Pages

Wednesday, 27 March 2013

तश्वीर कथा : धनकुटा बिहिबारे हाटको सेरोफेरो

हरेक बिहीबारको दिन लाग्ने गर्छ यहाँ यस्तो हाट
सामान्यतया: सातामा एकपटक वा एउटा बार पारेर तराई तथा पहाडी क्षेत्रमा लाग्ने बजारलाई हाट भनिन्छ । नुन, तेल, मेथी, जिरा, मरिच बेसार देखी लत्ताकपडा भाँडाकुँडासम्मको किनबेचमात्र होइन्, घरेलु उत्पादनहरु कुखुरा, अण्डा, तरकारी, फलफुल, अन्न, गेडागुडी, सागपात बजार पुर्याएर बेच्ने र त्यसको पैसोले अन्य सरदमको जोहो गर्ने पुलको काम समेत हाम्रा गाउँघरमा लाग्ने हाटबजारले गरिरहेको छ । यतिमात्र होइन, साताको एकदिनभएपनि घुमफिर गर्ने , साथीभाई आफन्त भेटघाट गर्ने र रमाइलो गर्ने मेसो समेत कैयौं सर्वसाधारणले हाटबजारकै दिन मिलाउँछन् । गएको साता पुर्वी पहाडी जिल्ला धनकुटामा यस्तै हाट भ्रमण गर्ने अवशर मिल्यो । सामान्यता तराईमा साँझ पर्न थालेपछि हाट शुरु हुन्छ भने पहाडमा चैं मध्यान्ह् पछि प्रायः हाट सकिन थाल्छ, गएको चैत्र ८ गते बिहीबार करिब बिहानको ११ बजे धनकुटा कोप्चेस्थित बिहीबारे हाट पुग्दा देखिएका केही जिवनहरु तश्वीरमार्फत देखाउने प्रयास गरेको छु ।  


पहाडी उखु स्वादै बेग्लै हुँदो रहेछ नी हौ 

कोइरालोको फुल बेच्न बस्नुभा दिदिहरु 

गाउँको केरा, सारै स्वादिलो । बिकाश दाईले किनेर जो खुवाउनुभो । 

हाटे-होटलबाहिर स्थानिय महिला 


ब्यापारपनि गरियो, अब छुस्स एक बटुको जाँड र एकतुक सुर्ति तानेँ मैले के बिराएँ 

के खाने भाई ? - हाटे-होटल

ब्यापार सकियो, अब लाग्नुपर्यो घरतिर  

एकडोका सागमा अब यत्ति हो बाँकी, लगि हाल्नुस् अचार मिठो हुन्छ यस्को  

अब यत्ति हो बाँकी, लगि हाल्नुस् अचार मिठो हुन्छ यस्को  

घरकै काउली हो, मात्र २५ रुपैंया केजी

किनबेच भैसक्यो, अब एकछिन थकाइ मारौं सुर्ती पिऊँ

तराईको आलुचप भुजापनि पुगिसक्यो पहाडको हाटमा

लत्ताकपडा पो चाहियो कि ?

लत्ताकपडा पो चाहियो कि ?

डोकोनाम्लो पनि छ है । 

सुकेका माछा

सुकेका माछा

नाङलो, कोदालो, हँसिया, खुर्पा 

धनकुटे नरिवल बिस्कुट, २००८ सालमा बिपी कोइरालाले उदघाटन गरेको स्व पुर्णबहादुर श्रेष्ठको मोहन नरिवल बिस्कुट अहिले नी उत्तिकै प्रख्यात छ 

अदुवा चाहियो कि सुकेको खुर्सानी ??

गाउँको केरा, सारै स्वादिलो । बिकाश दाईले किनेर जो खुवाउनुभो ।

गाउँको केरा, सारै स्वादिलो । बिकाश दाईले किनेर जो खुवाउनुभो ।


हाम्रो नी फोटो खिचिदेऊ है भाई 

डोकोडालो मुडा लाने हो कि ?
 
ए कोइरालो भाई कोइरालो लाने हैन :ञी

कोइरालोलाई वाल हान्दै काभ्रोको कोपिला पो सोध्दैछन् हाम्रा कोइराला दाई 

रसिलो पोसिलो उखु

धेरैपछि पहाडी हाटको अवलोकन, जिवनका केही फरक आयामहरु देख्ने र देखाउने मेसो मिल्यो । हेरिदिनुभएकोमा धन्यवाद  । यात्रामा साथ दिने बिकास कोइराला दाजुलाई पनि धेरैधेरै धन्यवाद । 














2 comments:

  1. अरु त हैन लोकल केरा पाए चै खान्थे जस्तो भन्ने लाग्या छ !

    ReplyDelete
  2. जीवन्त फुटाहरु । दामी लागो गुरु :)

    ReplyDelete