- Back to Home »
- जुम्लाको भिआईपी यात्रा भाग २
Posted by : Anonymous
Friday, 30 March 2012
भोलिपल्ट बिहान लगाएकै लुगामा उठियो बिहानै....त्यसपछि
त्यत्तिकै जुम्ला हानीनु त भएन् भनेर सगुन दिदिलाई सपिंगका लागी नेपालगंज बजार
जाऔं भनेर आग्रह गरेँ । बिहान करिब ८ बजेतिर बजार तिन हिनियो । जन्मेर अढाई दशक
काटिसकेको मान्छे......फेरि एकपटक पुर्नजन्म भएजस्तो लाग्यो कारण आफ्ना लागी
चाहीने सबैचिज एकैपटक किन्नपर्ने । शायद ..म जन्मनेबित्तिकै मेरा बाआमाले दंग
पर्दै मेरा लागी भोटो,दौरा,सुरुवाल,गंजी,कट्टु,पाउडर,तेल सबै किनिदिएका थिए होलान् ...त्यसैगरी आज फेरि मेरालागी इतिसबै
किन्नपर्ने दिन आएको थियो......सगुन दिदि हुनुहुन्थ्यो साथमा...शायद त्यो बेलामा मलाई
परेको मानसिक पिडा दिदिले बुझ्नुभएको थियो होला....त्यही भएर मेरो सपिंगको
आग्रहलाई आत्मीयताका साथ स्विकार गर्दै वहाँ म संगै जानुभयो.....अभिभावकत्व को
उत्कृष्ट नमुना सम्झेँ मैले यसलाई.....तर वहाँलाई भनिन् । शायद अहिले यो ब्लग
पढनुभयो भने मलाई त्यो बेलामा देखाउनुभएको आत्मीयताका लागी वहाँलाई हृदयदेखी नै
धन्यवाद भन्न चाहन्छु ।
बजार गईयो,कहाँ र के चिजबाट शपिंग शुरु गर्ने दोधारमा परियो शुरुमा त ....तर कपडाबाटै शुरु गरियो...त्यसपछि २ वटा टिसर्ट,२ वटा पाईन्ट,२ वटा गंजी,२ वटा अन्डरवेयर,१ सेभिग रेजर,१ सेभिग क्रिम र ब्रस अनि १ बडि स्प्रे किनियो....खासै राम्रा र मनले खाका लुगा नभेटिएकाले तत्कालिन राहतका लागी यत्ति भए १ साता काटिन्छ भन्ने लाग्याथ्यो मनमा.....सपिंग गरेर रिक्सामा फर्कँदै गर्दा काशिराज सरको टेलिफोन आयो......भिम जी को फोन आयो....तपाईंहरु कता हो झट्टै आउनुहोस...१०ः३० बजे एयरपोट पुग्नपर्छ......भिम जी ले डोल्पा, मुगु सबैतिरको उडान रद्ध गरेर पहिले हाम्लाई उडाउने भन्नुभएको छ । छिट्टै आईपुग्नुस् । हाम्रो जुम्ला भ्रमण टोलीका अग्रज काशिराज सरको व्हिपलाई शिरोधार्य गरेर हामी चढेको रिक्सा चलाउने दाईलाई अलि पेडलको चाल बढाउन अनुरोध गर्यौं । बास बसेको होटल पुग्दा काशिराज सर आफ्नो झोलीझ्याम्टा बाहिर निकालेर हिँडनका लागी तैयार भएर बस्नुभएको रहेछ...आफ्नो त के थियो र ...कुनचाहीँले उडाईहाल्यो.....तैपनि भर्खरै किनेको १ झोला सामान उपेन्द्रसरको झोलामा हालेर निस्कियो जुम्ला उडनका लागी नेपालगंज को राँझा एयरपोर्ट तिर...११अै बजे उडने भनिएपनि नेपालगंज एयरपोर्टबाट उडदा करिब त्यस्तै दिउँसोको २ बजेको थियो .....तारा एयरको ट्विनएटर जहाज.... जहाजछिर्ने बित्तिकै हप्प गर्मि भएर ल्यायो....त्यही बेलामा अनौपचारिक कपडा जहाजकी बिमान परिचालिका(टिसर्ट र पाइन्टमा बिमान परिचालिका जुन अवस्थाको दर्शन गर्ने मौका यो भन्दा अगाडी मिलेको थिएन्)लाई सगुन दिदिले बैनी गर्मी भयो हावा आउने ठाम बिग्र्या हो ? भनेर प्रश्न सोध्दा परिचालिकाको जवाफ थियो....एकछिन् बस्नुस् न माथी पुगेपछि आफैं चिसो हुन्छ । ओ हो ....माथी पुगेपछि चिसो हुन्छ रे...वडो दार्शनिक र सन्त्रासपुर्ण जवाफ पो फर्काइन त नानीले । परिचालिका नानीको जवाफ सुनेपछि सन्त्राषपुर्ण हाँसो हाँस्नुको बिकल्प थिएन् .....जहाजबाट बाहिरको मनोरम दृस्याबलोकनको संगै अगाडी बढिँदैथियो । छेवैमा बसेका एक मित्रले जहाजबाट देखिएका बिभिन्न लोकेशनहरु काँक्रेबिहार,कालिकोट आदी इत्यादी चिनाउँदैथिए । यत्तिकैमा एक्कासी फ्याट्ट जहाज तल खस्यो....सप्पैले एक्कासी जहाजको सिट समाउन थाले.. (शायद नलडियोस भनेर होला) मैलेपनि समाएँ मनमा चिसो पस्यो..झसंग भईयो....शिब, काली, दुर्गा, गणेश, ब्रम्हा, बिष्णु, महेश्वर, कुलदेबी, थानदेउता सम्झन भ्याएजति सबै देवीदेउता अनि बुढी छोरी बा आमा सबैलाई एकैलटमा सम्झन भ्याईयो .........तर धन्न केही भएन....लौ जुम्ला आयो आयो .....जहाजमा कसैले कराएको आवाज आयो..नभन्दै पुलुक्क झ्यालतिर फर्केर हेर्दा त जुम्ला सदरमुकाम खलंगा अर्थात चन्दननाथ नगरपालिकाको अत्यन्तै मनमोहक फाँट देखियो । जहाज एकफन्को डाँडो घुमाएर जुम्ला एयरपोर्टमा अवतरण गर्यो ...ओर्लनसाथ पत्रकार महासंघ जुम्ला र रेडियो कर्णालीका सहकर्मी साथीहरुको न्यायो स्वागतसंगै एयरपोटबाट बाहिरिईयो । ‘ओ हो ...कस्तो रमाईलो ठाऊँ ? फोटो खिचौं न ’ खच्याक खच्याक खच्याक खिचियो ८ १० स्नेप फोटो ...त्यसपछि हाम्रो भारी बोक्ने भनेर उमेर ढल्कीसकेका बृद्ध बाआमाहरु गह्रौं झोला समात्न आउँदा त ....सगुन दिदिको मन भक्कानिसकेको थियो । हेर्दा लाग्थ्यो....उनीहरुलाई नै कसैले सहारा दिनपर्ने, आराम गर्नपर्ने यो बेलामा.....अरुको भारी बोक्न हानाथाप गर्नपर्ने यो कस्तो बाध्यता.....? आखिर पापी पेटकै सवाल त होला नी । बृद्ध देखेर सगुन दिदिले सहानुभुति प्रकट गरिरहेको बेला उपेन्द्र सरले भन्नुभयो....‘हामीले यो झोलापनि बोक्न दिएनौं भने त झन उनीहरु भोकै हुन्छ सगुन । यही हो बाध्यता र परिस्थिति भनेको......’ शायद यही कुरामा हामी कन्भीन्स भयौं ...र आफुले बोक्न सक्ने १ १ वटा झोला आफैं बोकेर १ जना तन्नेरीले बोक्न सक्ने बराबरको सामान ३ जना बृद्ध भरीया बा आमाहरुलाई दियौं । जुम्लाको खलंगा बजार,माला लगाएका हामी ६ जनाको टोली, साथमा स्थानिय पत्रकारहरु हिँडदा त सानोतिनो बटालियन नै भएको थियो बजारमा । होटल कैलासमा वसोबास र गाँसको प्रबन्ध गरिएको थियो केही दिनका लागी....करिब ३० मिनेटको हिँडाईपछि होटल पुगियो....यात्रा संस्मरणका छुटाउनै नहुने अर्का महत्वपुर्ण पात्र होटलका मुन्सी ढकाल बाजे (नाम चाहीँ बिर्षीयो) र उनीसंगको भलाकुसारी अर्को ब्लगमा लेख्नेगरि अहिलेलाई क्रमश ः

यो यात्रा संस्मरणका यसपछिका अंकहरुमा ः
- कैलास होटलका गफाडी ढकाल बाजे र तिलाकर्णालीका माछा
- माननिय न्यायधिसज्युको निवासमा दहि मकै पार्टी
- कृषी फारममा बोटमा बसेर स्याउ खाँदाको अनुभव
- पुग्नै नपाईं फर्कनुपरेको कर्णाली टेक्नीकल स्कुल परिषर र फर्कनुको कारण
- पशुपतिशम्शेरको ओखरको बिरुवामा फलेको ओखर र
- भुँग्रामा पोलेर खाएको समोसा
- भिआईपी स्कटीगमा सेकुवा घरको यात्रा
लगायतका रमाईला तथा रोचक प्रसंगहरु क्रमश
आउनेछन् । प्रतिक्षा गर्नुहोला ।
भाग १ पढनका लागी
http://meroreport.net/profiles/blogs/6365517:BlogPost:70877?xg_source=activity