Widgets

Posted by : Anonymous Tuesday, 17 April 2012


कैलास होटलको बसाई.........ओ हो अहिले सम्झँदापनि । सबैभन्दा रमाईला होटलका मुन्सी ढकाल बाजे । हामी पुगेकै दिनदेखी ढकालबाजेले यति धेरै बाचाकसम खान थाले कि....शुरुमा त लाग्याथ्यो...बाजेले खुबै खातिरदारी गर्दैछन्....बसाई सुबिधाजनक र रमाईलै हुनेभयो । ढकालबाजे को ससुराली न्यौपाने त्यही भएर पनि मैले उनीसंग नातासम्बन्ध जोडन थालिहालेँ....म पनि न्यौपाने...मेरो मावलीपनि ढकाल.....तपाईंसंग त मेरो २ तिरको नातासाईनो पो पर्दोरहेछ । दंग परे बाजे.....५ रात बस्यौं हामी उनको होटलमा.....शुरुमै पुगेकाले छानिछानि कोठो लिन त पाईयो.....तर कोठा...भन्नाको मात्रै.....हामीले कोठाको चाबि लिएसंगै उनले २ जना मिस्त्री पनि पठाए कोठामा तातोपानी गिजर फिट गर्नाका लागी...तर दुखको कुरो.....५ दिन बस्दा ५चैं दिन हरेक समय ति मिस्त्री काम गरिरहेका भेटिन्थे घरी यता ठोक्थे घरि उता ठोक्थे घरी ग्यास सिलिन्डर बोकेर आउँथे घरी ग्यासको रेगुलेटर फेर्नपर्यो भन्दै आउँथे कोठामा आफु हुँदापनि नहुँदापनि....तर दुखको कुरो हामी बसुन्जेलसम्मपनि तिनले तातोपानि आउने ब्यबस्था गर्नभने सकेनन्, तातोपानि त के कुरा....राती राती आउने धाराको पानि बाथरुममा सिधै आउने, रातभरी पानीको खोलो बग्ने बाथरुममा बिहान भएपछि त मुखधुने पानि पनि छैन् । तेश्रो बिहानदेखी हुनपर्छ मुखधुने पानिको लागी पनि ढकाल जीको शरणमा पर्नपर्यो । उनको रमाईलो बानी, १ जग पानिसंग फेरि मिस्त्री पठाउन भने भ्याईहाल्थे । ढकाल जीको फुल तातोचिसो होटलको बाथरुम फेरि बिश्वकै अदभुत बाथरुम होला जहाँसम्म त्यो......
त्यो बाथरुम र अर्को कोठाको बाथरुम  बिचको पर्खालमा गज्जबको झ्याल र कपडाको पर्दा ......ओ हो...दुई फरक फरक रुममा बसेकाहरु बाथरुमबाट बात मार्न मिल्ने.....हेर्न त भै हाल्यो..आपदै परे पर्दा उचालेर छिर्नपनि मिल्ने....क्या बाथरुम यार.....पारिपट्टी कोठामा उपेन्द्र सर बस्नुभएको थियो.....वहाँ र मेरो बाथरुम बिचको झ्याललाई मैले बेसिनको ऐना निकालेर बारेको थिएँ । हामी गएकै दिन बिहानको खानामा ढकाल जीले एउटा बाचा गरेका थिए.....सरहरुलाई अहिले चाहीँ भ्याईएन् भरे बेलुका चाहीँ तिलाकर्णालीका माछा खुवाउँछु.....ओ हो कर्णालीका माछा....बिहानै मुख मिठ्याईयो...बेलुकीको खान्की सम्झेर....तर बेलुकी आयो गयो, भोलीपल्ट बिहान आयो गयो,पर्सी सकियो, निकोर्सि कट्यो, ढकाल जीले तिलाकर्णालीका माछा खुवाएनन् ।
हिडने अघिल्लो दिन त तिला कर्णालीको माछा खुवाउन सकिएन सरहरुलाई नेपालगंजबाट मगाम् भन्दैथिए.....उनको यो अफरलाई सहर्ष नकारियो र भनियो भयो...नेपालगंज हामी आफैं भोली पुग्छम...हामी त्यहीँ खाम्ला । धेरै बाचाहरु गरे ढकाल बाजेले पोलेको मकै खुबाउँछु,बारीको फर्सि र फर्सिको मुन्टा खुबाउँछु, लोकल दाल खुवाउँछु स्याउको शुद्ध पानि खुवाउँछु....अरु पनि के के के के....तर अधिकाँश पुरा गरेनन् । हामी करिब २५२६ जनाजति थियौं होला ....त्यस होटलमा....खुबाउने बाचाकसम धेरै गरेको तर पुरा नगरेकाले एकदिन त ढकाल जी लाई पनि महशुश भएछ क्यार....भयंकर तनावमा थिए मित्र...र दिउँसै चढाएछन् स्याउपानि....त्यसपछि त मित्र भर्याङबाट लडेर काण्ड । हामीलाई त झट्टै थाहापनि भएन्.....साँझ पो ढकाल जी देखिनुहुन्न भनेर खोजबिन गर्दा त भर्याङबाट लडेर हातमा ब्यान्डेज बाँधेर खुट्टो खोल्च्याउँदै आईरहेका.....म त लडँे भन्दै...उनकै भनाई अनुसार कहिल्यैपनि स्याउपानि नचल्ने ढकाल जीले तनाब भएर आजै पहिलोचोटी (पहिलोचोटी नै हो भन्नेकुरा मैले चैं पत्याईन तपाईंहरु चाहीँ जे गर्नोस् तर हामी बसुन्जेल अरु दिनचाहीँ उनले खाएको थाहाभएन है) २ पेग पिएका रे.....२ पेगमै भर्याङबाट फाल हान्ने साहस देखाएछन् ...वाह कत्रो आँट । जे होस्...मान्छे रमाईला थिए ढकाल जी ।
   ढकाल जीकोमा हरियो मकै खाने धोको पुरा नहुने कुरो बुझेपछि काशिराज सरले मेसो मिलाउनुभयो....र जुम्लामा रहेको पुनराबेदन अदालतका रजिस्टार रेग्मी सर (नाम बिषर््िायो) ज्यु ले आफ्नो निवासमा मकै र दही पार्टीको चाँजोपाँजो मिलाउनुभयो । ओ हो ठेकीबाटै दही.......र दाँतले दार्दै मकै.... निक्कै स्वादिलो भयो । त्यही मकै पार्टीमा माननिय न्यायधिस ज्यु, रजिस्टार ज्यु, सरकारी वकिल ज्यु अनि कासिराज सरबाट आएका बिभिन्न रोचक प्रसंग र कथाहरु सुन्दा झनै माहोल रमाईलो भएको थियो ज्ञानलाभ र मित्रलाभ भरपुर भएको थियो भन्न पर्छ उपेन्द्र सरले प्रयोग गर्ने शैलीमा भन्दा । साँझ पनि झपक्कै भैसकेको थियो.......लोडसेडिगको मार त्यहाँपनि देखिन्थ्यो.....त्यसपछि रजिस्टार ज्युले भोली गाडी चढाएर कृषी फर्म पुर्याउने र त्यहाँ बोटबाटै स्याउ र ओखर खुवाउने भन्ने अफर गर्नुभयो.....र यसलाई सहर्ष स्विकार्दै अँधेरोमा हिलाम्मे बाटोमा खुट्टो चोब्दै छामछाम छुमछुम गर्दै होटल आईपुगियो । 
     रेग्मी सर, पुनराबेदन अदालतका रजिस्टारले राजिकोटमा रहेको कृषी बागबानी अनुसंधान केन्द्रमा लैजाने अघिल्लै दिनको बाचा अनुरुप बिहान करिब ८ बजेतिर गाडी लिएर आईपुग्नुभयो । जुम्ला बजारमा सेतो सुमोमा हुईंकिँदा त अचाक्ली रमाईलो भयो त्यो पनि झ्याल छेऊको सिटमामा बसेर । सानैदेखी मलाई गाडीमा बस्नपरे झ्याल चाहीने....झ्यालमा बस्ने भनेर सानोछँदा ममीबुबा संग हिँडदा झगडा गरेर झ्याल छेऊमामा बसेका धेरै यात्रुलाई मैले उठाएको थिएँ । सगुन दिदि पनि उस्तै हुनुहुँदो रहेछ..झ्याल नै चाहिने....२ जनाले २ तिरका झ्याल ओगटीहालिम् । करिब आधा घंटाको गाडी यात्रापछि पुगियो कृषी बागबानी अनुसंधान केन्द राजिकोट । राजिकोट कृषी केन्द्रका प्रमुख ज्युको आतिथ्यतामा बोटबाटै स्याऊ टिपेर खान पाईयो साथमा ओखरपनि बोटैबाट टिपेर खाईयो । बोटैबाट टिपेको ओखर खान क्या मज्जा....ओखरकै प्रसंगमा अर्का एक रमाईला पात्र भेटिएका थिए राजिकोटबाट फर्कँदा जुम्ला एयरपोर्ट अगाडी ... उमेरले त्यस्तै आधा शताब्दीछेक पुगेका होलान.....स्याऊ र ओखर बेच्न बसेका थिए छेवैमा उनकी श्रीमतीपनि थिईन् । स्याउ ३० रुप्पे किलो र ओखर १५ रुप्पे किलो रहेछ । स्याउ कम फल्न थालेर भाऊ बढेको हो नत्र पोहर सम्म त ५७ रुपैंया किलो हुन्थ्यो भन्ने कुरा पनि थाहा पाईयो । भाऊ सोधेर शुरु गरिएको उनीसंगको वार्तामा हुँदाहँुदा उनले घरैमा रोपेको ओखर फलाएर बेच्न ल्याएको र त्यसको बिरुवा चाहीँ काठमान्डौंमा पशुपतिशम्शेर राणाको बगैंचाबाट ल्याएर उनका बा ले रोपेको धरी भन्न भ्याए । त्यसपछि एयरपोटै अगाडीको कमला दिदिको होटलमा चिया खाईयो,मकै खाईयो र अन्त्यमा अंगेनामा समोसा पनि पोलेर खाईयो । 
     त्यसपछि भोलीपल्ट बिहान सबेरै बिहानी हिडाई अर्थात मर्निङ वाकका लागी कर्णाली टेक्नीकल स्कुल जाने भन्ने कुरो भयो, बढीमा आधाघंटामा पुगिन्छ बजारबाट भन्ने कुरा भएपछि झिसमिसेमै उठेर जानका लागी तम्तयार भएर हिँड्यौं । ६७ जनाको टोली भएपनि हिँडने क्रममा हाम्रो पाईला चलाई अलि सुस्त भएकाले काशिराज सर,शिव गाऊँले दाई र रेणु जी र रेग्मी रजिस्टार सरले हामी लाइृ निक्कै पछाडी छाडिसक्नुभएको थियो । आधाघंटामा त के पुगिन्थ्यो.....कसोकसो कनिकुथी गर्दै १ घंटामा हामी पुग्यौं । हामी पुग्दा काशिराज सरहरु घुमिवरी बाटामा फर्किसक्नुभएको थियो....र हामीलाई काशिराज सरले भन्दैहुनुहुन्थ्यो  फर्कम फर्कम..केही रैनछ....म केही बर्ष आएको भन्दा त अहिले भताभुङ्ग भै सकेको रहेछ ।अरेबाबा...वहाँले पो पहिल्यै नै पुगिसक्नुभएको थियो र तुलना गर्दैहुनुहन्छ त ..हामी त पहिलो चोटी त्यहाँ पुग्न लाग्दैछौं...अब यत्रो हिँडेर यहाँसम्म आईपुगेपछि अब छेवैमा देखिएको टेक्नीकल स्कुल परिषरपनि नछिरी फर्कने कुरो पनि कहीँ हुन्छ त भन्ने प्रश्न मनमा आयो,त्यही भएर हामी ३,,उपेन्द्र र सगुन दिदि काशिराज सरहरुलाई फर्कने अग्रता लिँदै गर्न आग्रह गरेर अगाडी बढ्यौं । कर्णाली अंचलका युवाहरुलाई प्राबिधिक सीप सिकाउने उदेश्यले २०३७ सालमा खुलेको रहेछ त्यो टेक्नीकल स्कुल । ३ दशक पार गरिसकेको यो स्कुलका धेरै उत्पादनहरु नेपालका मुख्य मुख्य ठाऊँमा महत्वपुर्ण योजनाकारको रुपमा काम गरिरहेको भन्नेकुरा स्कुल परिषरमा भेटिनुभएका एक कर्मचारीबाट थाहा भयो...तर अहिलेको स्थितिमा यो स्कुल प्रतिको आकर्षण घट्या हो कि भन्ने भान चाहीँ हामिलाई पनि भएको थियो...खासगरी माओबादी द्धन्दपछि यो स्कुलललाई सहज रुपमा संचालन गर्न केही कठिनाई भएको पनि हामीले त्यस ठाऊँका केही कर्मचारी तथा बिद्यार्थीबाट जानकारी पायौं ।
     जुम्ला बसाईकै क्रममा किडार्कले संचालन गरेको रेडियो कर्णाली,जसले जुम्लाबासीलाई संचारको पहँुचमा पुर्याउन ठुलो योगदान गरेको थियो, त्यहाँ गईयो । जुम्लाजस्तो ठाऊँमा बसेर सिमित श्रोत साधनका बिचमा रेडियो संचालन गर्नु र त्यसमा पनि दत्तचित्त भएर काम गर्नु त्यस रेडियोका संचालक र रेडियोकर्मीहरुको उत्साहलाई सलाम गर्दै स्थानिय महिलाहरुको अग्रसरतामा भर्खरै खुलेको रेडियो नारी आवाज पनि पुगियो । हेर्दाहेर्दै ५ दिनपनि बितेछ, फर्कने बेला पनि आएछ.....बिमानस्थलमा अलि चाँडै आईपुगियो...बिमानभन्दा...केही घंटा त्यहाँ बिमान कुर्ने क्रममा बिमानस्थल प्रमुखसंग कुराकानी गर्ने मेसो मिल्यो...कुराकानीको प्रसंग काशिराज दाहाल सरले नै कोट्याउनुभयोे....अस्ती हामी आउँदा एकठाऊँमा जहाज यस्सो तल खसेको थियो,यो जानाजान हो कि आफैं भएको ?’ काशिराज सरको प्रश्न भुईँमा खस्न नपाउँदै बिमानस्थल प्रमुखको जबाफ आयो त्यो जानाजानी गरेको हैन,एयर प्रेशरले आफैं हुन्छ,र कहिलेकाहीँ त्यसमा कन्ट्रोल गर्न सकिएन भने जहाज दुर्घटनामा पर्छ ।यति कुरा के सुनिएथ्यो...आफुलाई त सु आउला जस्तो भयो.....तैपनि ठुलाबडाको कुरा सुन्नपर्छ भन्ने बाको अर्ति लाई मनन गर्दै लागेको सु चेपेरै गफ सुनियो, हाकिमसापले बिमान दुर्घटनाका फेरिहस्त सुनाउन थाले , अस्ती भर्खर ताराको जहाज त्यहीँ  माथीको डाँडामा ठोक्कीएको,यतिको जहाज उ त्यहाँ पर खसेको ...आदी इत्यादी । हाकिमसाबको कुरा सुन्दैजाँदा त मन भारी भएर आयो...कारण हामीपनि ताराकै जहाज पर्खेर बसेका थियौं । करिब ३ घंटाको कुराईपछि ताराको ट्विनएटर आईपुग्यो । हामी चढ्यौं र करिब आधा घंटापछि नेपालगंज झर्यौं । नेपालगंजबाट साढे ५ बजेको काठमान्डौको उडान थियो ...२ घंटाजति समय थियो त्यहिभएर नेपालगंजको सेकुवा चाख्ने कुरा भयो...र त्यहाँबाट नेपालगंज तिर हानिने कुरो भयो...नेपालगंज जाने तरखर गर्दागर्दै एयरपोर्टमा रहनुभएका सहीसापले सोध्नुभयो..तपाईहरु कहाँ हिँडन लाग्नुभएको ? मलाई आश्चर्य लाग्यो..किन सोध्या होला ? केही गडबड पो छ कि भनेर....तर सही सापसंग बुझ्दा २ जना भिआईपीहरु शिब दाई र काशिराज सर हामीसंगै भएकाले वहाँले रिपोर्टिग गर्नुपर्ने रहेछ.....मैले दिएको जानकारी अनुसार हामी चढेको ट्याक्सी सहित वहाँले आफ्नो माथिल्लो निकायलाई रिपोट गर्नुभयो..रोजर..ट्गाङगो बाईट ...रोजर..गाडी नम्बर ...मा धम्बोजी चौक सेकुवा खान टोली मुभ गरेको छ.....ओ हो..रमाईलो लाग्यो...त्यसपछि नेपालगंजको हाम्रो सेकुवा घरमा सेकुवा खाएर टोली करिब पौने ६ बजे काठमान्डौं फक्र्यो । रमाईलो जुम्ला यात्राको ५ दिन सहजै एवं रोमान्चक रुपमा यतीछिटो सकियो कि यो बिचमा लगेज हराएर भएको सारा तनावहरु भुलियो...समाप्त  

भाग १ र २ पढनका लागी यसै ब्लगको पुराना पोस्टमा जानसक्नुहुन्छ ।

Leave a Reply

Subscribe to Posts | Subscribe to Comments

LIKE PLEASE.....

LIKE PLEASE.....
तपाईंको एक क्लिकले बिजेता बन्नसक्छ । त्यसैले कृपया माथिको फोटोमा क्लिक गरेर फोटो खोलेर (ओपन गरेर) फोटोमा लाइक गर्दिनुहोला ।

दम्पति

दम्पति
हामि जोइपोइ

धानखेतमा बाउसे गर्दै

धानखेतमा बाउसे गर्दै
असार १५ / २०७० गोलढुंगा, काठमाण्डौं

Creativity in Journalism

Creativity in Journalism
Picture published on the news of republica daily of 13 July,2013 about the training 'Creativity in Journalism organised by British Council on 8-12 July,2013

ललिता

ललिता
सुनसरीबाट प्रकाशित न्युजडटकम साप्ताहिकमा छापिएको मेरो कथा ललिता

सिकारुकेटो को हो ?

मेरो वारेमा ? मतलब म को हुँ ? निक्कैबेर घोत्लायो यो प्रश्नले । मेरो परिचय के ? गारो भयो यसको जवाफ दिन । चित्तबुझ्दो जवाफ नआउन्जेल सम्मको लागी उही सबैले दिने खालको परिचय दिँदैछु । वाआमाले राख्देको नाम पवन । थर न्यौपाने । जातले बाहुन (जुन म मेरो इच्छाले भएको हैन तैपनि हेपिनु परेको छ कतिपय अवस्थामा)ट्विटरमा @Shikaruketo सिकारुकेटो भनेर चिन्छन् मित्रहरुले । मोरंगको टंकिसिनुवारी (विराटनगर)हो मेरो घर। पेशाले रेडियो र मिडिया कन्टेन्टलाई कार्यक्षेत्र बनाएर हिँडेको ७० सालमा १० बर्ष पुगेछ । काठमाण्डौंमा डेरामा बसेर एउटा मिडियामा काम गर्ने गैससमा काम गर्छु । त्यहीँ पाएको पारिश्रामिकले आफु, श्रीमती र १ छोरीको जेनतेन गुजारा चलाएको छु । घुमफिर गर्न,नयाँ मान्छे भेटन, नयाँ कुरा सिक्न औधी रहर छ । हिँडदा, भेटदा, देख्दा समेटेका अनुभव अनुभुति एवं क्रियाप्रतिक्रियालाई कहिलेकाही यही ब्लगबाट शेयर गर्छु । यत्ति नै हो मेरो परिचय,रुची, इच्छा र अनुभव ।

सबैभन्दा बढी रुचाईएको

अब कक्षा १ मा

अब कक्षा १ मा
कक्षा १ पढन थालेँ नी म । सेन्ट मेरिज स्कुलमा छोरी कृपाको पहिलो दिन २९ अप्रिल २०१३

क्यामेरा, रोलिंग, एक्सन

क्यामेरा, रोलिंग, एक्सन
मित्र मिलन पौड्यालले कंचनपुरमा क्लिक गर्नुभएको तस्वीर

चन्द्रागिरी हाइकिङ

चन्द्रागिरी हाइकिङ
मित्र प्रमोद न्यौपानेले खिचिदिनुभएको तस्वीर
Powered by Blogger.

मैले कमाएको ~ मेरा मित्रहरु