Widgets

Posted by : Anonymous Thursday, 10 May 2012


‘जनकपुरबाट काठमान्डौंका लागी हिँडेको विमान सम्पर्क बाहिर, दुर्घटना भएको आशंका’ आफुलाई २४अ‍ैं घंटा समाचारको खबरदारी गर्ने बताएको एउटा टेलिभिजन टिभी १ ले ब्रेकीङ्ग डिस्प्ले गर्यो । 

लगातार केही मिनेटको ब्रेकीङ्ग आईरहँदा भित्रैदेखीका खबर सबै बाहिर निकाल्ने नारा घन्काउने टिभी २ किन पो चुप लाग्थ्यो, उसले एककदम अगाडी बढेर दियो, ‘जनकपुरबाट काठमान्डौंका लागी उडेको बिमान सम्पर्कबाहिर, सिन्धुलीको कपुरठाकुरबाट जहाज सम्पर्कबिहीन भएको सिन्धुली प्रहरीको भनाई’ । 

लौं आकाशको बिमान सम्पर्कबिहीन भएको खबर एयरपोर्टले दिन छाडेर बाटाबाटाका प्रहरीले पो दिन थालेछन् । यत्तिले पनि उसलाई पुगेन, धडाक सिन्धुली जिल्ला सम्बाददातालाई फोन लुगिायो,समाचारको रफ्तारमा भित्रको खबर सबैभन्दा पहिला बाहिर जो निकाल्नुथियो ।

स्टुडियो : अनी, फलानो जी ,जनकपुरबाट काठमान्डौंको लागी उडेको बिमान सम्पर्क बाहिर भएको खबर आएको छ , त्यसबारेमा बिस्तृत जानकारी गराउनुहोस ।

संवाददाता :  अं चिलानो जी, स्थानियबासीले कपुरठाकुरबाट प्रहरीलाई खबर गरे अनुसार त्यहाँ ठुलो डाँडा छ र धुवाँको मुस्लो आईरहेको छ । त्यही भएर विमान त्यहाँ दुर्घटना भएको भन्ने अनुमान गर्न सकिन्छ ।

स्टुडियो : के भन्छ प्रहरीले,स्थानियबासीले थप जानकारी गराउनुहोस ।

संवाददाता : प्रहरीहरु खबर पाएबित्तिकै घटनास्थल कपुरठाकुरतिर लागिसकेकाछन् । हामी जिल्लाका संचारकर्मीहरु मौषम अली खराब भएकाले स्थानिय बासीन्दासंग सम्पर्क गर्न सकिरहेका छैंनौं । जिल्लामै एकैठाऊँमा जम्मा भएर बसिरहेका छौं , बिमान दुर्घटना भएको पुष्टी हुने बित्तिकै हामी त्यतातिर हिँडनेछौं ।

स्टुडियो : हुन्छ फलाना जी, धन्यबाद । हामी तपाईंसंग सम्पर्कमा रहिरहनेछौं । पलपलको खबरका लागी हेर्दैगर्नुहोला टिभी २ ।

२–२ वटा टेलिभिजनले यत्रो दिईसकेपछि टिभी ३ पनि किन चुप लाग्थ्यो र , अर्को एक कदम अगाडी बढ्यो र ब्रेकिग दियो , ‘जनकपुरबाट काठमान्डौं आउँदै गरेको बुद्ध एयरको बिचक्राफ्ट १९ बिमान सिन्धुलीमा दुर्घटना, थप बिबरण आउन बाँकी’  लौ नेपालको पहिलो निजी टिभी, टिभी ३ ले नै नामै तोकेर भनेपछि त बिश्वाश नगरेर भो र ? जय श्री पशुपतिनाथ को नाम लिनु शिवाय के नै पो रहयो र अब ? टिभी ३ को यो स्क्रोललाई टिभी ४ टिभी ५ टिभी ६ हिमाल,पहाड,तराई मधेश सबै टिभीले पनि हुवहु कपी गरेर पेष्ट गरे, आखिर सबैलाई अगाडी जो हुनुछ । 
एकमात्र सरकारी टिभीपनि के कम....मौका मिलेको थियो दिईहाल्यो त्यहीकुरा अंग्रेजीमा ।
त्यही बिचमा टिभी ७ ले अर्को स्कुप मार्यो । ‘जनकपुरबाट काठमान्डौंका लागी हिँडेको बुद्ध एयरको जहाज सकुशल त्रिभुवन बिमानस्थलमा अवतरण, त्यो भन्दा बिस मिनेट अघि उडेको यति एयरलाइन्सको बिमान चाहीँ अझै अवतरण भएको छैन’ ।
 ओ हो, लौ मार्यो टिभी ७ ले यत्ति भनेपछि टिभी ३ ,टिभी ४ टिभी ५ र टिभी ६ ले फटाक आफ्नो ब्रेकीग हटाए.....कहिँ लोकगित बज्न थाले कहीँ २ फेर हाँसन त कहीँ ससेज बनाउने तरिका सिकाउन थाल्यो ।

 भयंकर थाहा पाएर थाहा दिएजस्तो गर्ने यी टिभीहरु बिमान दुर्घटना थाहै नभएको जस्तो गरेर बसे । एकैछिनपछि भित्रैको खबर हुँडाल्ने टिभी २ फेरि आयो ब्रेकिग न्युजका साथ, एयरपोटका हाकिमको अन्र्तवार्ता लिएर । हाकिमसाबसंगको कुराकानी जारी थियो ।

‘यति बुद्ध सबै जहाज सकुसल त्रिभुवन बिमानस्थलमा अवतरण गरिसकेका छन् । ’ बिमानस्थल प्रमुख ज्यु बोल्नभयो । ‘कहिंकतै त्यस्तो समस्या छैन । ’

‘ए त्यसोभा बिमान दुर्घटना भएको हल्ला मात्र हो ?’ स्टुडियोबाट चिलानो जी बोल्नुभयो ।

‘हो, यो हल्लामात्र हो । सबै जहाज आईसकेका छन्  । ‘जवाफ फर्काउनुभयो प्रमुख ज्यु ले ।

‘मौषम त खराब छ नी, जहाज सम्पर्कबाहिर भा हो त्यसोभए ?’ केही आउँछ कि भनेर चिलानोजीले बल गर्नुभयो ।

चिलानो जीले बलै गरेर सोधेका कारणले हो कि किन हो भन्दीनु भो प्रमुख ज्यु ले ‘हो ५ मिनेटजति सम्पर्कमा थिएन मौषमको कारणले, अहिले सबै बिमान सकुसल अवतरण गरिसकेका छन् । ’

धन्यबाद दिएर चिलानोले पुर्लुक्क मलाई हेर्नुभो ( मलाई नै हेर्या होला नी टिभी स्किृन हेर्दा त मलाई त्यस्तै लाग्यो ) र हुँकार गर्नुभयो । 
भित्रैदेखीको खबर, टिभी २, हामी जे वास्तबिकता त्यो चिर्ने प्रयास गर्छौं । कुनै पनि बिमान दुर्घटना भएको छैन् । भित्रैदेखीको खबरका लागी हेर्दैगर्नुहोला टिभी २ ।  
टिभी २ ले यत्ति बताईरहँदा धेरै टिभीबाट बिमान दुर्घटनाको समाचार हराईसकेका थिए । २ वटा जति टिभी च्यानलहरुले  गल्ती समाचार प्रशारण भएकोमा क्षमा मागेको स्क्रोल देखाईरहेका थिए (यत्ति बुद्धी चैं रहेछ) । 

अरुले निर्धक्कसाथ लोकगित, मायामन्जरी, सिनेमाका कुरा बजाउन थालिसकेका थिए । एकैछिनपछि चरोमुसो कहीँ कतै यो समाचारको फलोअप न त कुनै टेलिभिजनबाटै आयो न त कुनै रेडियोबाट नै ...त्यही भएर जहाज बिचमा सम्पर्कमा नभएको कुरोपनि बिश्वाशयोग्य लागेन,बल गरेर हाकिमसाबलाई भन्न लाएको जस्तो त चिलानोको सोधाईबाट देखएकै थियो नी ।

हिजो बिहीबार बेलुकी सवा ५ बजेदेखी करिब एकघंटासम्म नेपाली टेलिभिजन च्यानलहरुले देखाएको जात्रा हो यो , र यो जात्राले टेलिभिजन च्यानललाई के दियो दिएन थाहा भएन तर धेरै मानिसलाई अनावश्यक तनाव दियो । 

केहीक्षण जहाज सम्पर्कमा नभएको कुरालाई एकैछिनमा टेलिभिजन च्यानलले यत्ति हौवा फिंजाए कि जहाज नै ठोक्किएको,धुँवा आएको सम्म पनि भन्न भ्याए स्थानियवासी र प्रहरीको हवालादिँदै । नामै किटेर भन्दे यो जहाज दुर्घटना भनेर तीनले आँखैले देखेजस्तो गरेर । बिना आधार र बिना यथेष्ट प्रमाण र पुष्टी यसोभनिरहँदा तततत जहाज चढेर हिँडेका मानीसको परीवारमाथी परेको त्रासको र पिडाको जिम्मेवारी कस्ले लिने ? हो, संचारमाध्यमको धर्म होला छिटो समाचार पुर्याउने तर त्यो भन्दा ठुलो धर्म हो प्रमाण आधार र पुष्टी नभएका कुराहरुलाई हौवाको रुपमा नफिजाउने । सबैजसो टेलिभिजनको त्यो १ घंटाको तँछाडमछाड हेर्दा लाग्थ्यो यी सबै लागीपरेका छन् दौडको मैदानमा । यीनीहरुलाई पर्वाह छ त केवल को पहिला पुग्ने । कसरी पुग्ने भन्ने कुरा लाई कसैले पनि महत्व नै दिईरहेका थिएनन् जसरी हुन्छ अगाडी जाने धाउन्नेमा देखिन्थे नेपाली टेलिभिजनहरु । 
छीटो पुग्ने दौडमा स्कुप दौडाउने होईन, बरु एकैछिन् ढिलै गरेर भएपनि वास्तविकता केलाएरमात्र समाचार दिएको भए टिभीहरुको विश्वशनियता पनि बढ्थ्यो,बेकारको दुनियालाई पिडा पनि त हुन्नथ्यो । ब्रेकीग फालेर अनी फलोअप गर्न बुझ्न थाल्ने कि बुझेर मात्र ब्रेकिग फाल्ने ?? भित्रैबाट मन्थन गर्ने जिम्मा स्वयं टिभी च्यानलहरुलाई नै । तर यस्तो प्रवृत्तीले फेरि एकपटक भुपी शेरचनको कविता पुर्नपुष्टी भयो, ‘यो हल्लैहल्लाको देश हो ।’ पक्कैपनि । त्यसमै थपेँ मैले ‘जहाँका मान्छेमात्र होईन, टेलिभिजन च्यानल पनि हल्लाकै भरमा चलेका छन् । ’ कि कसो त ?  जय ब्रेकिङ्ग !

(धेरै मिडीयाबिज्ञको बिचमा यो मनुषले ठुला कुरा गर्या जस्तो लागेको खण्डमा कृपया यो आलेखलाई अर्तीको रुपमा होईन, एक आम दर्शकको रुपमा गरिएको बिश्लेषण मान्दिनुहोला ।)
ब्रेकिंग न्युज बिषयमा यसभन्दा अगाडी लेखेको छोटो टिप्पणी हेर्नका लागी यहाँ क्लिक गर्नुहोला ।
http://meroreport.net/profiles/blogs/6365517:BlogPost:14003?xg_source=activity

Leave a Reply

Subscribe to Posts | Subscribe to Comments

LIKE PLEASE.....

LIKE PLEASE.....
तपाईंको एक क्लिकले बिजेता बन्नसक्छ । त्यसैले कृपया माथिको फोटोमा क्लिक गरेर फोटो खोलेर (ओपन गरेर) फोटोमा लाइक गर्दिनुहोला ।

दम्पति

दम्पति
हामि जोइपोइ

धानखेतमा बाउसे गर्दै

धानखेतमा बाउसे गर्दै
असार १५ / २०७० गोलढुंगा, काठमाण्डौं

Creativity in Journalism

Creativity in Journalism
Picture published on the news of republica daily of 13 July,2013 about the training 'Creativity in Journalism organised by British Council on 8-12 July,2013

ललिता

ललिता
सुनसरीबाट प्रकाशित न्युजडटकम साप्ताहिकमा छापिएको मेरो कथा ललिता

सिकारुकेटो को हो ?

मेरो वारेमा ? मतलब म को हुँ ? निक्कैबेर घोत्लायो यो प्रश्नले । मेरो परिचय के ? गारो भयो यसको जवाफ दिन । चित्तबुझ्दो जवाफ नआउन्जेल सम्मको लागी उही सबैले दिने खालको परिचय दिँदैछु । वाआमाले राख्देको नाम पवन । थर न्यौपाने । जातले बाहुन (जुन म मेरो इच्छाले भएको हैन तैपनि हेपिनु परेको छ कतिपय अवस्थामा)ट्विटरमा @Shikaruketo सिकारुकेटो भनेर चिन्छन् मित्रहरुले । मोरंगको टंकिसिनुवारी (विराटनगर)हो मेरो घर। पेशाले रेडियो र मिडिया कन्टेन्टलाई कार्यक्षेत्र बनाएर हिँडेको ७० सालमा १० बर्ष पुगेछ । काठमाण्डौंमा डेरामा बसेर एउटा मिडियामा काम गर्ने गैससमा काम गर्छु । त्यहीँ पाएको पारिश्रामिकले आफु, श्रीमती र १ छोरीको जेनतेन गुजारा चलाएको छु । घुमफिर गर्न,नयाँ मान्छे भेटन, नयाँ कुरा सिक्न औधी रहर छ । हिँडदा, भेटदा, देख्दा समेटेका अनुभव अनुभुति एवं क्रियाप्रतिक्रियालाई कहिलेकाही यही ब्लगबाट शेयर गर्छु । यत्ति नै हो मेरो परिचय,रुची, इच्छा र अनुभव ।

सबैभन्दा बढी रुचाईएको

अब कक्षा १ मा

अब कक्षा १ मा
कक्षा १ पढन थालेँ नी म । सेन्ट मेरिज स्कुलमा छोरी कृपाको पहिलो दिन २९ अप्रिल २०१३

क्यामेरा, रोलिंग, एक्सन

क्यामेरा, रोलिंग, एक्सन
मित्र मिलन पौड्यालले कंचनपुरमा क्लिक गर्नुभएको तस्वीर

चन्द्रागिरी हाइकिङ

चन्द्रागिरी हाइकिङ
मित्र प्रमोद न्यौपानेले खिचिदिनुभएको तस्वीर
Powered by Blogger.

मैले कमाएको ~ मेरा मित्रहरु