मेरो कथा ललिता

सिकारुकेटो को हो ?

मेरो वारेमा ? मतलब म को हुँ ? निक्कैबेर घोत्लायो यो प्रश्नले । मेरो परिचय के ? गारो भयो यसको जवाफ दिन । चित्तबुझ्दो जवाफ नआउन्जेल सम्मको लागी उही सबैले दिने खालको परिचय दिँदैछु । वाआमाले राख्देको नाम पवन । थर न्यौपाने । जातले बाहुन (जुन म मेरो इच्छाले भएको हैन तैपनि हेपिनु परेको छ कतिपय अवस्थामा)ट्विटरमा @Shikaruketo सिकारुकेटो भनेर चिन्छन् मित्रहरुले । मोरंगको टंकिसिनुवारी (विराटनगर)हो मेरो घर। पेशाले रेडियो र मिडिया कन्टेन्टलाई कार्यक्षेत्र बनाएर हिँडेको ७० सालमा १० बर्ष पुगेछ । काठमाण्डौंमा डेरामा बसेर एउटा मिडियामा काम गर्ने गैससमा काम गर्छु । त्यहीँ पाएको पारिश्रामिकले आफु, श्रीमती र १ छोरीको जेनतेन गुजारा चलाएको छु । घुमफिर गर्न,नयाँ मान्छे भेटन, नयाँ कुरा सिक्न औधी रहर छ । हिँडदा, भेटदा, देख्दा समेटेका अनुभव अनुभुति एवं क्रियाप्रतिक्रियालाई कहिलेकाही यही ब्लगबाट शेयर गर्छु । यत्ति नै हो मेरो परिचय,रुची, इच्छा र अनुभव ।

सबैभन्दा बढी रुचाईएको

अब कक्षा १ मा

अब कक्षा १ मा
कक्षा १ पढन थालेँ नी म । सेन्ट मेरिज स्कुलमा छोरी कृपाको पहिलो दिन २९ अप्रिल २०१३

क्यामेरा, रोलिंग, एक्सन

क्यामेरा, रोलिंग, एक्सन
मित्र मिलन पौड्यालले कंचनपुरमा क्लिक गर्नुभएको तस्वीर

चन्द्रागिरी हाइकिङ

चन्द्रागिरी हाइकिङ
मित्र प्रमोद न्यौपानेले खिचिदिनुभएको तस्वीर
Powered by Blogger.

मैले कमाएको ~ मेरा मित्रहरु