Pages

Monday, 26 March 2012

बाटोमा हिँडदा कुनै महिलाले थप्पड हाने के गर्नुहुन्छ ?

२०६८ सालको फागुको पुर्वसन्ध्यामा रेडियोकर्मीहरुका लागी एउटा तालिम संचालनको क्रममा महोत्तरीको बर्दिबास पुगिएको थियो । त्यहीँ पुगेको अवशरमा स्थानिय रेडियो सुनगाभामा युवापुस्ताका अनुभव र कुरालाई लक्षित गरेर तैयार पारिएको रमाईलो कार्यक्रम “अहिलेका पुस्ता” संचालनमा रहेछ ।
तालिमको ब्यस्त तालिकाका बाबजुद पनि रेडियो सुनगाभाका स्टेशन मेनेजर बसन्त योगीको अनुरोधलाई नकार्न नसकेर २१ फागुन आईतबार दिउँसो १ बजे रेडियो सुनगाभा बर्दिबास पुगियो....मात्र यति भनिएको थियो....युवाको बिषयमा रमाईलो कार्यक्रम छ...तपाईंसंग कुराकानी गर्ने भनेर । यही आग्रहलाई स्विकार्दै रेडियो पुग्दा कार्यक्रम संचालिका अनु खनाल ले सिधै अन एयरमा छिराउनुभयो ।
थाहा थिएन् के बिषयमा कस्ता कुरा सोधिन्छन् र के जवाफ दिने । तर,१ घंटाको यो अवधी निक्कै रमाईलो भयो...ब्यक्तिगत कुराकानी पनि गरियो,ब्यवशायिक कुराकानी पनि गरियो । कार्यक्रम संचालिकाले सोध्नुभएका केही नमुना प्रश्नहरु....
  •     तपाईंले आफैंले आफैंलाई के भनेर चिनाउनुहुन्छ ?
  •     तपाईंको सबैभन्दा सुखद क्षण र दुखद क्षण ?
  •     तपाईंकोे जिवनमा परिचयको महत्व ?
  •     गर्न चाहेर गर्न नसकेको काम ?
  •     अर्को जुनीमा के बन्न चाहनुहुन्छ ?
  •     कतिखेर रिस उठछ ?
  •    तपाईंको जिवनमा आमा को महत्व ?
  •     अहिलेसम्म देख्नुभएको सुन्दर महिला ?
  •     भागी कि मागी विवाह ?
  •   अशल नारीमा हुनपर्ने गुण ?
  •     तपाईंको बारेमा थाहा नपाएका ३ कुरा ?
  •     बाटोमा राम्री केटी देख्नुभयोभने के गर्नुहुन्छ ?
  •     महिलाको मन नपर्ने बानी ?
  •     कुन अवस्थामा झुट बोल्नुहुन्छ ?
  •     बाटोमा हिँडदा कुनै महिलाले थप्पड हाने के गर्नुहुन्छ ?
  •     श्रीमती रिसाउँदा के गर्नुहुन्छ ?
  •     माया के हो ?
यस्ता धेरै रमाईला प्रश्नहरुको जवाफ दिईयो, इमान्दार भएर । रमाईलो भयो । धन्यबाद बसन्त जी,अनु जी र रेडियो सुनगाभा परिवार यो अवशर दिनुभएकोमा । सम्पुर्ण कार्यक्रम सुन्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।
http://soundcloud.com/pawanneupane/aahila-ka-pusta-pawan-neupane

4 comments:

  1. हेहेहेहे पुरै बिज्ञापन यार ! :D

    ReplyDelete
    Replies
    1. Hehe....garna paryo ni

      Delete
    2. त्यो पनि आफ्नै

      Delete
    3. संसार हल्लाखल्लाकै रैच दाई

      Delete