Pages

Monday, 14 July 2014

ए बोलो झुप्पाचुप्पा : हाईकिङ नम्बर १५


जबजब महिनाको अन्तिम शनिबार निकट हुँदै जान्छ टाइमलाईन तात्ने एउटैमात्र बिषय बन्छ हाईकिङ । यही नै प्रवृत्ति वा भनौं ट्रेण्ड बन्दै आइरहेको छ करिब करिब बिगत डेढ दुइ बर्षअघिदेखी । जानेपाउने मिल्नेहरु जाने बिषयले टाइमलाइन भर्छन्भने जान नपाउने वा नमिल्नेहरु त्यसको खेदो खन्दै टाइमलाइनमा हाईकिङ हिटबनाउँछन् ।
Photo: @gautamab2624 
काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भनेझैं कसैका केहीले नी रोकिन्न र निरन्तर चलिरहन्छ यो हाईकिङ । प्रत्येक महिनाको अन्तिम शनिबार सधैंजसो गइरहिन्छ हाईकिङ । फरक पेशा
, फरक वर्ग, फरक उमेर, फरक ब्यहोरा, फरक आनिबानी, फरक खानपिन, फरक संस्कृति अनि फरक संस्कार, धेरैकुरा फरक भएपनि सबैको एउटै समान परिचय छ, ‘टुइटे। र, ति सबैले आफूलाई यो टुइटेभनाउँदामा गर्व नि गर्छन् । गर्व यसकारणलेपनि छ कि यि सबैको जमघटको मियो यही सामाजिक सन्जाल टुइटर नै हो । त्यही भएर, महिनाभरीको काम, थकान, दौडधुप, रस्साकस्सी सबै बिर्षेर एउटै टुइटेधरातलमा हिंडछन् गोडा केही दर्जनजति मनुवाहरु काँठ उपत्यकाका डाँडाकाँडा ।
Photo: @sunilshubham
म चैं @Shikaruketo 

यही क्रममा असारको २८ गते शनिबार । असार महिनाको अन्तिम शनिबार । गुरु पूर्णिमा पनि परेको थियो । हरेक मासको दैनिकी झैं यो महिनापनि तय भयो हाइकिङ रुट धुलिखेल नमोबुद्ध शंखुपाटी पनौति । शनिबारको हाइकिंङ भनेपनि हप्तादिन अघि देखीनै टाइमलाइन बिस्तारै तात्तिन थालिसकेको थियो । हाइकिङ जाने र भिसा जितेर भाँडा धस्काउनेहरुको जुहारी चल्न शुरु भैसकेकोथियो । केही गुनासो पोख्दैथे हाइकिङ पिकनिक भयो, केही सम्झँदैथे अघिल्लो महिना भोकले कटकटीएर करिब ५ बजे साँझ छेक नगरकोटमा खाएको ककनीको भात र तिन्लाई जवाफ फर्काउँदैथे, ‘के ब्रत बस्न गा हो त हाइकिङ ?’ तर, आगोले रोक्न सक्दैन आँधीले छेक्न सक्दैन भनेझैं तय भएसी भयो भयो र काकाबा एवं पागलवस्ती दाजुले उर्दी जारी गरे : हाइकिङ जान चाहनेले भोली शनिबार बिहान २ लिटर पानि र छाता बोकेर ७ बजेभित्र पुरानो बसपार्क आइपुग्नुहोला ।
टुइटरका आदरणिय काकाबा, केही हुँडारहरुदेखी बाहेक सबैले सम्मान गर्छन वहाँलाई, आफ्नो अभिभावक ठान्छन् टुइटेले । वहाँ एवं पागलवस्ती दाजुको जानकारीलाई उर्दीमानेर ५० जनाभन्दा बढी टुइटे भोलीपल्ट बिहान पुरानो बसपार्कबाट धुलिखेलको बस टिपेर हिँडियो करिब बिहानको सवा सात बजेतिर ।
Photo : @highway_unit5

भर्चुअल्ली करिब करिब सबैजसो परिचित तर ..........पर्सन्नली धेरैजसो अपरिचित । धेरै नयाँ अनुहार केही पुराना अनुहार । केही उरन्ठ्उला अनि केही पाका । गफ्फीँदै, गाउँदै, हल्लागर्दै करिब करिब साढे आठ बजे धुलिखेल पुगियो । चिस्सीएको मौषम, धुम्मीएको दिन, निलो आकासमा सेता हुस्सुले लुकामारी खेलिरहेको धुलिखेल पुग्दा प्राय सबैका ज्यान चिस्सीएतापनि मौषमको मधुमास इन्ज्वोए नै गरिरहेका झैं नै लाग्थ्यो सबै हाइकेका फूर्ति हेर्दा । मित्र सुजन पौडेल, बैनी कविता दाहाल ((मेदीनी) तथा पेशलब्रो, राजु दाहाल लगायतका केही मित्रहरु अझै धुलिखेल आइनपुगेकाले केहीबेर धुलिखेलमै कुरेर त्यहाँबाट संगै जाने सल्लाहअनुरुप करिब १ घंटाजसो धुलिखेलको कुराइमा प्रायः सबैले खाजापानि भ्याए । धुलिखेलस्थित जिल्ला प्रसासन अगाडीका केही होटलहरु टुइटेले भरिए । ति मध्ये एउटा होटल थियो काकाबाको होटल । प्रख्यात चेन ब्यापारका हाकिम हाम्रा काकाबालाई केहीले जिस्क्याए केहीले ठट्टा गरे काकाबाको चेन ब्यापार याँ सम्मनी रहेछ भनेर ।
Photo: @sunilshubham

जे होस् यहाँबाट खाजापानि खाइयो र अगाडी बढ्यो टोली । त्यहाँबाट करिब ५ मिनेट जति अगाडी बढेपछि १००० सिंढी चढने ठाऊँ आइपुग्यो र सबैजना त्यहीँ पर्खेर अब संगै हिँडने कुरो भयो । केहिक्षणको सिंढीको पुछारको कुराइपछी करिब करिब सबैजना आइपुगियो र गिन्ति गरियो त्योनी भेज र ननभेज छुट्याउँदै । कुल ५५ जनाको गिन्ति भयो जसमा ८ जनाजति भेज निस्किए । बनेपाका मित्र बिष्णुले नमोबुद्धमा खानपानका लागि जोहो गरेका कारण भेजी र ननभेजी संख्या दिनका लागि यो गिन्तीगनागन भएको थियो । त्यसपछि टोली खुडकिलो चढन थाल्यो ।
Photo: @sunilshubham
टुइट, टाइमलाइन, एमाले, महाअधिवेशन, गुरुपूर्णिमा, बल्र्डकप, जोक्स लगायतका बिषयका किस्सा थिए गफ्फीनका लागि । गफ्फीँदै अगाडी बढ्यो टोली । करिब साढे नौ बजेछेक त्यहाँबाट बाटो लागेको हाइके टोली एकघंटाजतिमा काभ्रेभन्ज्याँङ झ्रयो । बनेपा बर्दिवास सडकखण्डको यो ठाऊँबाट अगाडी पिचैपिच बढे भकुण्डे नेपालटार खुर्कोट सिन्धुली हुँदै बर्दिबास पुगिन्थ्यो । तर टुइटेको यात्रा गन्तब्य त्यता थिएन् । पहिलो डेष्टिनेशनथियो त्यहाँबाट करिब ५ किलोमिटरपर्तिर नमोबुद्ध । राजमार्ग छाडेर अगाडी च्याप्नुपर्नेथियो । त्यो भन्दा अगाडी परिचयका कार्यक्रम भयो त्यही काभ्रेभन्ज्याँङको सल्लाघारीमा । गुरुपूर्णिमाको दिन काकाबाका टुइटर गुरुआकारब्रोबाट शुरु भएको परिचयात्मक कार्यत्रममा सबैले नाम, थर, बतन, पेशा, ब्यबशाय, रुचि, अरुचि, विवाहित, सिंगल, मिंगलदेखी लिएर हेण्डलसम्मभनि भ्याए टुइटेले । अझ निकटता थप्यो अपरिचित र भर्चुअल्लीमात्र भेटिएका टुइटेमा यसले । र यसपछि टोली नमोबुद्धका लागि अगाडी बढ्यो ।
Photo: @sunilshubham
 (अधिकाँशजसोको हेण्डल तल उल्लेख गरिएको छ, अथक प्रयासका बाबजुतपनि स्पिलिङ गलत भएकोभए कृपया कमेन्टमा सच्याइदिनुहोला, पछि सच्याइनेछ ।)

हरिया डाँडाकाँडा, नेपथ्यमा देखिएका रमाइला फाँट एवं बस्तिहरु छिचोल्दै टुइटे लस्कर हिँडिरह्यो । आकाश धुम्मीएकाले हिमाल देख्ने अवशर पाइएन तर टुइटेका गफ हिमालभन्दा तेजिला थिए । बिन्दास हिँडे सबैजना । बाटोमा भेटिएका स्थानियहरुसंग बात मार्दै, जंगलमा फलेको घंघरुका दाना टिपेर खाँदै हिँडिरहे । घंघरुको बोटमा लाग्ने त्यो फल ( नाम बिर्षे चुथ्रो हो ?? ) टिपियो खाइयो ।
कल्ले खिच्या हो यो दाबी गरौं है :P
खासमा यो आँप हो ब्राजिलले ७ गोल खाएपछि घटेर यत्रो भएकोकाठमाण्डौंका बहुचर्चित नव घरबेटी एवं टुइटरका ब्लकिस्ट अफदि इयर (अत्याधिक ब्लक खानेमा पर्ने भएकाले यो ...पाधिले सम्मान गरिएको हो :P ) कुलरिम्स (जस्लाई म कुलाराम भन्छु किनकी उसलाई कुले भनेको मन पर्दैन :P) को घंघरुको फलमाथिको यो टिप्पणीले एकछिन् हाँसो गुन्जियो त्यो माहोलमा । यहीबिच मेदीनीले चकलेट बाँडिन, बकिल साहिबाले तितौरा । अरुले चैं खासै केही बाँड्या था भएन अर्को हाइकिंङमा बाँडनुस अनि नाम लेखम्ला :P । हिंडदै डुल्दै करिब डेढबजेछेक पुगियो नमोबुद्ध । ठुलो गुम्बा रहेको त्यो ठाऊँ बौद्ध धर्माबलम्बीहरुको तिर्थस्थल अनि त्यो आसपास घुमन्तेहरुको घुम्नेस्थलका रुपमा परिचित ठाऊँ हो ।
नमोबुद्ध गुम्बा Photo: @sunilshubham
लमजुंङबाट आएका ३ बस आमा समूहका सदस्यलाई अभिभादन सहित जम्काभेटमै भएनी स्वागत गरियो ।
गुम्बा घुमियो, फिरियो, ब्यक्तिगत तथा सामूहिक फोटोशेशनका केही शत्रहरु भए त्यसपछि नमोबुद्धकै पुरानो गुम्बा भएको ठाऊँ अगाडीको एक स्थानिय होटलमा दालभातको ब्यवस्था गरेका थिए मित्र बिष्णुले । टिमलिडर पागलबस्ती दाजुले नै कताजाने बाटो भुलेपछि हामि केही टुइटे माथी गुम्बामा अल्मलिरहँदा केही चैं तल होटल पुगिसकेका रहेछन्, पछि पागलबस्ती दाजुले फोन गरेर पत्ता लाएपछि करिब १० मिनेट तल झरेर होटल आइपुगियो । करिब ५५ जनाका लागि दाल, भात, आलु काउलीको तरकारी, बन्दाकोभीको तरकारी, गुन्द्रुक भटमासको अचार, टमाटरको अचार र मासु तैयार थियो । भोकाएको रनाहामा सबै भातमा झुम्मीए ।
दातभाताय: नम:
अघिल्लो महिना नगरकोटमा लास्टाँ दालभातमा मात्र परेका केही मित्र लाइन मिचेरै बिचमा छिरे
, पछाडी बसेकाले पनि तिनको मिचाइलाई सहर्ष स्विकार गरिदिए । भेजी ननभेजी सबैजनाले खानपान सके । २२५ र १७५ का दरले क्रमशः सबैले पैसो तिरे । लास्टाँ ६ पिलेटजति थप मासु कस्ले बढी खाइदिएछ, काउन्टरमा बसेका पागलबस्ती दाजु एकछिन तालु कन्याउन थाले । पछि के कसरी मिलाए उनी नै जानुन । बहुप्रतिक्षित भात कार्जेक्रम सक्कियो । भिसा जितेर भाँडा माझ्नेहरुका प्रणेता मान्ठाहजुर र मित्र कर्मठ हाइकिंगमा भएपनि यो भातशत्रमा देखिएनन् र होटलवालाले तिन्को भाँडा माझ्नुपरेन:P 
दालभात शत्रपछि हाइके टोलि नमोबुद्धबाट पनौतिका लागि ओरालो लाग्यो । ओरालिने क्रममा केहीको गति तेज भयो, केहीको मध्यम अनि केहीको धिमा । गति अनुसारका समूह बनेँ । कोही अगाडी कोही बिचमा कोही पछाडी । अघिल्लो पंक्तीमा आकारब्रो, काकाबा लगायतको टोली, त्यसपछि दिलमाया लगायतको टोली, त्यसपछि कुलाराम र हामी सहितको टोली र अन्त्यमा कान्छा सुनिल लगायतको टोली, पाइलाका रफ्तारसंगै अघिपछि भए ।
Photo: @sunilshubham
शंखुपाटीमा लागेको साढे ३ को गाडीलाई झापालीमाइलो लगायत केहीले यात्राको माध्यम बनाएभन्ने पछि सुनिएपनि अधिकांशले पैदलयात्रालाई नै निरन्तरता दिए ।  कान्छाहरुको टोलिलाई हामिले पख्र्यौं र एउटै जम्बोटोली बन्यो करिब २५ जनाभन्दा बढी जतिको । पहीलो ३० जतिको टोली करिब ३० मिनेटजसो अगाडीका पाइलामा पुगिसकेकाथिए । सोही अनुसार पनौति पुगेर काठमाण्डौंको बस समातेर हुँईकिए त्यो टोली । पछिल्लो टोली गित
, अन्ताक्षरी, दोहरी गाउँदै सडकमा हिँडेको देख्दा गाउँले रमाइलो मानेर हेरिरहेकाथिए । जल्थाईको पोको बोकेर जान्न म त काठमान्डौं गाना गाम्ने धोको बोकेर देखी बोलो झुप्पाचुप्पा ए बोलो झुप्पाचुप्पा सम्मको गितियात्रा कार्जेक्रम करिब ५ बजे पनौति बजार पुग्दा केहीबेरका लागि स्थगित भयो । वाताबरण बनाउन प्रहरीसंग कान्छाले हातै मिलाएको देख्दा प्रहरीपनि दंग मान्दै हेरिरहेकाथिए भने एकैछिन् पनौति बजार नै झुप्पाचुपाले गुन्जायमान भएको थियो ।
Photo @gaunkomanchhey
पनौतिबजारमा चिया शत्र गरेपछि बस चढियो, बसमा फेरि शुरु बोलो झुप्पाचुप्पा । डाइबरले आएर ओर्लनुस् तपाईंहरु भन्दा केटाहरु चुपचाप, तर गाडी पनौतिबाट हिडेपछि मित्रहरु त्यही त हो डाइबरलाई 'पनौती' लाएरै फेरि शुरु भै हाले ए बोलो झुप्पाचुप्पा । ए बोलो झुप्पाचुप्पा । कोटेश्वर सम्मको करिब डेढ घंटाको यात्राअवधीभर निरन्तरता पायो यसले । घर आइपुग्दा ठ्याक्कै आठ बजेको थियो । टाइमलाइनमा गएका र नगएकाहरु दुवैले हाइकिंङ टपिक चलाइरहेका थिए । जे होस् धानिदिन्छन् हाइकेलाई नगएका नाइकेहरुले कुरै काटिदिएर भएपनि । यस्सो टाइमलाइन चिहाएँ । अनि एउटा टुइट ठोकेर बिश्राम लिएँ । टुइट त्यही थियो जुन करिब ५ घंटाबाट  मेरो मुखमा अझैपनि झुन्डीरहेको थियो : ए बोलो झुप्पाचुप्पा । तथास्तुः बाँकी अर्को साउन महिनाको हाइकिङपछि :P

हाईकिङका बारेमा गरिएको ट्विटहरुको स्टोरिफाइका लागि यहाँ क्लिक गर्नुहोस् । 


थप तश्विरहरु 





दिलमाया र सामना



Photo : @gaunkomanchhey
Photo : @gaunkomanchhey



 
कुलरिम्स, पागलबस्ती, सुजन, सुन्ना लगायत

आभा, अस्मिता, बिजय लगायत
सहभागी टुइटेहरु :
@kakabaa @aakarpost @ipagalbasti  @highway_unit5 @advctmaheshor1 @rajthapaliya @pyakurelprakash @anitasapkota @rishipoudel @wakil_sahiba @dhakal_paras @ujjwal999 @gaunkomanchhe @khurpeto @sujanstha26 @peshalbro @leo_raj33 @ruku_pokhrel1 @zanshin_luce @cooolrims @sujanpoudel @MrNawaraj @gautamab2624 @imaantha @freakamu @sunisubham @putalithapa @pluckysuraj @kpstar2014 @me22friend @deepanjana @karmath @kbtdhl @mail8sudan @dibitaryal @ikanchha @i_bishnu #kalpanaghimire @awesomitaa @_Kshitiz @avaramdam @nirandai @microfiroz @ @ekaamnepali @mphuyal67 @rockspokhrel @bzaydhital @dh_raj @wizashish @rubinamakai @prabit @Pzerooo @cooolrims @finlip #anantaPhuyal  #sangamkc & at last but not the least @Shikaruketo 
(छुटपुट, स्पेलिंग इरर वा गलत भए कृपया कमेन्टमा गएर खबर्नुहोला । सच्याइनेछ । )


13 comments:

  1. Its @highway_unit5 not @highway_unified

    ReplyDelete
  2. Mero @MrNawaraj ko mrnabaraj vayexa

    ReplyDelete
  3. its dhakal_paras not parash दाजु, फेरी एक पटक सम्झिए त्यो हाइकिङ। Really enjoyed .

    ReplyDelete
  4. आझै पनि दु:ख लगिरको छ मैले मिस गरे किन की मैले अलामलाई विश्वाश गरे । :पी

    ReplyDelete
  5. yo group sanga hiking jane bichar cha hai .

    ReplyDelete
  6. मेरो पहिलो हाइकिङ यति यादगार होला सोचेको थिइन्, अब आउने प्रत्येक हाइकिङ नछुटाउने प्रयास गर्नेछु।
    (उहि ब्राजील को जर्सी वाला)

    ReplyDelete
  7. @karmth हो दाजु @karmath त अर्कैले लगि सकेछ !! :)

    ReplyDelete
  8. कुनै दिन यो ग्रुपमा सामेल भएर हाईकिंग जानेछु | अबको छुट्टी आउँदा महिनाको अन्तिम शनिबार नेपाल मै हुने र हाईकर्स सँग भेटिने आशा छ | it's me @pearl_nepal

    ReplyDelete
  9. मेरो @Aanitsapkota हुनुपनॅ Anitasapkota भएछ। कृपया correct गरिदिनु होला।

    ReplyDelete
  10. २ पटक पढियो नी ...

    ReplyDelete
  11. हाइकिङ सफलता पुर्बक सम्पन्न भएछ, आसा गरौ कुनै दिन नेपालमै भैइएछ भने सामेल हुन पर्ला।

    ReplyDelete