Pages

Tuesday, 7 May 2013

तिमी कहाँ खेल्छौ ?


सेन्ट मेरिज स्कुलमा कक्षा १ मा पढने कृपा ६ बर्षकी भईन् । साताको ५ दिन उनी स्कुल जान्छिन् । शनिवार र आईतवार उनको स्कुल बिदा हुन्छ । बिदाको दिन प्रायः जसो उनी बाबा, मम्मीसंग घुम्न र नयाँ ठाऊँ हेर्न जाने गर्छिन् । त्यो देखी बाहेक अरु दिन स्कुलबाट फर्केपछि उनी होमवर्क सक्छिन् र उनी बस्ने घर छेऊमै रहेको चिल्ड्रेन पार्कमा खेल्न जान्छिन् । त्यहाँ उनी पिङ्ग खेल्छिन्, चिप्लेटी खेल्छिन् र रमाउछिन् । त्यहीँ खेल्न जाने क्रममै उनले त्यही चिनेर साथीहरुपनि बनाएकी छिन् ।

पाठशाला नेपाल काठमान्डौंमा कक्षा ३ मा पढने राहुल १० बर्षका भए । उनीपनि साताको ५ दिन स्कुल जान्छन् । स्कुलबाट आएपछि भने उनी घरभित्रै कम्प्युटर गेम खेल्छन्, कार्टुन हेर्छन् । पावर रेन्जर उनलाई मनपर्ने कार्टुन हो । बाहिर गएर खेल्नुभन्दा घरभित्रै खेल्न उनलाई मनपर्छ ।
तिमीहरु मध्ये केही साथीहरुलाई पनि कृपाको जस्तै बाहिर गएर खेल्न मन पर्दो हो, अनी केही साथीहरुलाई राहुलको जस्तो टिभी वा कम्प्युटरमै रमाउन मन लाग्दो हो । काठमान्डौंमा अहिले धेरै घरहरु बनिसकेकाछन्, त्यही भएर बाहिर खेल्न मन लागेपनि कति साथीहरु त बाहिर गएर खेल्ने ठाऊँपनि नपाउँदा हुन् र घरभित्रै खेलेर बस्नुपर्ने हुनसक्छ । त्यही भएर अहिले अधिकांश शहरी बालबालिका का साथी मान्छे भन्दापनि कम्प्युटर, टिभी, मोबाईल आदीमा आउने गेम, कार्टुन, भिडियोगेम लगायतलाई नै मनोरंजनको साथी बनाउनपर्ने अवस्था आएको छ ।

घरभित्र खेल्दा
फाईदा
·         टिभी, कम्प्युटर जस्ता नयाँ प्रबिधीसंग परिचित हुन्छ ।
·         घरभित्रै भएकाले अभिभावकले छुट्टै समय दिन नपर्ने भएकाले अभिभावकको समय बचत हुन्छ ।   
बेफाईदा
·         घरभित्र मात्र सिमित होइन्छ, बाहिरका साथी बन्दैनन् ।
·         बालबालिका भौतिक बस्तुप्रति बढी निकट हुन खोज्छन् ।
·         शारिरीक,सामाजिक र संवेगात्मक बिकास हुँदैन, मानसिक बिकास मात्र हुन्छ ।

घरबाहिर खेल्दा
फाईदा
·         बाहिरका साथी बन्छन् । यसबाट अन्र्तब्यक्ति सम्बन्ध स्थापित हुन्छ । अरुको रहनसहन,संस्कृति बारे जानिन्छ पनि ।
·         भौतिक दुनियाँदेखी बाहिरका कुरा थाहा हुन्छन् ।
·         शारिरिक, सामाजिक र संवेगात्मक बिकासमा मद्धत पुग्छ । 
बेफाईदा
·         घरबाट बाहिर भएकाले घरभित्रको तुलनामा बढी जोखिम पनि हुनसक्छ ।
·         अभिभावकले छुट्टै समय दिनुपर्छ ।

केही बर्ष पहिलेसम्म पनि बालबालिका घरभित्र भन्दा बाहीर साथीहरुसंग बढी खेल्दथे । यसले गर्दा उनीहरु भौतिक दुनियाँ भन्दा प्राकृतिक दुनियासंग बढी नजिक हुन पाएका थिए । हाम्रा पालामा त हामी साथीहरुसंग नै धेरै खेल्थ्यौं । अहिलेजस्तो कम्प्युटर गेम , भिडीयो गेम, कार्टुनहरुको चलन त्यतिधेरै भैसकेको थिएन । घरबाट बाहिर निस्कने र खेल्ने गर्नाले बाहिर धेरै साथीहरु बन्थे । तर अहिले बिभिन्न कारणले बालबालिकाहरु घरभित्रै बढी समय बिताउन बाध्य भएका छन् ।

पहिले पहिले बालबालिकाले खेल्ने खेल M लुकामारी ,गट्टा, भाँडाकुटी, बेउला बेउली, सिन्का लुकाई, घवाईं, डोरी, चोर पुलिस
आजकलका बालबालिकाले खेल्ने खेल M भिडीयो गेम, कम्प्युटर , कार्टुन

तर आफ्नो समग्र बिकास गर्नका लागी घरभित्रैका भौतिक खेलहरु मात्र होईन, साथीसंगी बनाएर घरबाहिर पनि खेल्न जानु राम्रो हुन्छ । घरभित्र र बाहिर दुबैतिर बराबरी महत्व दिएर तिमि खेल्न गयौ भने धेरै कुरा सिक्न सक्छौं ।  यसका लागी अभिभावकहरुले समेत बालबालिकाको मानसिकतालाई बुझेर उनीहरुलाई खेल्नका लागी उत्प्रेरित गर्नुपर्छ ।
*२०६८ पौष २२ गते शुक्रवार लेखिएको र हाल संशोधन गरी ब्लगमा आर्काइभ गरिएको


1 comment:

  1. dipak bharati7 May 2013 at 03:02

    यो लेख पढी सकेपछी मेरो निष्कर्स सबै कुराको राम्रो र नराम्रो पक्ष दुइटै हुन्छ,छोरा छोरीलाई घरभित्र र बाहिर दुबैतिर बराबरी महत्व दिएर खेल्न पठायो भने धेरै कुरा सिक्न सक्छन ।

    ReplyDelete