Pages

Tuesday, 25 September 2012

दशैं


सुन्छु बाजुरामा चामल लिने भिडमा लाठिचार्ज भयो रे ।

दशैंमा चामलको भात खान पाईन्छ कि भन्ने आशले आएका जनताले अघाउँजि लाठि खाए रे ।

हेर्छु काठमान्डौंको नयाँ सडकमा खुटटा टेक्ने ठाऊँ छैन् ।

ब्यापारीलाई पैंसा सोहर्दै फुर्षद छैन्

ग्राहकलाई पैंसा बुझाउँदैमा सकस छैन् ।

बिर्षेको छ काठमान्डौले बाजुराको भोकमरी ।

बिर्षेका छन् नेताहरुले भोका नांगा जनता ।

तरपनी दशैं आएकै छ

तर खैं ॥कस्लाई आएको छ किन आएको छ

यदि नेपाली लाई नै आएको हो भने के बाजुरा चैं नेपाल होईन त ?

२००९ सेप्टेम्बर २० मा कोरेको कविता 

No comments:

Post a Comment