Posted by : Anonymous
Wednesday, 27 March 2013
 |
हरेक बिहीबारको दिन लाग्ने गर्छ यहाँ यस्तो हाट |
सामान्यतया: सातामा एकपटक वा एउटा बार पारेर तराई तथा पहाडी क्षेत्रमा लाग्ने बजारलाई हाट भनिन्छ । नुन, तेल, मेथी, जिरा, मरिच बेसार देखी लत्ताकपडा भाँडाकुँडासम्मको किनबेचमात्र होइन्, घरेलु उत्पादनहरु कुखुरा, अण्डा, तरकारी, फलफुल, अन्न, गेडागुडी, सागपात बजार पुर्याएर बेच्ने र त्यसको पैसोले अन्य सरदमको जोहो गर्ने पुलको काम समेत हाम्रा गाउँघरमा लाग्ने हाटबजारले गरिरहेको छ । यतिमात्र होइन, साताको एकदिनभएपनि घुमफिर गर्ने , साथीभाई आफन्त भेटघाट गर्ने र रमाइलो गर्ने मेसो समेत कैयौं सर्वसाधारणले हाटबजारकै दिन मिलाउँछन् । गएको साता पुर्वी पहाडी जिल्ला धनकुटामा यस्तै हाट भ्रमण गर्ने अवशर मिल्यो । सामान्यता तराईमा साँझ पर्न थालेपछि हाट शुरु हुन्छ भने पहाडमा चैं मध्यान्ह् पछि प्रायः हाट सकिन थाल्छ, गएको चैत्र ८ गते बिहीबार करिब बिहानको ११ बजे धनकुटा कोप्चेस्थित बिहीबारे हाट पुग्दा देखिएका केही जिवनहरु तश्वीरमार्फत देखाउने प्रयास गरेको छु ।
 |
पहाडी उखु स्वादै बेग्लै हुँदो रहेछ नी हौ |
 |
कोइरालोको फुल बेच्न बस्नुभा दिदिहरु |
 |
गाउँको केरा, सारै स्वादिलो । बिकाश दाईले किनेर जो खुवाउनुभो । |
 |
हाटे-होटलबाहिर स्थानिय महिला |
 |
ब्यापारपनि गरियो, अब छुस्स एक बटुको जाँड र एकतुक सुर्ति तानेँ मैले के बिराएँ |
 |
के खाने भाई ? - हाटे-होटल |
 |
ब्यापार सकियो, अब लाग्नुपर्यो घरतिर |
 |
एकडोका सागमा अब यत्ति हो बाँकी, लगि हाल्नुस् अचार मिठो हुन्छ यस्को |
 |
अब यत्ति हो बाँकी, लगि हाल्नुस् अचार मिठो हुन्छ यस्को |
 |
घरकै काउली हो, मात्र २५ रुपैंया केजी |
 |
किनबेच भैसक्यो, अब एकछिन थकाइ मारौं सुर्ती पिऊँ |
 |
तराईको आलुचप भुजापनि पुगिसक्यो पहाडको हाटमा |
 |
लत्ताकपडा पो चाहियो कि ? |
 |
लत्ताकपडा पो चाहियो कि ? |
 |
डोकोनाम्लो पनि छ है । |
 |
सुकेका माछा |
 |
सुकेका माछा |
 |
नाङलो, कोदालो, हँसिया, खुर्पा |
 |
धनकुटे नरिवल बिस्कुट, २००८ सालमा बिपी कोइरालाले उदघाटन गरेको स्व पुर्णबहादुर श्रेष्ठको मोहन नरिवल बिस्कुट अहिले नी उत्तिकै प्रख्यात छ |
 |
अदुवा चाहियो कि सुकेको खुर्सानी ?? |
 |
गाउँको केरा, सारै स्वादिलो । बिकाश दाईले किनेर जो खुवाउनुभो । |
 |
गाउँको केरा, सारै स्वादिलो । बिकाश दाईले किनेर जो खुवाउनुभो । |
 |
हाम्रो नी फोटो खिचिदेऊ है भाई |
 |
डोकोडालो मुडा लाने हो कि ? |
 |
ए कोइरालो भाई कोइरालो लाने हैन :ञी |
 |
कोइरालोलाई वाल हान्दै काभ्रोको कोपिला पो सोध्दैछन् हाम्रा कोइराला दाई |
 |
रसिलो पोसिलो उखु
धेरैपछि पहाडी हाटको अवलोकन, जिवनका केही फरक आयामहरु देख्ने र देखाउने मेसो मिल्यो । हेरिदिनुभएकोमा धन्यवाद । यात्रामा साथ दिने बिकास कोइराला दाजुलाई पनि धेरैधेरै धन्यवाद । |
अरु त हैन लोकल केरा पाए चै खान्थे जस्तो भन्ने लाग्या छ !
ReplyDeleteजीवन्त फुटाहरु । दामी लागो गुरु :)
ReplyDelete