Pages

Friday, 2 May 2014

के चाहिए को ?


तश्वीर स्रोत : गुगल दाजु

(यो ब्लग लेख्नुपछाडीको सन्दर्भ : बिविध कर्मकाण्ड गरिरहेका र थरिथरीका ब्यापार ब्यवशाय एवं सेवामा हातहालेका धेरै टुइटे हामि यहीँ छौं । सम्झनसकेजति ति सबैको ब्यबशाय उल्लेख गरेर एउटा ब्लग तैयार पार्यो भने त चाहिया बेला यस्सो यहीँ हेरेर सम्पर्क गरे भै गो नि । ट्विटर रमाइलो सामाजिक संजाल । फरक फरक वर्ग, पेशा, क्षेत्र, अनभुब एवं बिज्ञता बोकेकाहरुको जमघट हुने थलो । यो थलोले यि फरक विचार, पेशा, क्षेत्र, वर्ग भएका सबैलाई बाँधेर राखेको छ । यसको एउटा सुन्दरता योपनि हो । त्यतिमात्र हैन, उनिहरुको क्षेत्र एवं ब्यवशायबाट अर्दापर्दा काम टार्न पनि सकिन्छ । यत्ति उदेस्यले लेखौं न त भनेर शुरु गरेको, अहिलेलाई यतिसम्म साथिहरु सम्झनपुगेँ । कोही छुटनुभएको भए सम्झाउनुहोला, म थप्नेछु । र यदी, कसैलाई यहाँ आफ्नो नाम र हेण्डल राखिएकोमा आपत्ती भएमा खबर गर्नुहोला । तुरुन्त हटाइनेछ । अहिलेलाई के चाहिए को तिरै लागौं है त ! )    



लत्ता कपडा जुत्ता चाइनिज ब्रान्डेड सामान चाहिएमा हरि न्यौपाने उर्फ @kakabaa

सिमेन्ट रड बालुवा ईंटा ढुंगा गिट्टी बालुवा चाहिएमा पेशल पोखरेल उर्फ @peshalbro
यौनरोग, चर्मरोग, गनोरिया, भिरंगी लगायतका समस्या देखिएर उपचार गर्नुपरे बद्री चापागाईं ऊर्फ मान्ठा डाक्टर साप उर्फ @iMaanthaa
खासाबाट मालसामान ल्याम्न, छुटाम्न परे वा खासाबारे बुझ्नपरे सुवासकुमार कोइराला उर्फ @cooolrims
सेम्पु,पाउडर, अन्डरगार्मेन्ट्स लगायत होजियारी सामान चाहिए अमृत दाहाल उर्फ @oops_u
बिभिन्न कम्पनिमा भाइ भतिज भान्जा भान्जि सालो सालीलाई जागिर लाउनपरे भुवन कोइराला उर्फ  @koiralabhuwan 
फिल्म डकुमेन्ट्री सिरियल टेलिसिरियल आदी इत्यादी बनाउनुपरे प्रकाश लामिछाने उर्फ @baabajee
केटाकेटी पढाम्ने मास्टर चाहिएमा तित्रो उर्फ बिधुत लामिछाने उर्फ  @TheBiddhut
मोवाइल, आइप्याड, आइपोड आदी इत्यादी बिधुतिय सामान किन्नपरे गाइघाटे माइला साऊ उर्फ @iMaila_Saau
माइला साऊकोबाट किनेका मोबाइल, आइप्याड, आइपोड बिग्रे मर्मत गर्नुपरे कुमार फुँयाल दाजु उर्फ @iPagalbasti
गितका शब्दहरु खरिद गर्नुपरे सविन सिंह एकतारे उर्फ  @Ektarey
कलेजमा छोराछोरी आइकम बिकम एमकम सिए बिए पढाउनुपरे सहदेब सिग्देल दाजु @sasi108
क्युएफएक्सको टिकेट चाहिए सन्तोष पोखरेल उर्फ @sapkl
प्रकाशकबाटै पुस्तक खरिद गर्नपरे वा केकी अधिकारीसंग पहुँच पुर्याउनुपरे निराजन सिंखडा ऊर्फ @NiranDai
अस्ट्रीचको मासु चाहिए डाइफरगुनर जी उर्फ @Die4gooner
हेटौडा पुग्या बेला होटलाँ बास बस्नुपरे मोटल अभोकाडोका उमेश सिग्देल दाजु उर्फ @sigdelumesh
पानि पर्छ पर्दैन, रेनकोट छाता बोक्नपर्नी हो कि नै भन्ने बुझ्नपरे समिर दाजिक्षित ऊर्फ @sameermdixit
कागज कलम कापि किताप मसलन्द आदी इत्यादी चाहिए सुदिप खतिवडा उर्फ @chhote_don
गित संगित म्युजिक भिडियो निर्देशन गर्नुपरेमा गणेश आचार्य उर्फ @theganeshlife
तथास्तु । 

1 comment:

  1. अनि लास्टाँ फ्रिज ब्यापारी को रचन् त ?

    ReplyDelete