- Back to Home »
- यात्रा संस्मरण बंगलादेश यात्रा
Posted by : Anonymous
Thursday, 22 March 2012
काँकरभिट्टाबाट पुर्बी नेपालको सिमाना मेची पुल पार गरी हाम्रो यात्रा भारतको मार्ग हुँदै अगाडी बढने क्रममा भारतको पानीटंकी पार गरी करिब दिउँसोको १ बजे भारतको सिलिगुढी पुग्यौं । सिलिगुढीबाट श्यामली टा«भल्सको बसबाट करिब ३ बजेतिर बंगलादेशका लागी नेपालका ३४ परिवर्तनका संवाहकहरु को यात्रा अगाडी बढ्यो ।
करिब ३ घंटाको यात्रापछि भारत र बंगलादेशको सिमावर्ती क्षेत्र बरमरीमा हामी पुग्यौं । त्यस ठाऊँमा भारतिय भुमि छाडने र बाँगला भुमि प्रबेश गर्ने क्रममा स्थानिय ईमिग्रेशन अफीसमा अफीसियल प्रक्रिया पुरा गर्ने , रुपैंयाहरु साटने काम भयो । काठमाण्डौंको एउटा मनी एक्सचेन्जमा साटेको ५ सय टाकाको नोटलाई खुद्रा बनाउन खोज्दा ........यो नक्कली हो .....अन्त नदेखा प्रहरीले पकडछ भनेपछि त एकैछिन त सातो गयो........दोश्रोपटक त्यो नोट एकैचोटी काठमाण्डौंको त्यही एक्सचेन्जमा मात्र पर्सबाट निस्कीयो । सिमामा प्रक्रिाय पुरा गरेपछि पुनः हामी स्यामली टा«भल्सको बस समातेर ढाकाका लागी अगाडी बढ्यौं ।
नयाँ ठाऊँ नयाँ अनुभव , शायद यही कारणले होला , रातभरीको यात्राका क्रममा समेत हामीमध्ये धेरैका आँखा नसुस्ताईकन एकटकले बसबाट बाहिर नियालीरहेको थियो । यात्राका क्रममा मध्यरातसम्मपनि बिचका बिभिन्न बजारहरुमा मान्छेहरुको नियमित आवतजावत, पशलहरु ख्ुालिरहेको र मान्छेहरु चिया पिउने, सैलुनमा दारी काटनेजस्ता हाम्रा ठाऊँमा अपवादबाहेक दिउँसो गरिने काम मध्यरातमा गरिरहेको देख्दा हामीले निक्कै अनौठो र रमाईलो महशुश गरिरहेका थियौं ।
रातभरीको यात्रापछि असार ८ गते बिहान हामी बंगलादेशको राजधानी ढाकामा ओल्र्यौ । सबैजना का लागी यो ठाऊँ नौलो भएपनि स्थानिय आयोजकहरुले हामीलाई लिन आएर हाम्रो बासस्थानतर्फ लैजाने ब्यबस्थापन मिलाएकाले हामीलाई गारो परेन् । समयमै होटल पुगेर पोकापन्थरा थन्क्याईयो । त्यसपछिका केही घण्टा हाम्रालागी खुला थिए , कारण सम्मेलनको उदघाटन समारोह मध्यान्नपछि मात्र शुरु हुने र त्यसका लागी २ बजे गाडी लिन आउने जानकारी हामीलाई आथित्यता दिइरहेका आयोजकमित्रले बताएका थिए ।
नयाँ ठाऊँ नयाँ परिवेश नयाँ भाषा नयाँ संस्कृती , सबैलाई सबैकुरा नयाँ नै लागिरहेको थियो । हामीमध्ये केही साथी लगातार २ दिन सम्म यात्राको थकान मेटाउने तैयारीमा आराम गर्न लाग्नुभयो भने केहीमा नयाँ ठाऊँ घुमफीर गर्ने रहर लागेर त्यतातिर छुटीयौं । निक्कै गर्मी भन्ने सुनेको ढाकामा सिमसिम पानीले हामीलाई शितलता संग स्वागत गरिरहेको थियो ।
स्थानिय एक सामुदायिक संस्थाको हलमा उदघाटन समारोहको कार्यक्रम राखिएको थियो । मध्यान्हतिर त्यहाँ पुग्दा बिभिन्न सार्क राष्टहरुका परिवर्तनका संवाहकहरु आ आफ्नो झाँकी र नाचगान सहित उदघाटन स्थलमा रमाईलो गरिरहेका देखिन्थे । बंगलादेशी मन्त्रीबाट कार्यक्रमको औपचारीक उदघाटन भयो । उदघाटन कार्यक्रम पछि बंगलादेशको समग्र परिचय,हामी सक्छौं अभियान र यस अन्र्तगत गरिएका कार्यक्रमहरुको बारेमा स्थानिय अभियानकर्ताहरुबाट जानकारी पाईयो ।
कार्यक्रमको दोश्रो दिन, अर्थात असार ९ गते । बिभिन्न देशका फरक फरक परिवर्तनका संवाहकको टोली बनाई बिभिन्न जिल्लामा जाने कार्यक्रम तय भएअनुसार १० बटा भन्दा फरक फरक टोली बन्यो । प्रत्येक टोलीमा फरक फरक देशका संवाहकहरु । फरक फरक वातातरण र फरक भाषा, केही सहभागीलाई निकटस्ता बढाउन केही गारो भएपनि हामी छिटटै नै समुहमा घुलमिल हुन सक्यौं ।
हामी नेपालबाट गएका सबैजना फरक फरक टोलीमा पर्यौं । त्यो मध्ये हाम्रो समुहमा हामी २ नेपाली,२ भारतिय,१ पाकिस्तानी,२ श्रीलंकन,१ इन्डोनेसियन थियौं । र हाम्रो यात्रा शुरु भयो, राजधानी ढाकाबाट २७० किलोमिटर परको चिटगाऊँतर्फ । धेरै नाम सुनेको, बिशेषत नेपालीहरु ब्ांगलादेशमा डाक्टरी पढन जाने ठाऊँ । प्राकृतिक रुपमा पनि बंगलादेशका रमणिय ठाऊँमध्ये एक ..................यस्तै यस्तै कुराहरु सुनेकाले निक्कै रोमान्चीत भैरहेका थियौं हामी । ढाकाको अत्यन्तै अब्यबस्थीत टा्रफीक जाम बाट पार पाउन नै सारै कठिन .....त्यहाँबाट उम्केर अगाडी बढेपछि यात्राका क्रममा देखीएका हरीयाली,सुपाडी नरिवलका रुख, स ससाना डाँडाले भौगोलिक रुपमा ठ्याक्कै नेपालको सुदुरपुर्व सम्झायो हामीलाई । त्यतिमात्र कहाँहोर बिश्वकप फुटवल २०१० को माहोल यति जमेको थियो कि , लाग्थ्यो पुरै बंगलादेश २ समुहमा बिभाजित भएर भिडीरहेको छ..................ब्राजिल भर्सेस अर्जेन्टीना । स्क्mुल कलेज खेत बारी क्लब घर बाटो चौबाटो कतै खाली थिएन्..............सबैतिर झण्डै झण्डा त्यो पनि ब्राजिल र अर्जेन्टीनाको मात्र । आक्कल झक्कल बाहेक लाग्थ्यो .........यि २ देशको मात्र समर्थनमा पुरै बंगलादेश बाँडीएको छ ।
त्यो दिन चिटागाऊँ पुग्न र स्थानिय बिटा कल्चर एण्ड डेभलोपमेन्ट सेन्टरको गेष्ट हाउसमा बास बस्नमात्र भ्याईयो । बंगलादेशी कला र संस्कृतीको बिकाशमा सक्रिय स्थानिय युवाहरुको उदाहरणीय संस्था । बेलैमा पुग्न नसकेका कारणले बिटाका मित्रहरुले बनाउनुभएको सांस्कृतिक कार्यक्रमको योजनापनि खेर गयो .....र बंगलादेशी कला हेर्नबाट हामी त्यो दिन चुक्यौं ।
कार्यक्रमको तेश्रो दिन ,असार १० गते, बिहानै हाम्रो समुहका प्रत्येकलाई फेरी स्थानिय एक बंगाली संबाहक मित्रसंग जोडी बनाईयो । र तिनै मित्रहरुको अगुवाईमा हामी बिभिन्न बिद्यालय, कलेज, समुह,संस्थाहरुमा पुग्यौं । मेरो जोडी बने एक बंगाली मित्रसारै मिजासिला र सहयोगी । उनीसंगसंगै लागेर २५ किलोमिटर पर्तिर चण्डोनिसे भन्ने ठाऊँको स्थानिय बिद्यालय पुगियो । त्यहाँका माध्यमिक तहका बालबालिकासंग आफ्नो देश,आफ्नो काम र उदेश्य बाँडन पाईयो । नेपालबाट भन्नेबित्तीकै धेरैले सगरमाथा चढदा कस्तो हुन्छ भनेर गरेको प्रश्न रमाईलै थियो । उनिहरु सबैलाई नेपाल देश भन्ने सुनेका थिए केहीलाई अलि बढी ज्ञान थियो । तर नेपालबाट आएको भन्ने बित्तिकै त्यहाँ घरछेऊमै सगरमाथा छ, र बिहान बेलुकै चढन जान्छन् होला भन्ने उनीहरुलाई लागेको रहेछ । जे होस् .... यी स्कुले बालबालिकासंगको अन्तरक्रिया पनि सम्झनायोग्य बन्यो ।
बिद्यालयका यी मिजासिला केटाकेटीसंग छुटटीएपछि हामी भेडस नामक स्थानिय एक संस्थामा पुग्यौं । यसले हामी सक्छौं अभियान त्यस ठाऊँमा संचालन गरिरहेको रहेछ ....अभियानले समेटेका केही महिला समुहहरुसंग पनि हाम्रो अनुभव आदानप्रदान भयो ।
त्यसपछि .....तिनै मेरा जोडी बनेका बंगाली मित्रले उनको घरसम्म पुर्याए । उनकै गाऊँमा रहेको बंगलादेशकै एकमात्र हिन्दु मन्दीर पनि जान भ्यायौं हामी । अधिकांश मुस्लीम धर्मावलम्बी रहेको बंगलादेशको यो हिन्दुहरुको बाहुल्यता रहेको गाऊँ .....यी मित्रपनि हिन्दु नै थिए ...........धार्मिक सदभावको नमुना गाऊँ रहेछ त्यो ।
कार्यक्रमको चौथोदिन असार ११ गते , बिटाको गेष्ट हाउसबाट उनीहरुको कार्यालयसम्म पुगियो । रंगकर्मको माध्यमबाट लैंगिक हिंसा अन्त्य गर्न बिटाकर्मीहरुले गरिरहेको प्रयास सुन्दा हामी दंग थियौं । बिटाकै एक अग्रज रंगकर्मी ले नेपालका कहलिएका रंगकर्मी अशेश मल्ल, सुनिल पोखरेलहरु सहपाठी भएको र नेपाल आइजाइ गरिरहने बताईरहँदा हामीलाई पनि हर्ष लागेको थियो । त्यहाँको छोटो अनुभव आदानप्रदानपछि बंगलादेशी मायाको चिनो बोकेर हामी फेरि ढाकातर्फ फर्कियौं ।
त्यहीसांझ ढाकामा सम्मेलन समापन समारोह भयो । सबै देशहरुबाट अभियानका बारेमा प्रस्तुती गर्ने क्रममा समारोहमा नेपालको तर्फबाट पनि आफ्ना प्रस्तुती राखियो । घरेलु हिंसा सम्बन्धी बिधेयकका सवालहरु र महिला अधिकारका सवालमा नेपाली अधिकार आन्दोलनका उपलब्धीहरु समेत प्रस्तुत गरियो । यो प्रस्तुतीपछि जमेको सांस्कृतिक माहोलपनि निक्कै रोमांचक थियो । बिभिन्न देशका सहभागीहरुले आ आफ्नो प्रस्तुती देखाएका थिए ।
अन्तत अभियानका बिबिध पाटाहरुको अध्ययन गर्ने मौका यो सार्क स्तरिय परिवर्तनका संवाहकहरुको सम्मेलनले हामी सबैलाई जुटाईदिएको थियो । यात्राका क्रममा भोगिएका केही सास्ती केही थकान र केही पिडालाई त्यही भुमिकै छाडदै उनीहरुको कलाप्रतिको मोह,कलालाई अभियानमा समाहित गरेर गरिरहेको काम र कामप्रतिको लगनसिलता सिकाईको रुपमा लिएर हाम्रो टोली करिब १ साताको यात्रापछि पुन नेपाल फर्कियो ।
lau comment hanam yasma
ReplyDeleteरमाइलो यात्रा भएछ ।
ReplyDelete२७० बिलोमिटर परको चिटगाऊँतर्फ । yo bilo meter vaneko ke ho?? ni feri
ReplyDeleteSorry, typoerror. Thats Kilometer not bilometer . Thanks for correction
Delete