Widgets

Posted by : Anonymous Wednesday, 27 June 2012

कमेरोले पोतेकोफुङ्ग उडेकोअनि टायलले छाएको सानो घरपिंढीमै भएको राखिएको जाँतोमा एक महिला दाल पिसिरहनुभएको गएको  बर्ष यताका हरेक क्षणवहाँ आफुपनि त्यही जाँतोमा पिसिएको दाल झैं परिस्थिति  बाध्यताले पिसिईरहनुभएको  , मान्छेको मन  घरको दशा उस्तै उस्तै नसम्हालिएको अनि पिडा  जिम्मेवारीबोधले थिचिएको  आजभन्दा पाँच वर्ष अगाडि अपहरणमा पर्नुभएका कंचनपुरबाट प्रकाशित हुने आजको समाचार दैनिकका प्रधान सम्पादक पत्रकार प्रकाश ठकुरीकी श्रीमती जानकी ठकुरीको मनोदशा उहाँको अनुहारमा स्पष्टै देखिन्छ 
पाँच वर्ष अघि कंचनपुर भासीस्थित डेरा नजिकैबाट केही ब्यक्तिले अपहरण गरेर लगेदेखी अहिलेसम्म पत्रकार ठकुरीको अवस्थाबारे कसैलाई थाहा छैन   छोराहरु १६ बर्षिय प्रज्वल  १३ बर्षिय प्रत्युसका साथमा अहिले भिमदत्त  ऐंठपुर कञ्चनपरस्थित माईतीघरमा आमासंग द्धिविधायुक्त जिवन विताईरहनुभएको जानकी ठकुरी  सके श्रीमानको सास नभए लास चाहियो भन्दै उहाँले न्यायका लागी धेरै दौडधुप गर्नुभयो तर   बर्ष बितिसक्दापनि केही पत्ता लागेको छैन 

Janaki Thakuri,  Journalist Praksh's wife 
पत्रकार प्रकाश ठकुरीलाई बर्ष अघि २०६४ साल असार २१ गते बिहीबार, केही ब्यक्ति आएर सोधीखोजी गरेपछि श्रीमती जानकीले घरमा नभएको बताउनुभयो पछि घरबाट केही पर पत्रकार प्रकाश ठकुरीलाई ती ब्यक्तिहरुले भेटाएर वटा मोटसाईकलमा आएका ब्यक्तिहरुले लिएर गएको जानकी बताउनुहुन्छ
त्यस दिनयता श्रीमानको खोजी गर्न वहाँ धेरैतिर धाउनुभयो चिनजान, आफन्त, पत्रकार, प्रहरी, प्रशाशन एवं राजनैतिक दल, सबैका दैलोमा पुग्नुभयो, तर ती सबै बेकार भए अहिलेसम्म लास पाईयो सास, तर जानकी वहाँको परिवारलाई अझैपनि न्याय पाईन्छ भन्ने झिनो आशा बाँकी नै
पत्रकार प्रकाश ठकुरी बेपत्ता प्रकरणमा यसअघि कर्तब्य ज्यान मुद्धा चलीरहेको अवस्थामा सरकारले मुद्धा फिर्ता लिएको थियो पक्राउ परेका एकजना आरोपीलाई रिहा समेत गर्यो अहिले सर्बोच्च अदालतले पुनः मुद्धा चलाउनु भन्ने आदेश दिएपछि जिल्ला अदालतले फेरि मुद्धाको अनुसंधान शुरु गरेको मुद्धा अब चाँडै फैषला हुने जिल्ला न्यायधिवक्ता दमन सिं बिष्ट बताउनुहुन्छ

पत्रकार ठकुरी बेपत्ता प्रकरणमा पिडीत पक्ष अर्थात प्रकाश ठकुरीकी श्रीमतीले वताए अनुसार घटनामा संलग्न भनिएका एक पोमलाल शर्मा पक्षका वकिल आनन्दप्रसाद जोशी भने पोमलाल शर्मा लाई पोलिएको भरमा आरोपमात्र लगाईएको बताउनुहुन्छ
पत्रकार ठकुरी बेपत्ता प्रकरणमा एकिकृत माओबादी पार्टी पार्टीका कार्यकर्ताहरुको समेतको संलग्नता भएको कुरा बाहिर आएको थियो तर यो कुरालाई एकीकृत नेकपा माओबादी कंचनपुर जिल्ला सहइन्चार्ज खडग बस्नेत तत्कालिन माओबादी कंचनपुर इन्चार्ज एवं पुर्व सभाषद टेकेन्द् भट्ट स्विकार्नुहुन्न
पत्रकार प्रकाश ठकुरी बेपत्ता भए लगत्तै शुरुमा यो समाचारले खासै चर्चा पाएन कसैले उनी राजाबादी भएका कारण बेपत्ता गरिएको भने कतै उनी अरु नै शंकास्पद गतिविधीमा संलग्न रहेको कारणले घटना भएको भन्ने हल्ला पनि चल्योे घटना भएको करिब महिनापछि भने पत्रकार तथा मानबअधिकारबादीहरुले यो मुद्धालाई साथ दिए पत्रकार तथा मानबअधिकारबादी एवं पिडीत परिबारले निरन्तर यो मुद्धालाई उठाईरहेपनि अझैसम्म प्रकाश ठकुरीको अवस्था सार्बजनिक भएको , पिडीत परिवारले राहत नै पाएका छन् यही कारणले कंचनपुरका पत्रकारहरु त्रासमय वातावरणमा काम गरिरहनु परेको कंचनपुरका बरिष्ठ पत्रकार चित्रांग थापाको भनाई
पत्रकारहरुमाथी यसअघि भएका घटनाका दोषीहरु लाई कारबाही नहुँदा बिभिन्न पक्षले आफ्ना अनुकुलका समाचारहरु खोज्ने प्रवृत्ती बढेकै कारण नै पत्रकारहरुलाई सुरक्षा चुनौती बढेको अनुभव कंचनपुरमा बसेर पत्रकारीता गरिरहनुभएका पत्रकारहरुको समाचार भित्र जोखिम तौलेर मात्र समाचार प्रकाशन एवं प्रशारण गर्नुपर्ने आम नेपाली पत्रकारहरुको भन्दा फरक स्थिति सुदुरपश्चिममा समेत छैन यो अवस्थामा राज्यको सुरक्षा संयन्त्रले पनि पत्रकारहरुको सुरक्षाका सवाललाई गम्भीर रुपमा नलिएको नेपाल पत्रकार महासंघ कंचनपुर शाखा अध्यक्ष कर्ण बोहराको आरोप

तर कंचनपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिलिप चौधरी भने यो कुरा मान्नुहुन्न् चौधरीकै कुरामा सहि थाप्दै कंचनपुरका प्रमुख जिल्ला अधिकारी बासुदेब दाहालले पत्रकारहरुको सुरक्षाको लागी आफुहरु लागिपर्ने प्रतिबद्धता जनाउनु हुन्छ
पत्रकार सुरक्षाका बिषयमा कुराकानी गर्दा पत्रकारीता कत्तिको निस्पक्ष एवं स्वतन्त्र ? पत्रकारीता एवं पत्रकारहरुले नागरिकका सवालहरुलाई कुन हदसम्म उठाईहेका छन् भन्ने प्रश्नपनि यदाकता उठ्ने गर्छ कंचनपुरका नागरिक समाजका प्रतिनिधीहरुले चाहीँ कंचनपुरको पत्रकारीता पत्रकारसंगको सम्बन्धलाई कसरी बिश्लेषण गर्छन् ? पत्रकारीता स्वतन्त्र, निस्पक्ष्य पारदर्शी हुनपर्छ, जुन यदाकदा नदेखिने कित्ताकाट गर्ने प्रवृत्ती कंचनपुरमा पनि हावी रहेको स्थानिय नागरिक समाजका प्रतिनिधीहरुको बिश्लेषण
हत्याहिंसा अपहरण जस्ता घटनाहरु कोही कसैमाथी पनि हुनुुहुन्न, अझ समाचार लेखेकै निहुँमा कसैबाटपत्रकारलाई धाकधम्की वा कुटपिट हुन्छ भने त्यसले स्वतन्त्र निर्भिक समाचार सम्प्रेषणमा पक्कैपनि बाधा उत्पन्न गर्छ जसको परिणाम, कानुनी राज्यको आशा गर्ने जो कोहीको लागि पनि सकरात्मक हुदैन समाचार सम्प्रेषण गर्ने क्रममा पालना गर्नुपर्ने आचारसंहितालाई सबै पत्रकारले अक्षरशः ख्याल गर्नु पर्छ , तर यसका साथसाथै राज्यको चौथो अंग तथा लोकतन्त्रको पहरेदार भनिने पत्रकार तथा संचारमाध्यमहरुमाथी बिभिन्न बहानामा हुने घटनाहरु मा पिडकलाई कारबाही नहुनाले लामो समयसम्म घटना अन्यौलमै रहनाले एकातिर अन्य पत्रकारहरुलाई समेत निर्भिकतापुर्वक काम गर्न गारो परिरहेको स्थिति भने अर्कोतिर दण्डहिनताले प्रश्रय पाएको कंचनपुरका पत्रकार प्रकाश ठकुरीको अवस्था जे जस्तो भएपनि सार्वजनिक हुनुपर्छ, यसका लागी सम्बन्धित सबै पक्षले गंभीर भएर आफ्नो जिम्मेवारीबोध गर्नु जरुरी

Leave a Reply

Subscribe to Posts | Subscribe to Comments

LIKE PLEASE.....

LIKE PLEASE.....
तपाईंको एक क्लिकले बिजेता बन्नसक्छ । त्यसैले कृपया माथिको फोटोमा क्लिक गरेर फोटो खोलेर (ओपन गरेर) फोटोमा लाइक गर्दिनुहोला ।

दम्पति

दम्पति
हामि जोइपोइ

धानखेतमा बाउसे गर्दै

धानखेतमा बाउसे गर्दै
असार १५ / २०७० गोलढुंगा, काठमाण्डौं

Creativity in Journalism

Creativity in Journalism
Picture published on the news of republica daily of 13 July,2013 about the training 'Creativity in Journalism organised by British Council on 8-12 July,2013

ललिता

ललिता
सुनसरीबाट प्रकाशित न्युजडटकम साप्ताहिकमा छापिएको मेरो कथा ललिता

सिकारुकेटो को हो ?

मेरो वारेमा ? मतलब म को हुँ ? निक्कैबेर घोत्लायो यो प्रश्नले । मेरो परिचय के ? गारो भयो यसको जवाफ दिन । चित्तबुझ्दो जवाफ नआउन्जेल सम्मको लागी उही सबैले दिने खालको परिचय दिँदैछु । वाआमाले राख्देको नाम पवन । थर न्यौपाने । जातले बाहुन (जुन म मेरो इच्छाले भएको हैन तैपनि हेपिनु परेको छ कतिपय अवस्थामा)ट्विटरमा @Shikaruketo सिकारुकेटो भनेर चिन्छन् मित्रहरुले । मोरंगको टंकिसिनुवारी (विराटनगर)हो मेरो घर। पेशाले रेडियो र मिडिया कन्टेन्टलाई कार्यक्षेत्र बनाएर हिँडेको ७० सालमा १० बर्ष पुगेछ । काठमाण्डौंमा डेरामा बसेर एउटा मिडियामा काम गर्ने गैससमा काम गर्छु । त्यहीँ पाएको पारिश्रामिकले आफु, श्रीमती र १ छोरीको जेनतेन गुजारा चलाएको छु । घुमफिर गर्न,नयाँ मान्छे भेटन, नयाँ कुरा सिक्न औधी रहर छ । हिँडदा, भेटदा, देख्दा समेटेका अनुभव अनुभुति एवं क्रियाप्रतिक्रियालाई कहिलेकाही यही ब्लगबाट शेयर गर्छु । यत्ति नै हो मेरो परिचय,रुची, इच्छा र अनुभव ।

सबैभन्दा बढी रुचाईएको

अब कक्षा १ मा

अब कक्षा १ मा
कक्षा १ पढन थालेँ नी म । सेन्ट मेरिज स्कुलमा छोरी कृपाको पहिलो दिन २९ अप्रिल २०१३

क्यामेरा, रोलिंग, एक्सन

क्यामेरा, रोलिंग, एक्सन
मित्र मिलन पौड्यालले कंचनपुरमा क्लिक गर्नुभएको तस्वीर

चन्द्रागिरी हाइकिङ

चन्द्रागिरी हाइकिङ
मित्र प्रमोद न्यौपानेले खिचिदिनुभएको तस्वीर
Powered by Blogger.

मैले कमाएको ~ मेरा मित्रहरु