Widgets

Posted by : Anonymous Wednesday, 28 March 2012



Site-seen of cloud during KTM-Nepalgunj Flight
कर्णाली अंचलका करिब ३ दर्जन संचारकर्मीहरुलाई संबैधानिक सवालमा अभिमुखिकरण कार्यक्रम संचालन गर्ने उदेश्यले गएको सेप्टेम्बर ११ तारिखका दिन जुम्ला जाने योजना बनाईयो । जुम्ला,निक्कै सुनेको नाम र जान इच्छा लागेको ठाऊँमध्ये एक .......त्यहीँ माथी पाँच जना अत्यन्तै रमाईला मान्छे । पत्रकारहरुका नेता शिव गाऊँले दाई, संबिधानबिद काशिराज दाहाल सर, यु एन डि पी की रेनु क्षेत्री जी ,इक्वल एक्सेसका उपेन्द्र अर्याल सर र सगुन बस्नेत दिदिका साथमा ..... यात्रा रमाईलो र अविश्मरणिय बन्ने कुरोमा निक्कै विस्वस्त थिएँ .....कैले जुम्ला पुगिएला, कस्तो होला जुम्ला, समयमै उडान भर्न पाईएला नपाईएला यस्तै यस्तै तर्कना गर्दागर्दै जुम्लाका लागी हिँडने दिन आइपुग्यो ।

आफ्नै कार्यालयले हिमालय होटलमा संचालन गरेको एउटा कार्यक्रम सकाएर करिब २ः४० बजे कुपण्डोलबाट नेपालगंजका लागी हिँडन त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थल पुगियो.... ३ बजे उडनका लागी.....२०११ को सेप्टेम्बर ११ । आजकै दिन करिब २००१ मा अमेरिकास्थित ट्विन टावर मा जहाज ठोक्काएको दिन, त्यही दिन हामी जहाज चढदैछौं, कताकता मानसिक त्रास झल्कीन्थ्यो बाहिर ब्यक्त गर्न नसकेपनि....शिब दाई र काशिराज सर पनि आईसकेपछि Boarding प्रक्रीयाका लागी यति एयरलाइन्सको काउन्टरमा झोलाझ्याम्टा पुर्याउन लागियो....आवश्यक प्रक्रीया पुरा गरेपछि जहाज चढियो नेपालगंजका लागी ....कल्पनामा जुम्ला कल्पीँदै....जहाजभित्र देखिएको साँग्ला आतंकले मुसाले नेपाल एयरवेजको जहाज रोकिएको घटनाको स्मरण गराईरह्यो ।
Cockroach @ yeti Airlines
भोली सोमबारको टिकट लिईएको थियो जुम्लाको लागी तारा एयरको....ताराको जुम्लाको टिकटमा जहाज चढन काठमान्डौंमा यति चढनुपर्छ भन्ने सिन्डीकेटे सिस्टम अन्र्तगत टिकट लिईएको थियो । करिब १ घंटामा जव नेपालगंज बिमानस्थलमा अवतरण गरियो ...एउटा ठुलो झटका लाग्यो.....लगेजमा पठाएका सबै सामानहरु सकुसल थिए..तर मेरो आफ्नै कपडाको ब्याग भने थिएन्, ट्याग खोज्न थालेँ ट्याग पनि थिएन् । मलाई राम्रोसंग याद थियो...काठमान्डौंको एयरपोर्टमा मैले मेरो कलेजी कलरको ब्याग यति एयरलाइन्सको जोख्ने भाँडामा हालेको सम्मचाहीँ राम्रैसंग याद थियो.....र एकमुस्ट ट्याग दिएकाले गन्ने चलाखी गरिएन् त्यो बेला । बल्कमा ट्याग पाईयो जहाजभित्र छिरियो.....शायद ट्याग बिनाको ब्याग भेटेपछि त्यहीभित्रका भरियाले दशैं मनाए होला । नेपालगंजमा खोजबिन गर्दा भेटिएन...काठमान्डौ एयरपोर्टमा फोन गर्दा त्यहाँ पनि पाईएन...बिराटनगर पुग्यो कि बुझीदिन्छ्म भन्ने खबर आयो...र आफ्नो नाम र टेलिफोन नम्बर छाडियो.....केही समयपछि बिराटनगर पनि पुगेको रैनछ भन्ने जानकारी आएपछि अबभने पक्कै कुनै भरियाले दशैं मनायो भन्ने ठम्याई भयो ....४ वटा पाईन्ट (जसमध्ये २ वटा लगाईएकै थिएन, पुरा नयाँ ),८–१० वटा टिसर्ट, एउटा नयाँ कोट (एकपटक मात्र लगाएको त्यो पनि रेडियो कर्णालीका तुफान न्यौपाने जी ले अलि चिसै छ सामान्य तातो लुगा ल्याउनुभए हुन्छ भनेकाले मात्र हालेको थिएँ.......त्यो कोट हराएको सम्झेर अहिलेपनि थुकथुकि लागिरहेको छ),गंजी,अंडरवेयर,तौलिया ,ब्रस,पेस्ट,सेभिङ क्रिम,रेजर,बडि स्प्रे सबै दानै भयो .........अब साथमा लगाएको एउटा भित्री टिसर्ट,सर्ट र पाईन्ट मात्र बाँकी थियो मसंग । फेर्ने तौलियाधरि साथमा थिएन् ......तैपनि साथमा थियो जुम्ला पुग्ने तिव्र रहर....त्यही भएर कहिँ कतैं काठमान्डौं एयरपोर्टमै वेवारिसे भेटिएर खबर गर्लान कि भन्ने झिनो आशालाई मनको एउटा कुनोमा राखेर एकछिन नेपालगंज एयरपोर्टको चौरमा घोत्लीएँ । एक्कासी शिव गाऊँले दाईको साथमा काशिराज सरले लौ हाम्ले कुरा गर्यम...भोली भिम जी ले फोन गर्ने बित्तिकै एयरपोर्ट आईपुग्नपर्छ भनेको सुनेपछि मेरो घोत्ल्याईं भंग भयो । भिम जी, अर्थात भिम राई यति एयरलाईन्सको नेपालगंज प्रमुख । वहाँसंगकै कुराकानीमा ताराको समय उल्लेख नगरिएको टिकट काठमान्डौंमै किनीएको थियो .....समय कतिबजे उडाने, उडाउने कि नउडाउने भन्ने जस्ता धेरैकुरा भिम प्रभुकै महिमामा भरपर्ने हो भन्ने भित्रीकुरा बुझेकाले काशिराज सर र शिव दाईले त्यो अग्रसरता लिनुभएको थियो, क्यार्नु जमानै पहुँच र भनसुनको जो पर्यो । काशीराज सर र शिव दाईलाई अगाडी लाएपछि जुम्ला उडन पाईन्छ भन्ने ठुलो आशा जो थियो । त्यसपछि एयरपोर्टवाट त्यो रात बासबस्नका लागी नेपालगंजको Travellers Village नामको बिदेशी महिलाले चलाएको नेपाली होटलमा पुगियो...ठिंग शरिर..एकसरो लुगा...न फेर्ने केही न ओढन्े.....त्यही भएर बेलैमा होटलको बेडभित्र छिरियो । क्रमशः
यो यात्रा संस्मरणका यसपछिका अंकहरुमाः
  •     नेपालगंजमा लुगाको किनमेन
  •     कैलास होटलका गफाडी ढकाल बाजे र तिलाकर्णालीका माछा
  •     माननिय न्यायधिसज्युको निवासमा दहि मकै पार्टी
  •     कृषी फारममा बोटमा बसेर स्याउ खाँदाको अनुभव
  •     पुग्नै नपाईं फर्कनुपरेको कर्णाली टेक्नीकल स्कुल परिषर र फर्कनुको कारण
  •     पशुपतिशम्शेरको ओखरको बिरुवामा फलेको ओखर र
  •     भुँग्रामा पोलेर खाएको समोसा
  •     भिआईपी स्कटीगमा सेकुवा घरको यात्रा
लगायतका रमाईला तथा रोचक प्रसंगहरु क्रमश आउनेछन् । प्रतिक्षा गर्नुहोला ।

{ 1 comments... read them below or add one }

  1. कथाको पहिलो अंक मनपर्यो आगामी अंकको प्रतिक्षा छ........चाडै पढ्न पाईयोस्

    ReplyDelete

LIKE PLEASE.....

LIKE PLEASE.....
तपाईंको एक क्लिकले बिजेता बन्नसक्छ । त्यसैले कृपया माथिको फोटोमा क्लिक गरेर फोटो खोलेर (ओपन गरेर) फोटोमा लाइक गर्दिनुहोला ।

दम्पति

दम्पति
हामि जोइपोइ

धानखेतमा बाउसे गर्दै

धानखेतमा बाउसे गर्दै
असार १५ / २०७० गोलढुंगा, काठमाण्डौं

Creativity in Journalism

Creativity in Journalism
Picture published on the news of republica daily of 13 July,2013 about the training 'Creativity in Journalism organised by British Council on 8-12 July,2013

ललिता

ललिता
सुनसरीबाट प्रकाशित न्युजडटकम साप्ताहिकमा छापिएको मेरो कथा ललिता

सिकारुकेटो को हो ?

मेरो वारेमा ? मतलब म को हुँ ? निक्कैबेर घोत्लायो यो प्रश्नले । मेरो परिचय के ? गारो भयो यसको जवाफ दिन । चित्तबुझ्दो जवाफ नआउन्जेल सम्मको लागी उही सबैले दिने खालको परिचय दिँदैछु । वाआमाले राख्देको नाम पवन । थर न्यौपाने । जातले बाहुन (जुन म मेरो इच्छाले भएको हैन तैपनि हेपिनु परेको छ कतिपय अवस्थामा)ट्विटरमा @Shikaruketo सिकारुकेटो भनेर चिन्छन् मित्रहरुले । मोरंगको टंकिसिनुवारी (विराटनगर)हो मेरो घर। पेशाले रेडियो र मिडिया कन्टेन्टलाई कार्यक्षेत्र बनाएर हिँडेको ७० सालमा १० बर्ष पुगेछ । काठमाण्डौंमा डेरामा बसेर एउटा मिडियामा काम गर्ने गैससमा काम गर्छु । त्यहीँ पाएको पारिश्रामिकले आफु, श्रीमती र १ छोरीको जेनतेन गुजारा चलाएको छु । घुमफिर गर्न,नयाँ मान्छे भेटन, नयाँ कुरा सिक्न औधी रहर छ । हिँडदा, भेटदा, देख्दा समेटेका अनुभव अनुभुति एवं क्रियाप्रतिक्रियालाई कहिलेकाही यही ब्लगबाट शेयर गर्छु । यत्ति नै हो मेरो परिचय,रुची, इच्छा र अनुभव ।

सबैभन्दा बढी रुचाईएको

अब कक्षा १ मा

अब कक्षा १ मा
कक्षा १ पढन थालेँ नी म । सेन्ट मेरिज स्कुलमा छोरी कृपाको पहिलो दिन २९ अप्रिल २०१३

क्यामेरा, रोलिंग, एक्सन

क्यामेरा, रोलिंग, एक्सन
मित्र मिलन पौड्यालले कंचनपुरमा क्लिक गर्नुभएको तस्वीर

चन्द्रागिरी हाइकिङ

चन्द्रागिरी हाइकिङ
मित्र प्रमोद न्यौपानेले खिचिदिनुभएको तस्वीर
Powered by Blogger.

मैले कमाएको ~ मेरा मित्रहरु