के चाहिए को ?


तश्वीर स्रोत : गुगल दाजु

(यो ब्लग लेख्नुपछाडीको सन्दर्भ : बिविध कर्मकाण्ड गरिरहेका र थरिथरीका ब्यापार ब्यवशाय एवं सेवामा हातहालेका धेरै टुइटे हामि यहीँ छौं । सम्झनसकेजति ति सबैको ब्यबशाय उल्लेख गरेर एउटा ब्लग तैयार पार्यो भने त चाहिया बेला यस्सो यहीँ हेरेर सम्पर्क गरे भै गो नि । ट्विटर रमाइलो सामाजिक संजाल । फरक फरक वर्ग, पेशा, क्षेत्र, अनभुब एवं बिज्ञता बोकेकाहरुको जमघट हुने थलो । यो थलोले यि फरक विचार, पेशा, क्षेत्र, वर्ग भएका सबैलाई बाँधेर राखेको छ । यसको एउटा सुन्दरता योपनि हो । त्यतिमात्र हैन, उनिहरुको क्षेत्र एवं ब्यवशायबाट अर्दापर्दा काम टार्न पनि सकिन्छ । यत्ति उदेस्यले लेखौं न त भनेर शुरु गरेको, अहिलेलाई यतिसम्म साथिहरु सम्झनपुगेँ । कोही छुटनुभएको भए सम्झाउनुहोला, म थप्नेछु । र यदी, कसैलाई यहाँ आफ्नो नाम र हेण्डल राखिएकोमा आपत्ती भएमा खबर गर्नुहोला । तुरुन्त हटाइनेछ । अहिलेलाई के चाहिए को तिरै लागौं है त ! )    



लत्ता कपडा जुत्ता चाइनिज ब्रान्डेड सामान चाहिएमा हरि न्यौपाने उर्फ @kakabaa

सिमेन्ट रड बालुवा ईंटा ढुंगा गिट्टी बालुवा चाहिएमा पेशल पोखरेल उर्फ @peshalbro
यौनरोग, चर्मरोग, गनोरिया, भिरंगी लगायतका समस्या देखिएर उपचार गर्नुपरे बद्री चापागाईं ऊर्फ मान्ठा डाक्टर साप उर्फ @iMaanthaa
खासाबाट मालसामान ल्याम्न, छुटाम्न परे वा खासाबारे बुझ्नपरे सुवासकुमार कोइराला उर्फ @cooolrims
सेम्पु,पाउडर, अन्डरगार्मेन्ट्स लगायत होजियारी सामान चाहिए अमृत दाहाल उर्फ @oops_u
बिभिन्न कम्पनिमा भाइ भतिज भान्जा भान्जि सालो सालीलाई जागिर लाउनपरे भुवन कोइराला उर्फ  @koiralabhuwan 
फिल्म डकुमेन्ट्री सिरियल टेलिसिरियल आदी इत्यादी बनाउनुपरे प्रकाश लामिछाने उर्फ @baabajee
केटाकेटी पढाम्ने मास्टर चाहिएमा तित्रो उर्फ बिधुत लामिछाने उर्फ  @TheBiddhut
मोवाइल, आइप्याड, आइपोड आदी इत्यादी बिधुतिय सामान किन्नपरे गाइघाटे माइला साऊ उर्फ @iMaila_Saau
माइला साऊकोबाट किनेका मोबाइल, आइप्याड, आइपोड बिग्रे मर्मत गर्नुपरे कुमार फुँयाल दाजु उर्फ @iPagalbasti
गितका शब्दहरु खरिद गर्नुपरे सविन सिंह एकतारे उर्फ  @Ektarey
कलेजमा छोराछोरी आइकम बिकम एमकम सिए बिए पढाउनुपरे सहदेब सिग्देल दाजु @sasi108
क्युएफएक्सको टिकेट चाहिए सन्तोष पोखरेल उर्फ @sapkl
प्रकाशकबाटै पुस्तक खरिद गर्नपरे वा केकी अधिकारीसंग पहुँच पुर्याउनुपरे निराजन सिंखडा ऊर्फ @NiranDai
अस्ट्रीचको मासु चाहिए डाइफरगुनर जी उर्फ @Die4gooner
हेटौडा पुग्या बेला होटलाँ बास बस्नुपरे मोटल अभोकाडोका उमेश सिग्देल दाजु उर्फ @sigdelumesh
पानि पर्छ पर्दैन, रेनकोट छाता बोक्नपर्नी हो कि नै भन्ने बुझ्नपरे समिर दाजिक्षित ऊर्फ @sameermdixit
कागज कलम कापि किताप मसलन्द आदी इत्यादी चाहिए सुदिप खतिवडा उर्फ @chhote_don
गित संगित म्युजिक भिडियो निर्देशन गर्नुपरेमा गणेश आचार्य उर्फ @theganeshlife
तथास्तु । 

Friday, 2 May 2014
Posted by सिकारुकेटो

सिकारी डन


‘सिकारी, ए सिकारी तिमी ट्विटरमा चर्चित रैछौ । तिमिसंग सहकार्य गर्नुपर्यो ।’ ट्विटरमा मैले फलो गरेको एउटा छद्म हेण्डलबाट डिएम आयो ।
‘सहकार्य ? कस्तो सहकार्य भन्न खोज्नुभएको ?’ मैले थप जिज्ञाशा राखेँ  ।
‘तिमि सिकारीबाट अब सिकारी डन बन्नपर्यो अब ।’ उताबाट फेरि डिएममै रिप्लाई आयो ।
‘सिकारी डन....तर.......’ म अल्मलिएँ ।
‘हो, सिकारी डन । हाम्रो पार्टीलाई तिम्रो खाँचो छ । हाम्रो पार्टीको युवा दस्ता सम्हाल्न तिमि अब सिकारी डन बन्नपर्नी भो । ’ अलि कडा भावमा जवाफ आयो ।
Sunday, 28 July 2013
Posted by सिकारुकेटो

यस्ता पनि गुरु

आज गुरु पूर्णिमा। गुरुप्रति श्रद्धा र आभार प्रकट गर्ने दिन। गुरुले हामीलाई जीवनमा अघि बढ्न महत्त्वपूर्ण ज्ञान दिएका हुन्छन्। तर आफ्ना विद्यार्थीलाई यातना दिएर गोरुचुटाइ गर्ने गुरुहरु पनि हुन्छन्। यातनासहितको सिकाइबारे पवन न्यौपानेको ब्लग- ‘के सिकाउँदैछौं हामी बालबालिकालाई ?’ 
साभार : माइसंसार 
यातनासहितको सिकाइ : के सिकाउँदैछौं हामी बालबालिकालाई ? 
Picture:Google
प्रसंग १ : आजभन्दा करिब २ दशक अघि फर्कन मनलाग्यो । स्कुले जिवनको क्षणथ्यो त्यो ।  गाऊँकै सरकारी स्कुल थियो । शायद हामी ५ कक्षामा पढ्थ्यौं त्योवेला । एकजना शिक्षक थिए । 

बिद्यार्थीले सामान्य गल्ति गर्दापनि ब्लेडले पाखुरा चिरेर चकको धुलो छर्कन्थे, बोल्नसक्ने हिम्मत कसैको थिएन । ति शिक्षकको त्यो ब्यबहारका कारणले तिनि बाटोमा हिंडदापनि हामी डराउने गथ्र्यौं । तर निजको यो ब्यबहारले न त हामीलाई अनुसाशनको बाटो तिर डोह्याउने पुष्ट आधार नै दियो, न त निजलाई चुनौति दिंदै अनुसाशन तोडन नै उद्यत गरायो । हामी १० कक्षामा पुगेर बिद्यालयका कतिपय सवाललाई उठाएर बिद्यालयमा हडताल गर्दामात्र ति शिक्षकको त्यो प्रवृत्ती बन्द हुनुपर्छ भनेर हामीले पहिलोपटक सामुहिक रुपमा आवाज उठाएका थियौं ।
Sunday, 21 July 2013
Posted by सिकारुकेटो

तस्विरकथा : गन्तब्य लप्सिफेदी

धर्तीमा स्वर्ग
काठमान्डौं खाल्डोको दौडधुप, रस्साकस्सी, ब्यस्तता र कामको चापाचापले थकित हुनुहुन्छ ? साताभरी वा महिनाभरीको कामबाट थकित भएर अलिकति भएपनि प्रकृती र ग्रामिणजिवन शैलीसंग रमाउन चाहिरहनुभएकोछ ? धेरै समयपनि छैन, खर्चपनि बजेट खर्चमै रमाईलो गर्न चाहनुहुन्छ ? नगरकोट, धुलिखेल, ककनी, गोदावारी जस्ता ठाऊँहरु सुझायोभने यि ठाऊँ त गइरहेको हो वा गैसकेको हो कत्ति जानु भन्ने पनि लाग्न सक्छ तपाईंलाई । 

त्यसोभए बजेटका हिसाबले, दुरीका हिसाबले, सुबिधाका हिसाबले लगायत सबै हिसाबले सुहाउँदो ठाऊँ हुनसक्छ काठमाण्डौंबाट मात्र करिब २० किलोमिटर पूर्वोत्तरतर्फको स्थान लप्सीफेदी । 
Friday, 31 May 2013
Posted by सिकारुकेटो

जुम्लाको भिआईपी यात्रा


कर्णाली अंचलका करिब ३ दर्जन संचारकर्मीहरुलाई संबैधानिक सवालमा अभिमुखिकरण कार्यक्रम संचालन गर्ने उदेश्यले २०११ सेप्टेम्बर ११ तारिखका दिन जुम्ला जाने योजना बनाईयो । जुम्ला,निक्कै सुनेको नाम र जान इच्छा लागेको ठाऊँमध्ये एक .......त्यहीँ माथी ५ जना अत्यन्तै रमाईला मान्छे । पत्रकारहरुका नेता शिव गाऊँले दाई, संबिधानबिद काशिराज दाहाल सर,यु एन डी पी कि रेनु क्षेत्री, इक्वल एक्सेसका उपेन्द्र अर्याल सर र सगुन बस्नेत दिदिका साथमा ..... यात्रा रमाईलो र अविश्मरणिय बन्ने कुरोमा निक्कै विस्वस्त थिएँ .....कैले जुम्ला पुगिएला, कस्तो होला जुम्ला,
समयमै उडान भर्न पाईएला नपाईएला यस्तै यस्तै तर्कनाहर गर्दागर्दै जुम्लाका लागी हिँडने दिन आइपुग्यो ।


Friday, 17 May 2013
Posted by सिकारुकेटो

तिमी कहाँ खेल्छौ ?


सेन्ट मेरिज स्कुलमा कक्षा १ मा पढने कृपा ६ बर्षकी भईन् । साताको ५ दिन उनी स्कुल जान्छिन् । शनिवार र आईतवार उनको स्कुल बिदा हुन्छ । बिदाको दिन प्रायः जसो उनी बाबा, मम्मीसंग घुम्न र नयाँ ठाऊँ हेर्न जाने गर्छिन् । त्यो देखी बाहेक अरु दिन स्कुलबाट फर्केपछि उनी होमवर्क सक्छिन् र उनी बस्ने घर छेऊमै रहेको चिल्ड्रेन पार्कमा खेल्न जान्छिन् । त्यहाँ उनी पिङ्ग खेल्छिन्, चिप्लेटी खेल्छिन् र रमाउछिन् । त्यहीँ खेल्न जाने क्रममै उनले त्यही चिनेर साथीहरुपनि बनाएकी छिन् ।

पाठशाला नेपाल काठमान्डौंमा कक्षा ३ मा पढने राहुल १० बर्षका भए । उनीपनि साताको ५ दिन स्कुल जान्छन् । स्कुलबाट आएपछि भने उनी घरभित्रै कम्प्युटर गेम खेल्छन्, कार्टुन हेर्छन् । पावर रेन्जर उनलाई मनपर्ने कार्टुन हो । बाहिर गएर खेल्नुभन्दा घरभित्रै खेल्न उनलाई मनपर्छ ।
Tuesday, 7 May 2013
Posted by सिकारुकेटो

बधाई खाने १२ काइदा


सामाजिक संजाल अझ त्यो पनि फेसवुकमा बिभिन्न स्टाटस एवं फोटोहरु राख्ने चलनले यति ब्यापकता पाउन थाल्यो कि कहिलेकाहीँ त तश्वीर किन खिच्ने भन्दा फेसवुकमा राख्न भन्ने झैं भैसक्यो ।

 यो संगसंगै जन्मदिनका अवशरमा, विवाहको बर्षदिनको अवशरमा, पास भएको अवशरमा होस, या विदेश गएको अवशरमा, या त स्वदेशमै केही गरेको अवशरमा होस्, हरेक अवशरका स्टाटस तथा फोटोहरु मान्छेले पोष्ट गरिरहेका हुन्छन् ।

मान्छे, जातैले आरिसे प्राणी । अझ प्रशंसा, बधाई, शुभकामनाको त झनै भोको हुन्छ । यो भोक कहिलेकाहीँ
गज्जपले नै लाग्छ । तर यो पाउनेपनि उपाय छ । बुद्धी लायो भने मज्जाले पाइन्छ बधाईका ओइरो । शुरुवात गर्नमात्र गारो हो । आफैंले शुरु गर्ने केही काइदा यस्तो छ । फेसवुकमा प्रायः जसो राखिएका स्टाटस र तश्वीरहरु हेर्दा यस्तो पाईयो बधाई पाउने काइदा ।
Wednesday, 1 May 2013
Posted by सिकारुकेटो

असामाजिक नवनार्औ सामाजिक सञ्जाललाई


आज मे १,२०१३ बुधबार कमाण्डर पोष्ट दैनिकमा छापिएको मेरो आलेख असामाजिक नबनाऔं सामाजिक संजाललाई


Posted by सिकारुकेटो

नदेखिएको पाटो : भर्ना आतंक

                          अप्रिल ११, २०१३ को हिमालय टाइम्स दैनिकमा छापिएको मेरो लेख नदेखिएको पाटो : भर्ना आतंक


Posted by सिकारुकेटो

सामाजिक संजाल vs असामाजिक ब्यवहार


सन्दर्भ : विश्व ब्लगर्स दिवस मे २
केही दिनअघि फेसवुकको भित्तामा सूचना तथा संचार मन्त्रालयको नामबाट लेखिएको एउटा सरकारी बिज्ञप्ति पोष्ट भयो र विस्तारै विस्तारै त्यसले विभिन्न सामाजिक संजालहरु नै भर्यो । सूचना  मन्त्रालयको लेटरहेडमा छापसहित सूचना तथा संचारमन्त्री माधव पौडेलले हस्ताक्षर गरेको एउटा सूचना थियो त्यसमा । सूचनाको आशय फेसवुकको माध्यमवाट राजनितिक नेताहरुलाई असभ्य भाषाशैली प्रयोग गरेर गाली गरेको र फोटाहरु पोष्ट गरेको कारणले २०७० बैसाख १ गतेवाट नेपालमा फेसवुक बन्द गरिने भन्ने खालको थियो ।
यो पोष्टले सामाजिक संजालहरुमा एकखालको तरंग नै उत्पन्न गरायो । विश्वाश नगरौं त मन्त्रीको हस्ताक्षर र मन्त्रालयको छाप सहित विज्ञप्ति आएको छ । विश्वास गरौं त, अरु नै विषयलाई प्राथमिकता बनाएर भर्खरै आएको वर्तमान सरकारले यस्तो निर्णय गरेर के सन्देश दिन खोजेको होला? कतै संचार नै संसार भईरहेको यो स्थितिमा यसप्रति अनुदार हुन खोजेको संकेत त होईन? यो दुविधा र अन्यौल निक्कैवेरसम्म रहिरह्यो । अहिलेसम्म आइपुग्दापनि त्यो पोष्ट संचारमन्त्रालयको आधिकारिक होइन, फेक अकाउन्टबाट पोष्ट भएको भन्नेसम्मको जानकारी बाहिर आएपनि सरकारी छाप र मन्त्रीको हस्ताक्षर चोरेर यो हदसम्मको अफवाह फैलाउने काम गर्ने ब्यक्तिको हो भन्ने पत्ता लागेको छैन् । अनि पत्ता लागि हालेपनि के कारवाही हुन्छ? कारवाही हुन्छ या हुन्न भन्ने पनि अन्यौलमै छ ।
Sunday, 14 April 2013
Posted by Anonymous

नदेखिएको पाटोः भर्ना आतंक


उज्यालो नाइन्टी नेटवर्कमा कार्यरत पत्रकार सुनिल न्यौपानेले केहीदिन अघि आफ्नो फेसवुक स्टाटसमा लेख्नुभयो भर्ना फारम २५, परिक्षाको १ सय जम्मा त १२५ नै हो । तर आफ्नो बिद्यालयको प्रचारका लागि छापेका सामग्रीको ३७५ थपेर ५ सय तिर्नै पर्ने । सरकारले तोकेका कानुन मानेका रे निजी बिद्यालयले । निजी बिद्यालयको नाममा खुलेका अभिभावक लुट्ने अड्डाहरु :('
अहिले नयाँ शैक्षिकशत्र सुरु हुने क्रमसंगै बिद्यार्थी भर्नाको माहौल चलेको छ, काठमाण्डौंका निजी बिद्यालयभित्र । भर्ना अभियान नियाल्ने अभिभावक र तिनका बालबालिकाहरुमा एककिसिमको आतंक नै मच्चिएको छ । पत्रकार न्यौपानेको यो फेसवुक स्टाटस त्यही भर्ना आतंकको प्रतिकात्मक बिरोधमात्र हो ।
नाम चलेका बिद्यालयमा भर्ना गराउने नाममा बालबालिकालाई ‘पढ.....पढ र मात्र पढ’ भनेर दिइने मानसिक दवाब होस, या नाम चलेका भनेका बिद्यालयहरुले अभिभावकको ढाड नै सेक्नेगरी लिने मनपरी शुल्कका कारणले होस्, धेरै अभिभावकका टाउका रन्थनिएका छन् । भर्नाशुल्क बाहेक कलिला बालबालिकालाई घण्टौ लाइनमा उभ्याएर दिन लगाइने प्रवेश परिक्षाले धेरै बालबालिकाका मस्तिस्क खल्बलिएकाछन् । अभिभावक हुन या तिनका बालबालिका, दुवैले आ–आफ्नै स्तरका तनाव खेपिरहेका छन । 
Wednesday, 3 April 2013
Posted by Anonymous

तश्वीर कथा : धनकुटा बिहिबारे हाटको सेरोफेरो

हरेक बिहीबारको दिन लाग्ने गर्छ यहाँ यस्तो हाट
सामान्यतया: सातामा एकपटक वा एउटा बार पारेर तराई तथा पहाडी क्षेत्रमा लाग्ने बजारलाई हाट भनिन्छ । नुन, तेल, मेथी, जिरा, मरिच बेसार देखी लत्ताकपडा भाँडाकुँडासम्मको किनबेचमात्र होइन्, घरेलु उत्पादनहरु कुखुरा, अण्डा, तरकारी, फलफुल, अन्न, गेडागुडी, सागपात बजार पुर्याएर बेच्ने र त्यसको पैसोले अन्य सरदमको जोहो गर्ने पुलको काम समेत हाम्रा गाउँघरमा लाग्ने हाटबजारले गरिरहेको छ । यतिमात्र होइन, साताको एकदिनभएपनि घुमफिर गर्ने , साथीभाई आफन्त भेटघाट गर्ने र रमाइलो गर्ने मेसो समेत कैयौं सर्वसाधारणले हाटबजारकै दिन मिलाउँछन् । गएको साता पुर्वी पहाडी जिल्ला धनकुटामा यस्तै हाट भ्रमण गर्ने अवशर मिल्यो । सामान्यता तराईमा साँझ पर्न थालेपछि हाट शुरु हुन्छ भने पहाडमा चैं मध्यान्ह् पछि प्रायः हाट सकिन थाल्छ, गएको चैत्र ८ गते बिहीबार करिब बिहानको ११ बजे धनकुटा कोप्चेस्थित बिहीबारे हाट पुग्दा देखिएका केही जिवनहरु तश्वीरमार्फत देखाउने प्रयास गरेको छु ।  
Wednesday, 27 March 2013
Posted by Anonymous

शिकारुकेटोको डेरा जिन्दगी र यसमाथीको बहस


  1. हरेक डेरावालहरुको आफ्नै कथा, शिकारुकेटोको 'डेरा जिन्दगीmeroreport.net/profiles/blo...
    '
  2. त्यसपछिका केही थप प्रचार 
  3. @Shikaruketo ramro chha jasto chha aba padera bhanchhu hai
Wednesday, 6 March 2013
Posted by Anonymous

डेरा जिन्दगी

Picture:Google


१५ बर्ष पुगेछ, यो खाल्डोमा डेरावास भएको पनि । १५ वटैजति भए होला डेरापनि, कैले घरबेटी अनुसार आफु नहोइदिनेअनि कैले आफुअनुसार घरबेटी नहुने । मेरो डेरा जिन्दगी अस्थिर हुनाको वनलाइनर रिजन यही हो । फेरि, यही वनलाइनर रिजनभित्र अनेकौं कथाहरु छन्, अनेकौं ब्यथाहरु छन्, लेख्ने नै हो भने त महाकाब्य नै बन्ला, तर भो तेतापटी नकोट्याँऊ । भोगाईले नै अनुभव गराउँदो रहेछ अनि अनुभवले नै सिर्जना । यही कसरतमा बिशेषगरी यो कथित राजधानी खाल्डोमा सम्पूर्ण डेरा जिन्दगी बितारहनुभएका करिब ५० लाख स्वाभिमानि डेरावालहरुप्रति आभार र सम्मान प्रस्तुत गर्दै केही शब्द कोर्दैछुः                             
२०५३ सालतिर हुनपर्छ पहिलोपटक काठमाण्डौं खाल्डोको डेरा अनुभव गरेको । एस एल सी दिएपछि काठमाण्डौं घुम्न जाने उत्कण्ठ इच्छा थियो, जो प्राय सबै जिल्लावासी किशोरहरुको हुन्छ त्यो उमेरमा (अहिले सम्झँदा आफैंप्रति हाँसो लाग्छ), शायद मेरो पहिलो काठमाण्डौं आगमन त्यही नै हुनपर्छ, पुरा पनि भयो ।
Monday, 4 March 2013
Posted by Anonymous

बसभित्र चेलिवेटी बेचविखनका कुरा ....


२ डिसेम्बर २०१२, अर्थात गएको मंसिर १७ गते आईतबार । दिनको करिब २ बजे । कैलालीको चिसापानीमा रोकिएको ना ४ ख ६४९ नम्बरको महेन्द्रनगरबाट नेपालगंज हिँडेको बागेश्वरी यातायातको बसमा २ ब्यक्ति चढे । बसमा सुदुरपश्चिमेली लोकगित घन्कीरहेको थियो । त्यो बन्द भयो । सबै यात्रुहरुलाई एउटा सुचना भन्नुछ भनेर ध्यान केन्द्रित गरे । बसभित्रका करिब ३० यात्रु अलमल र आश्चर्यमा परे, बसभित्र चढेर यिनीहरुले के सूचना भन्न लागे भनेर । एकछिन् गाईंगुईं चल्यो, कतै अगाडी बाटो बन्द त छैन् ? कि चन्दा माग्ने हुन कि ? सवैजना आ- आफ्नै अडकल काटन थाले ।
त्यत्तिकैमा ती २ जना मध्ये एकजनाबाट सूचना आयो, ‘हामी नेपालगंजसम्मको यात्रामा अबको केही क्षणमा एउटा आधाघंटाको रेडियो कार्यक्रम सुनाउँछौं, सुन्नुहोला र त्यसपछि तपाईंलाई कस्तो लाग्छ, के बुझ्नभयो ? तपाईंहरुको प्रतिक्रिया लिनेछौं ।’ यत्ति सूचना पाएपछि बसका यात्रु ढुक्क र उत्साहित भए । अनि सधैं गित सुनेर हिंडिरहेको बसमा रेडियो कार्यक्रम सुनाएर छलफल गर्ने भनेको सुन्दा केही चाहीँ आश्चर्यचकित पनि भैरहेका थिए ।
एकैछिनमा शुरुभयो रेडियो कार्यक्रम ‘सहमति’ । कार्यक्रमको छैठौं अंक थियो यो । त्यो अंकमा मानव वेचविखन अन्र्तगत चेलिवेटी वेचविखनको बारेमा बिभिन्न सामग्रीहरु सुनाईएको थियो । आधाघंटाको सो कार्यक्रममा वेचविखनमा परेर फर्किएकी एक महिलालाई समाजमा पुर्नस्थापना हुन् परेको समस्या, मानव वेचविखनका कारण र रोकथामका उपाय लगायतका बिषयमा सुनाईएको थियो ।
Tuesday, 4 December 2012
Posted by Anonymous

जँड्याहा जुक्ति : मापसेबाट बच्ने १० उपाय

Photo Source:Google

१ हाइवेमा चेकिंग हुन्छ भनेर गल्लीको बाटो छिर्ने गल्ती नगर्नुहोला । पुलिसहरु बाठा भएर आजकल हाइवेभन्दा गल्लीतिर बढी बस्न थालेका छन् ।

२ मापसे गरिसकेपछि सवारी साधन मुख्यत बाईक कम गतिमा अगाडी आँखा तेज पार्दै हिँडनुहोला । ताकि ३०० मिटर अगाडी पुलिस बसेको वरै थाहा पाएर बिकल्प सोच्न सकियोस् ।

३ केही अगाडी पुलिस देखिए बाइक बिस्तारै रोकेजस्तो गर्नुस् । छेऊमा पसल छ भने पसलमा सामान किन्न गएजस्तो गर्नुस् । अनि बिस्तारै त्यहाँबाट फर्काउनुहोस् ।

४ एउटा गल्लीमा चेक भैरहेको छ भने लगत्तैको बाईपास कहिल्यै नसमाउनुहोला । प्रहरी धरापै थापेर बसेका हुन्छन् । जालमा परिने संभावना बढी हुन्छ ।

५ दिउँसो सार्वजनिक अपराध र राती मापसे पर्ने संभावना भएकाले पुलिस झकाउने वेला साँझ ५ देखी ७ बजेसम्म वा राती १० बजेपछि हिँडन कम जोखिम हुन्छ ।

६ मापसेको झमेलामा परेर १ हजार फाईन तिर्नुभन्दा टयाक्सी चढेर घरजानु पनि कम खर्चिलो एवं सुरक्षित उपाय हुनसक्छ ।

७  कतिपय अवस्थामा झमेलामा नपरि केही दक्षिणा टक्राउँदा पनि छोडन सक्ने संभावना छ , नेपालका पुलिस न परे :P

८ सारै खानुभएको छ र हिँडन नसक्ने हुनुभएको छ भने घरबाट बैकल्पिक चालक लाई बोालाउनु पनि एउटा विकल्प हुनसक्छ ।

९ माथीका उपाय अपनाउँदा अपनाउँदै पनि जम्काभेट भैहाले हस्पीटल हिँडया वा हस्पीटल गएर आएको भन्नुहोस् । बढी नबोल्नुहोस । कैलेकाहीँ पत्याईदिन्छन् ।

१० अन्त्यमा, यो रमाईलोको लागी लेखिएको हो । त्यसैले भरसक मापसे गरेर सवारी साधन हाँकेर हिँडदै नहिँडनुहोस् । सबैभन्दा सुरक्षित उपाय यही हो ।


थप  जुक्ती कुलरिम्स दाजु ( @Cooolrims ) बाट सुझाइएको 

११ चेकिंग देख्नासाथ प्लग थुतेर घिस्याउन थाल्ने, अनि पुलिसले सोधे के भर बिग्रीयो बिग्रीयो भन्ने ।

१२ डोर्याउँदै लाने र चेकिंग भेटिए सिधै भन्ने रे, मापसे गरेको छु , हाँक्न भएन त्यही भएर डोर्याएको, घर यहीं अगाडी हो ।

१३ चेकिंग देखिए चेकिंगको छेऊमै चाबी नछाडी बाइक छाडेर हिंडने र भोलीबिहानै डाइरेक्ट पुलिसचौकी जाने, मेरो बाइक हराएको थियो भनेर । पुलिसले घिसारेर चौकीमा लगी सुरक्षित राख्दिन्छ रे :P


Wednesday, 17 October 2012
Posted by Anonymous

दशैं


सुन्छु बाजुरामा चामल लिने भिडमा लाठिचार्ज भयो रे ।

दशैंमा चामलको भात खान पाईन्छ कि भन्ने आशले आएका जनताले अघाउँजि लाठि खाए रे ।

हेर्छु काठमान्डौंको नयाँ सडकमा खुटटा टेक्ने ठाऊँ छैन् ।

ब्यापारीलाई पैंसा सोहर्दै फुर्षद छैन्

ग्राहकलाई पैंसा बुझाउँदैमा सकस छैन् ।

बिर्षेको छ काठमान्डौले बाजुराको भोकमरी ।

बिर्षेका छन् नेताहरुले भोका नांगा जनता ।

तरपनी दशैं आएकै छ

तर खैं ॥कस्लाई आएको छ किन आएको छ

यदि नेपाली लाई नै आएको हो भने के बाजुरा चैं नेपाल होईन त ?

२००९ सेप्टेम्बर २० मा कोरेको कविता 
Tuesday, 25 September 2012
Posted by Anonymous

LIKE PLEASE.....

LIKE PLEASE.....
तपाईंको एक क्लिकले बिजेता बन्नसक्छ । त्यसैले कृपया माथिको फोटोमा क्लिक गरेर फोटो खोलेर (ओपन गरेर) फोटोमा लाइक गर्दिनुहोला ।

दम्पति

दम्पति
हामि जोइपोइ

धानखेतमा बाउसे गर्दै

धानखेतमा बाउसे गर्दै
असार १५ / २०७० गोलढुंगा, काठमाण्डौं

Creativity in Journalism

Creativity in Journalism
Picture published on the news of republica daily of 13 July,2013 about the training 'Creativity in Journalism organised by British Council on 8-12 July,2013

ललिता

ललिता
सुनसरीबाट प्रकाशित न्युजडटकम साप्ताहिकमा छापिएको मेरो कथा ललिता

सिकारुकेटो को हो ?

मेरो वारेमा ? मतलब म को हुँ ? निक्कैबेर घोत्लायो यो प्रश्नले । मेरो परिचय के ? गारो भयो यसको जवाफ दिन । चित्तबुझ्दो जवाफ नआउन्जेल सम्मको लागी उही सबैले दिने खालको परिचय दिँदैछु । वाआमाले राख्देको नाम पवन । थर न्यौपाने । जातले बाहुन (जुन म मेरो इच्छाले भएको हैन तैपनि हेपिनु परेको छ कतिपय अवस्थामा)ट्विटरमा @Shikaruketo सिकारुकेटो भनेर चिन्छन् मित्रहरुले । मोरंगको टंकिसिनुवारी (विराटनगर)हो मेरो घर। पेशाले रेडियो र मिडिया कन्टेन्टलाई कार्यक्षेत्र बनाएर हिँडेको ७० सालमा १० बर्ष पुगेछ । काठमाण्डौंमा डेरामा बसेर एउटा मिडियामा काम गर्ने गैससमा काम गर्छु । त्यहीँ पाएको पारिश्रामिकले आफु, श्रीमती र १ छोरीको जेनतेन गुजारा चलाएको छु । घुमफिर गर्न,नयाँ मान्छे भेटन, नयाँ कुरा सिक्न औधी रहर छ । हिँडदा, भेटदा, देख्दा समेटेका अनुभव अनुभुति एवं क्रियाप्रतिक्रियालाई कहिलेकाही यही ब्लगबाट शेयर गर्छु । यत्ति नै हो मेरो परिचय,रुची, इच्छा र अनुभव ।

सबैभन्दा बढी रुचाईएको

अब कक्षा १ मा

अब कक्षा १ मा
कक्षा १ पढन थालेँ नी म । सेन्ट मेरिज स्कुलमा छोरी कृपाको पहिलो दिन २९ अप्रिल २०१३

क्यामेरा, रोलिंग, एक्सन

क्यामेरा, रोलिंग, एक्सन
मित्र मिलन पौड्यालले कंचनपुरमा क्लिक गर्नुभएको तस्वीर

चन्द्रागिरी हाइकिङ

चन्द्रागिरी हाइकिङ
मित्र प्रमोद न्यौपानेले खिचिदिनुभएको तस्वीर
Powered by Blogger.

मैले कमाएको ~ मेरा मित्रहरु