Widgets

Posted by : Anonymous Monday 21 May 2012


Photo Source:Google.com
सडकमा आरामले गाडीहरु चलिरहेका छन् ...ट्याक्सी चढने ट्याक्सी चढीरहेका छन् बस चढन बस चढिरहेकाछन् बाइक निजी गाडीमा हुँईकिने निजी गाडीमै हुँईकिरहेका छन् । ओ हो...यो बिहानको चिसो मौषममा दायाँबायाँ फुलेका बैजनी रंगका शिरिषका फुलहरु हेर्दै ट्याक्सीमा यो शहरको शयर गर्नुको मज्जानै बेग्लै । क्या आनन्द । शब्दमा बर्णन नै गर्न सक्दिन ।
फेरि आज बिहानै एयरपोर्ट आउनुपर्ने भएकाले चोकमा यसो निस्केको त ट्याक्सी पनि यति भलादमी कि मिटरमै लगिदिन्छु भन्न थाल्यो मैले आफैंले मिटर हैन ३ सय पचास दिन्छु नी भन्दा अलिकतिपनि थपिदिनु न नभनी खुरुक्क माने । अहिलेको स्वार्थी दुनियामा कत्ति भलादमी ट्याक्सी डा्रईभर । उनकै ट्याक्सीमा बसेर रिगरोड हुँदै एयरपोर्ट हिँडदैछु म ..
सडक किनारमा स्कुलकलेजका बिद्यार्थीहरु...कोही स्कुल जाँदैछन् कोही कलेज जाँदैछन् । दुध ब्यापारी,तरकारी ब्यापारी सबैले निर्वाध रुपमा आफ्नो ब्यापार ब्यबशाय गरिरहेका छन् । आज त पसलहरुपनि बिहानै खुलेछन् । कस्तो रमाईलो । यसरी बिहानै ट्याक्सी चढेर म अ‍ैलेसम्म हिँडया रैनछु काठमान्डौ खाल्डोमा..कत्ति छिटो एयरपोट आईपुग्या जस्तो भयो ...ओर्लनै मन लागेन ट्याक्सीबाट । फेरि एकफन्को लगाउँकी रिंगरोडजस्तो लाग्यो ..तर यात्रा यहीँ सम्मको थियो...ओर्ले र ट्याक्सीवालालाई सोधेँ ः कति पैसा दिनु भाई ???? यत्तिकैमा बुढीले घच्घचाई र उठाई, हैन निँद्रामा कस्लाई पैसा दिने भन्या ?? हत्तेरीका...सपना पो रैछ भर्खर मैले देखेको कुरा ..सपना पो रैछ आज नेपालबन्द नभएको कुरा......... भलै सपनामै त सहि....एकैछिन भएपनि आनन्द आयो....तर अब पुग्नैपर्ने एयरपोट चैं कसरी जानेहोला यो धोविघाटबाट करिब ७ किमि....अहिलेलाई यत्तिनै ..केटो भाग्यो है अब पैदल लगाउन........क्रमशः

२०६९ जेठ ८ बिहान ६ बजे
स्थान ः स्वयंको बेड

Leave a Reply

Subscribe to Posts | Subscribe to Comments

LIKE PLEASE.....

LIKE PLEASE.....
तपाईंको एक क्लिकले बिजेता बन्नसक्छ । त्यसैले कृपया माथिको फोटोमा क्लिक गरेर फोटो खोलेर (ओपन गरेर) फोटोमा लाइक गर्दिनुहोला ।

दम्पति

दम्पति
हामि जोइपोइ

धानखेतमा बाउसे गर्दै

धानखेतमा बाउसे गर्दै
असार १५ / २०७० गोलढुंगा, काठमाण्डौं

Creativity in Journalism

Creativity in Journalism
Picture published on the news of republica daily of 13 July,2013 about the training 'Creativity in Journalism organised by British Council on 8-12 July,2013

ललिता

ललिता
सुनसरीबाट प्रकाशित न्युजडटकम साप्ताहिकमा छापिएको मेरो कथा ललिता

सिकारुकेटो को हो ?

मेरो वारेमा ? मतलब म को हुँ ? निक्कैबेर घोत्लायो यो प्रश्नले । मेरो परिचय के ? गारो भयो यसको जवाफ दिन । चित्तबुझ्दो जवाफ नआउन्जेल सम्मको लागी उही सबैले दिने खालको परिचय दिँदैछु । वाआमाले राख्देको नाम पवन । थर न्यौपाने । जातले बाहुन (जुन म मेरो इच्छाले भएको हैन तैपनि हेपिनु परेको छ कतिपय अवस्थामा)ट्विटरमा @Shikaruketo सिकारुकेटो भनेर चिन्छन् मित्रहरुले । मोरंगको टंकिसिनुवारी (विराटनगर)हो मेरो घर। पेशाले रेडियो र मिडिया कन्टेन्टलाई कार्यक्षेत्र बनाएर हिँडेको ७० सालमा १० बर्ष पुगेछ । काठमाण्डौंमा डेरामा बसेर एउटा मिडियामा काम गर्ने गैससमा काम गर्छु । त्यहीँ पाएको पारिश्रामिकले आफु, श्रीमती र १ छोरीको जेनतेन गुजारा चलाएको छु । घुमफिर गर्न,नयाँ मान्छे भेटन, नयाँ कुरा सिक्न औधी रहर छ । हिँडदा, भेटदा, देख्दा समेटेका अनुभव अनुभुति एवं क्रियाप्रतिक्रियालाई कहिलेकाही यही ब्लगबाट शेयर गर्छु । यत्ति नै हो मेरो परिचय,रुची, इच्छा र अनुभव ।

सबैभन्दा बढी रुचाईएको

अब कक्षा १ मा

अब कक्षा १ मा
कक्षा १ पढन थालेँ नी म । सेन्ट मेरिज स्कुलमा छोरी कृपाको पहिलो दिन २९ अप्रिल २०१३

क्यामेरा, रोलिंग, एक्सन

क्यामेरा, रोलिंग, एक्सन
मित्र मिलन पौड्यालले कंचनपुरमा क्लिक गर्नुभएको तस्वीर

चन्द्रागिरी हाइकिङ

चन्द्रागिरी हाइकिङ
मित्र प्रमोद न्यौपानेले खिचिदिनुभएको तस्वीर
Powered by Blogger.

मैले कमाएको ~ मेरा मित्रहरु