Widgets

Posted by : Anonymous Wednesday, 4 April 2012

फेरि निस्कन्छ जुलुस,
Photo sorce:Google.com/vitals.msnbc.msn.com
फेरि निस्कन्छ रर्याली,
फेरि खस्छन् गोहीका समवेदना भनाउँदा आँसुहरु,
फेरि आउँछन् बिरोधका नियमित स्वरहरु,
शायद, एउटा निर्जिव लासका लागी यहि नियमित औपचारिकता भन्दा बढी केही हुन्नन् यहाँ।
शायद,घटनापछिका यी केहीदिनभन्दा बाहेक कोही कसैलाई केही फुर्षद हुँदैन् यहाँ।
हिजोसम्म, न मालिकलाई चासो थियो,न नेतालाई,न सुरक्षाका ठेकेदारहरुलाई नै
तर आज, एकाएक किस्ताबन्दीमा तलब दिने मालिकले क्षतिपुर्तिको कुरो गर्दैछन्
बिरालोले गु लुकाए झैं सुचना लुकाउनेहरुनै सुचनाको हकको कुरो गर्दैछन्
शान्ति सुरक्षाको ठेकेदार कहलिएकाहरु सुरक्षानिति दरो बनाएको हुँकार फिँजाउँदैछन्
थुइक्क लासमाथी राजनिति गर्नेहरु हो,
थुइक्क मृृतकमाथी भाषण छाँटनेहरु हो,
थुइक्क,गोहीका आँसु खसाउनेहरु हो,
धिक्कार छ तिमीहरुलाई ........
हिजोसम्म, एकछाक खाएर कलम चलाउँदा,
न त घरमा खाने चामल छ त ? भनेर सोध्न नै आयौ
पाइला पाइलामा धम्की सहेर समाचार बनाउँदा,
न त काम गर्न सुरक्षा छ त ? भनेर हेर्न नै आयौ
तर, आज तिमी नै सबैभन्दा पहिला आईपुगेका छौ लासमाथी फुल चढाउन
तिमी नै हुँकार लगाउँदैछौ संचारकर्मीको सुरक्षाको बिषयमा
अनि तिमी नै भाषण छाँटदैछौं प्रेश स्वतन्त्रता र ब्यबशायिकताको बिषयमा
हिजो डेकेन्द्र, बिरेन्द्र, उमा, अम्बिका, कृष्ण, कौडिन्य सबैका लासमाथी यसैगरी राजनिति गर्यौ
आज मेरोे लासमाथीपनि त्यही दोहर्याउँदैछौ तिमिहरु
धिक्कार छ तिमीहरुलाई .......

 २०६८ चैत्र २३ बिहीबार

Leave a Reply

Subscribe to Posts | Subscribe to Comments

LIKE PLEASE.....

LIKE PLEASE.....
तपाईंको एक क्लिकले बिजेता बन्नसक्छ । त्यसैले कृपया माथिको फोटोमा क्लिक गरेर फोटो खोलेर (ओपन गरेर) फोटोमा लाइक गर्दिनुहोला ।

दम्पति

दम्पति
हामि जोइपोइ

धानखेतमा बाउसे गर्दै

धानखेतमा बाउसे गर्दै
असार १५ / २०७० गोलढुंगा, काठमाण्डौं

Creativity in Journalism

Creativity in Journalism
Picture published on the news of republica daily of 13 July,2013 about the training 'Creativity in Journalism organised by British Council on 8-12 July,2013

ललिता

ललिता
सुनसरीबाट प्रकाशित न्युजडटकम साप्ताहिकमा छापिएको मेरो कथा ललिता

सिकारुकेटो को हो ?

मेरो वारेमा ? मतलब म को हुँ ? निक्कैबेर घोत्लायो यो प्रश्नले । मेरो परिचय के ? गारो भयो यसको जवाफ दिन । चित्तबुझ्दो जवाफ नआउन्जेल सम्मको लागी उही सबैले दिने खालको परिचय दिँदैछु । वाआमाले राख्देको नाम पवन । थर न्यौपाने । जातले बाहुन (जुन म मेरो इच्छाले भएको हैन तैपनि हेपिनु परेको छ कतिपय अवस्थामा)ट्विटरमा @Shikaruketo सिकारुकेटो भनेर चिन्छन् मित्रहरुले । मोरंगको टंकिसिनुवारी (विराटनगर)हो मेरो घर। पेशाले रेडियो र मिडिया कन्टेन्टलाई कार्यक्षेत्र बनाएर हिँडेको ७० सालमा १० बर्ष पुगेछ । काठमाण्डौंमा डेरामा बसेर एउटा मिडियामा काम गर्ने गैससमा काम गर्छु । त्यहीँ पाएको पारिश्रामिकले आफु, श्रीमती र १ छोरीको जेनतेन गुजारा चलाएको छु । घुमफिर गर्न,नयाँ मान्छे भेटन, नयाँ कुरा सिक्न औधी रहर छ । हिँडदा, भेटदा, देख्दा समेटेका अनुभव अनुभुति एवं क्रियाप्रतिक्रियालाई कहिलेकाही यही ब्लगबाट शेयर गर्छु । यत्ति नै हो मेरो परिचय,रुची, इच्छा र अनुभव ।

सबैभन्दा बढी रुचाईएको

अब कक्षा १ मा

अब कक्षा १ मा
कक्षा १ पढन थालेँ नी म । सेन्ट मेरिज स्कुलमा छोरी कृपाको पहिलो दिन २९ अप्रिल २०१३

क्यामेरा, रोलिंग, एक्सन

क्यामेरा, रोलिंग, एक्सन
मित्र मिलन पौड्यालले कंचनपुरमा क्लिक गर्नुभएको तस्वीर

चन्द्रागिरी हाइकिङ

चन्द्रागिरी हाइकिङ
मित्र प्रमोद न्यौपानेले खिचिदिनुभएको तस्वीर
Powered by Blogger.

मैले कमाएको ~ मेरा मित्रहरु