Pages

Friday, 31 May 2013

तस्विरकथा : गन्तब्य लप्सिफेदी

धर्तीमा स्वर्ग
काठमान्डौं खाल्डोको दौडधुप, रस्साकस्सी, ब्यस्तता र कामको चापाचापले थकित हुनुहुन्छ ? साताभरी वा महिनाभरीको कामबाट थकित भएर अलिकति भएपनि प्रकृती र ग्रामिणजिवन शैलीसंग रमाउन चाहिरहनुभएकोछ ? धेरै समयपनि छैन, खर्चपनि बजेट खर्चमै रमाईलो गर्न चाहनुहुन्छ ? नगरकोट, धुलिखेल, ककनी, गोदावारी जस्ता ठाऊँहरु सुझायोभने यि ठाऊँ त गइरहेको हो वा गैसकेको हो कत्ति जानु भन्ने पनि लाग्न सक्छ तपाईंलाई । 

त्यसोभए बजेटका हिसाबले, दुरीका हिसाबले, सुबिधाका हिसाबले लगायत सबै हिसाबले सुहाउँदो ठाऊँ हुनसक्छ काठमाण्डौंबाट मात्र करिब २० किलोमिटर पूर्वोत्तरतर्फको स्थान लप्सीफेदी । 
साँखु शालीनदीबाट करिब ५ किलोमिटरमात्रको दुरीमा रहेको यो स्थान काठमाण्डौंबाट अलिकति बाहिर गएर रिफ्रेस हुन चाहनेको लागी उपयुक्त गन्तब्य हुनसक्छ । लप्सीफेदी गाविसमा स्थिति चौकिभञ्ज्यांगमा अहिले केही सुबिधासम्पन्न रिसोर्टका साथै पुर्णतया पारिवारिक वाताबरणमा घरमै बसेर रमाइलो गर्ने गन्तब्यस्थलहरु छन् । आफ्नो बजेट अनुकुलतका अनुसार यात्रा योजना बनाउन सकिन्छ । त्यसठाऊँमा पुग्नका लागी काठमाण्डौंबाट करिब डेढ घंटा लाग्छ । पुरानोबसपार्कबाट सार्वजनिक यातायात (जुन काठमाण्डौं जोरपाटी हुँदै मेलम्ची पुग्छ) वा निजि वाहन – कार, जिप वा मोटरसाइकल) मा सहजै त्यसठाऊँमा पुग्न सकिन्छ ।

अलि पैसो तिरेर रिसोर्टमै बस्ने हो भने पनि सुबिधा छ ।
अम्लिसो । यसबाट कुचो बन्छ । 
डोको । प्रतिडोको १३० रुपैंयामा बेच्ने यी दाइले महिनामा १५० बटा डोको बनाएर बेच्नुहुन्छ । 
पाखो वाक 
बिहानी खाजा
खाइयो पँधेरो मै मुख गाडेर पानी 
सेमि होमस्टेको सुबिधा भएको घर जहाँ हाम्रो टोली बसेको थियो ।
यो चैं सितन

आफ्नो रुचीअनुसार लोकल कुखुराको झोलसंग यसरी मकैको ढिंगो नि खान पाइन्छ

यिं ढिंडो खाने यसरी पो हो त केटाहरु जान्दैनन ~ मित्र जिवन शर्मा
दाम अनुसारका लोकल भाले छानीछानी खान पाइन्छ सेमि होमस्टे मा बस्ने हो भने

बिहानी १ घंटे हाइकिंगमा डाँडा उक्लंदा भेटिएको प्राकृतिक गलैंचा, एक पोज दि हालम न त  :P
यस्तो मौका कैले मिल्ला नमिल्ला, बोटबाटै ऐंसेलु दार्दै सिकारु
ऐंसेलु घारी
ऐंसेलु घारी
बैसाख जेठमा पुग्दा यसरी ऐंसेलु टिपेर खान पाइन्छ 

चौकिभन्ज्यांगबाट माथी डाँडामा उक्लीएपछि देखिने ग्रामिण दृष्य

बोटबाटै टिपेर यसरी आरुबखडा खान पाइने ठाऊँ हो लप्सीफेदी
बिहानको छोटो हाइकिंगका लागी यसरी डाँडामा उक्लन सकिन्छ 
मेल

सम्पूर्ण रुपमा पिचबाटोबाटै त्यहाँ पुग्नसकिन्छ । खाली पिचमा उफ्रींदै मित्र जिवन र विकास


यही बोटबाट टिपेर खाएको हो हामिले आरुबखडा
कमरेड प्रचन्न बेलाँबेलाँ टिन्सीन हुँदा यै घराँ पुग्नी रैचन बास बस्न

सेमि होमस्टेमा बस्न चाहनुहुन्छ भने चाहीं याँ छ है सम्पर्क, हामी यहीं बसेर लोकल कुखुरो र ढिंडो बजाएका थियौं ।

तस्बीरहरु : बिकास कोइराला र सिकारुकेटो





5 comments:

  1. ramailo katha Lapsifedi ko :)

    ReplyDelete
    Replies
    1. Yes, really enjoyed very much. Thank u for joining SaVin :)

      Delete
  2. आफै पुगेंजस्तो भान भयो!! :)

    ReplyDelete