Widgets

Posted by : Anonymous Saturday, 16 June 2012

पत्रकारिताप्रतिको झुकाव र रुचिका कारण १० वर्ष अगाडि धनकुटा चानवा गाविसका अर्जुन श्रेष्ठले यसलाई आफ्नो रोजिरोटीको मूख्य स्रोतको रुपमा रोज्नुभयो । पत्रकारिताको १० वर्षे यात्रामा अर्जुन श्रेष्ठले आफूले रोजेको यो पेशाका बारेमा दोहोर्याएर सोच्नुपरेको थिएन । पाँच वर्ष अघि पेशालाई अझ निखार्ने उद्देश्यले काठमाडौं आएपछि उहाँको उत्साहमा अझ उचाइ थपियो । तर २०६८ साल कार्तिक १ गते एविसी टेलिभिजनमा काम गर्ने क्रममा आफूले रोजको पेशाका कारण आफूलाई जे पनि हुन सक्ने धम्की आएपछि उहाँलाई त्यसपछिका दिनहरुमा रिपोर्टिंग गर्ने जाँगर मरेको छ ।
एकातिर आफुले संचार धर्म निभाउने क्रममा आफु गलत नहुँदा नहुँदै पनि सम्बन्धित पक्षबाट धम्की आउनु, अनि अर्कोतिर आफु सम्बन्धित संचारमाध्यमले पनि आफ्नो पक्षमा दरोसंग नबोलिदिनाले अर्जुन श्रेष्ठलाई अब यो पेशाप्रतिको मोह कम हुदैं गएको छ ।

अर्जुन श्रेष्ठ मात्र होईन, राजधानी दैनिकमा १० बर्षदेखी कार्यरत पत्रकार मधुजंग पाण्डेलाई गएको पुष २ गते बन्दकर्ताहरुले आक्रमण गरि वहाँको मोटरसाईकलमा तोडफोड गरे । आफु पत्रकार भएको र रिपोर्टिंगका लागी हिंडेको भन्दाभन्दैपनि आक्रमणको निशाना बन्नुपरेको पिडा बहाँमा छ ।
रिपोटिंगकै क्रममा काठमान्डौं पुलतिसडकमा रहेको रिपोटर्स क्लबमा भेटिनुभएकी नागरिक दैनिककी पत्रकार रिचा अर्यालसंग पनि ट्याक्सीले मिटरमा गरेको ठगीको बिषयमा आफुले लेखेको समाचारका कारण ट्याक्सी चालकहरुबाटै घेराऊमा परेको तितो अनुभव छ ।
ब्यक्तिगत रुपमा पत्रकारहरुमाथी धम्की तथा आक्रमण मात्र होईन, समुहगत रुपमा समाचारकै बहानामा संचारसंस्थामाथी समेत बेलाबेलामा आक्रमण हुने गरेको छ । गएको बर्ष २०६८ साल पुष ४ गते नयाँ पत्रिकामा छापिएको एउटा समाचारको निहुँमा केही ब्यक्तिको समुहले नयाँ पत्रिका दैनिकको कार्यालयमै आक्रमण गर्यो
समाचार छापिएपछि सम्बद्ध पक्षले कानुनी बाटो रोज्नुको साटो भौतिक आक्रमण कै बाटो अंगाल्ने गलत प्रवृत्तीका कारण समाचारमा सेल्फ सेन्सरसिपको अवस्था आउनु स्वतन्त्र संचारमाध्यमका लागी ठुलो जोखिम हो । फेरि बिगतदेखी हालसम्मका संचारमाध्यम बिरुद्धका घटनाहरु हेर्दा यो वा त्यो पक्षबाट मात्र पत्रकार तथा संचारमाध्यमलाई धावा बोलिन्छ भनिहाल्न पनि सकिने स्थिति छैन् भन्नुहुन्छ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं काठमाण्डौ उपत्यका संयोजक दिपक पाण्डे ।  
काठमान्डौं उपत्यका भित्र होस् या काठमान्डौ बाहिर, प्रकृती फरक फरक भएपनि पत्रकार तथा संचारकर्मीहरुले बिभिन्न समयमा बिभिन्न वहानामा धम्की तथा आक्रमण खेपिरहनुपरेको छ । गएको एक बर्षभित्र अर्थात २०६८ सालभरी देशभरी पत्रकारहरुमाथी हत्या अपहरण आक्रमण दुब्र्यबहार जस्ता घटनाहरु १२५ वटा भए । जसमा हत्या २ वटा, अपहरण १ वटा, आक्रमण २३ वटा, हातपात २१ वटा, गिरफ्तारी ४ वटा, धम्की ३६ वटा, प्रशारणमा रोक २ वटा, पत्रीका जलाईएको घटना ११ वटा, स्वतन्त्र समाचार सम्प्रेषणमा बाधा पुर्याईएको ९ वटा, संचारगृहमाथी आक्रमण ६ वटा, प्रेसको गाडीमा तोडफोड ६ वटा, गैरकानुनी रुपमा कामबाट हटाईएको ४ वटा घटनाहरु भएको नेपाल पत्रकार महासंघले निकालेको प्रेश स्वतन्त्रता बार्षिक प्रतिवेदन २०१० ⁄ ११ मा उल्लेख गरिएको छ ।
रिपोटमा आएको यी घटनाहरु बाहेक अरु धेरै घटनाहरु बाहिर नआई यत्तिकै लुकेका समेत छन् । यो बाहेक केही दिनअघि घोषणा गरिएको नेपाल बन्दका क्रममा देशभरी १ सय भन्दा बढी पत्रकारहरु धम्की तथा आक्रमणको शिकार बनेको घटना बाहिर आएको थियो । यस्तो जटिलताको बिचमा पत्रकारहरुमाथी हुने सुरक्षा जोखिमलाई केलाउने हो भने एक अक्षरपनि समाचार लेख्न सक्ने स्थिति नभएको फेरि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं काठमाण्डौ उपत्यका संयोजक दिपक पाण्डे को बुझाई छ ।
समाचारको निहुँमा पत्रकार एवं संचारसंस्थामाथी भएका यसप्रकारका घटनाले पत्रकार र पत्रकारीतालाई त जोखिममा पुर्याउँछ नै....त्यसको संगसंगै समाचार को निहुँमा गरिने यसप्रकारका भौतिक आक्रमण तथा धम्कीका घटनाले निस्पक्ष समाचार नागरिक सामु ल्याउन समेत सहज वातावरण हुँदैन । सुचनाहरु लुकाउनुपर्ने स्थितिले ल्याउने यस्तो भयावह परिणाम को भागिदार पत्रकार र संचारसंस्था मात्र होईन, आम नागरिक समेत हुनपर्छ ।


Leave a Reply

Subscribe to Posts | Subscribe to Comments

LIKE PLEASE.....

LIKE PLEASE.....
तपाईंको एक क्लिकले बिजेता बन्नसक्छ । त्यसैले कृपया माथिको फोटोमा क्लिक गरेर फोटो खोलेर (ओपन गरेर) फोटोमा लाइक गर्दिनुहोला ।

दम्पति

दम्पति
हामि जोइपोइ

धानखेतमा बाउसे गर्दै

धानखेतमा बाउसे गर्दै
असार १५ / २०७० गोलढुंगा, काठमाण्डौं

Creativity in Journalism

Creativity in Journalism
Picture published on the news of republica daily of 13 July,2013 about the training 'Creativity in Journalism organised by British Council on 8-12 July,2013

ललिता

ललिता
सुनसरीबाट प्रकाशित न्युजडटकम साप्ताहिकमा छापिएको मेरो कथा ललिता

सिकारुकेटो को हो ?

मेरो वारेमा ? मतलब म को हुँ ? निक्कैबेर घोत्लायो यो प्रश्नले । मेरो परिचय के ? गारो भयो यसको जवाफ दिन । चित्तबुझ्दो जवाफ नआउन्जेल सम्मको लागी उही सबैले दिने खालको परिचय दिँदैछु । वाआमाले राख्देको नाम पवन । थर न्यौपाने । जातले बाहुन (जुन म मेरो इच्छाले भएको हैन तैपनि हेपिनु परेको छ कतिपय अवस्थामा)ट्विटरमा @Shikaruketo सिकारुकेटो भनेर चिन्छन् मित्रहरुले । मोरंगको टंकिसिनुवारी (विराटनगर)हो मेरो घर। पेशाले रेडियो र मिडिया कन्टेन्टलाई कार्यक्षेत्र बनाएर हिँडेको ७० सालमा १० बर्ष पुगेछ । काठमाण्डौंमा डेरामा बसेर एउटा मिडियामा काम गर्ने गैससमा काम गर्छु । त्यहीँ पाएको पारिश्रामिकले आफु, श्रीमती र १ छोरीको जेनतेन गुजारा चलाएको छु । घुमफिर गर्न,नयाँ मान्छे भेटन, नयाँ कुरा सिक्न औधी रहर छ । हिँडदा, भेटदा, देख्दा समेटेका अनुभव अनुभुति एवं क्रियाप्रतिक्रियालाई कहिलेकाही यही ब्लगबाट शेयर गर्छु । यत्ति नै हो मेरो परिचय,रुची, इच्छा र अनुभव ।

सबैभन्दा बढी रुचाईएको

अब कक्षा १ मा

अब कक्षा १ मा
कक्षा १ पढन थालेँ नी म । सेन्ट मेरिज स्कुलमा छोरी कृपाको पहिलो दिन २९ अप्रिल २०१३

क्यामेरा, रोलिंग, एक्सन

क्यामेरा, रोलिंग, एक्सन
मित्र मिलन पौड्यालले कंचनपुरमा क्लिक गर्नुभएको तस्वीर

चन्द्रागिरी हाइकिङ

चन्द्रागिरी हाइकिङ
मित्र प्रमोद न्यौपानेले खिचिदिनुभएको तस्वीर
Powered by Blogger.

मैले कमाएको ~ मेरा मित्रहरु