Pages

Thursday, 22 March 2012

यात्रा संस्मरण बंगलादेश यात्रा



महिलाबिरुद्ध हुने सबै खालका हिंसा अन्त्य गर्न हामी सक्छौं अभियान अन्र्तगत आवद्ध परिवर्तनका संवाहकहरुको दक्षिण एसियाली राष्ट्रहरुको क्षेत्रिय सम्मेलन मा सहभागी हुन बंगलादेशको राजधानी ढाकाका लागी नेपालका बिभिन्न जिल्लाबाट ३४ जना परिवर्तनका संवाहकहरु प्ुार्वी नेपालको झापा पुग्यौं । स्थल मार्गको प्रयोग गर्दै बंगलादेशको राजधानी ढाका पुग्ने लक्ष्य आफैंमा कठिन थियो । तर सहभागीहरुको उत्साह, जोस र बिभिन्न उत्सुकतासंगै हाम्रो यात्रा २०६७ असार ७ गते बिहान झापाको काँकरभिट्टाबाट शुरु भयो ।

काँकरभिट्टाबाट पुर्बी नेपालको सिमाना मेची पुल पार गरी हाम्रो यात्रा भारतको मार्ग हुँदै अगाडी बढने क्रममा भारतको पानीटंकी पार गरी करिब दिउँसोको १ बजे भारतको सिलिगुढी पुग्यौं । सिलिगुढीबाट श्यामली टा«भल्सको बसबाट करिब ३ बजेतिर बंगलादेशका लागी नेपालका ३४ परिवर्तनका संवाहकहरु को यात्रा अगाडी बढ्यो ।
करिब ३ घंटाको यात्रापछि भारत र बंगलादेशको सिमावर्ती क्षेत्र बरमरीमा हामी पुग्यौं । त्यस ठाऊँमा भारतिय भुमि छाडने र बाँगला भुमि प्रबेश गर्ने क्रममा स्थानिय ईमिग्रेशन अफीसमा अफीसियल  प्रक्रिया पुरा गर्ने , रुपैंयाहरु साटने काम भयो । काठमाण्डौंको एउटा मनी एक्सचेन्जमा साटेको ५ सय टाकाको नोटलाई खुद्रा बनाउन खोज्दा ........यो नक्कली हो .....अन्त नदेखा  प्रहरीले पकडछ भनेपछि त एकैछिन त सातो गयो........दोश्रोपटक त्यो नोट एकैचोटी काठमाण्डौंको त्यही एक्सचेन्जमा मात्र पर्सबाट निस्कीयो । सिमामा प्रक्रिाय पुरा गरेपछि पुनः हामी स्यामली टा«भल्सको बस समातेर ढाकाका लागी अगाडी बढ्यौं ।
नयाँ ठाऊँ नयाँ अनुभव , शायद यही कारणले होला , रातभरीको यात्राका क्रममा समेत हामीमध्ये धेरैका आँखा नसुस्ताईकन एकटकले बसबाट बाहिर नियालीरहेको थियो । यात्राका क्रममा मध्यरातसम्मपनि बिचका बिभिन्न बजारहरुमा मान्छेहरुको नियमित आवतजावत, पशलहरु ख्ुालिरहेको र मान्छेहरु चिया पिउने, सैलुनमा दारी काटनेजस्ता हाम्रा ठाऊँमा अपवादबाहेक दिउँसो गरिने काम मध्यरातमा गरिरहेको देख्दा हामीले निक्कै अनौठो र रमाईलो महशुश गरिरहेका थियौं । 
रातभरीको यात्रापछि असार ८ गते बिहान हामी बंगलादेशको राजधानी ढाकामा ओल्र्यौ । सबैजना का लागी यो ठाऊँ नौलो भएपनि स्थानिय आयोजकहरुले हामीलाई लिन आएर हाम्रो बासस्थानतर्फ लैजाने ब्यबस्थापन मिलाएकाले हामीलाई गारो परेन् । समयमै होटल पुगेर पोकापन्थरा थन्क्याईयो । त्यसपछिका केही घण्टा हाम्रालागी खुला थिए , कारण सम्मेलनको उदघाटन समारोह मध्यान्नपछि मात्र शुरु हुने र त्यसका लागी २ बजे गाडी लिन आउने जानकारी हामीलाई आथित्यता दिइरहेका आयोजकमित्रले बताएका थिए ।
नयाँ ठाऊँ नयाँ परिवेश नयाँ भाषा नयाँ संस्कृती , सबैलाई सबैकुरा नयाँ नै लागिरहेको थियो । हामीमध्ये केही साथी लगातार २ दिन सम्म यात्राको थकान मेटाउने तैयारीमा आराम गर्न लाग्नुभयो भने केहीमा नयाँ ठाऊँ घुमफीर गर्ने रहर लागेर त्यतातिर छुटीयौं । निक्कै गर्मी भन्ने सुनेको ढाकामा सिमसिम पानीले हामीलाई शितलता संग स्वागत गरिरहेको थियो ।
स्थानिय एक सामुदायिक संस्थाको हलमा उदघाटन समारोहको कार्यक्रम राखिएको थियो । मध्यान्हतिर त्यहाँ पुग्दा बिभिन्न सार्क राष्टहरुका परिवर्तनका संवाहकहरु आ आफ्नो झाँकी र नाचगान सहित उदघाटन स्थलमा रमाईलो गरिरहेका देखिन्थे । बंगलादेशी मन्त्रीबाट कार्यक्रमको औपचारीक उदघाटन भयो । उदघाटन कार्यक्रम पछि बंगलादेशको समग्र परिचय,हामी सक्छौं अभियान र यस अन्र्तगत गरिएका कार्यक्रमहरुको बारेमा स्थानिय अभियानकर्ताहरुबाट जानकारी पाईयो ।
कार्यक्रमको दोश्रो दिन, अर्थात असार ९ गते । बिभिन्न देशका फरक फरक परिवर्तनका संवाहकको टोली बनाई बिभिन्न जिल्लामा जाने कार्यक्रम तय भएअनुसार १० बटा भन्दा फरक फरक टोली बन्यो । प्रत्येक टोलीमा फरक फरक देशका संवाहकहरु । फरक फरक वातातरण र फरक भाषा, केही सहभागीलाई निकटस्ता बढाउन केही गारो भएपनि हामी छिटटै नै समुहमा घुलमिल हुन सक्यौं ।
हामी नेपालबाट गएका सबैजना फरक फरक टोलीमा पर्यौं । त्यो मध्ये हाम्रो समुहमा हामी २ नेपाली,२ भारतिय,१ पाकिस्तानी,२ श्रीलंकन,१ इन्डोनेसियन थियौं । र हाम्रो यात्रा शुरु भयो, राजधानी ढाकाबाट २७० किलोमिटर परको चिटगाऊँतर्फ । धेरै नाम सुनेको, बिशेषत नेपालीहरु ब्ांगलादेशमा डाक्टरी पढन जाने ठाऊँ । प्राकृतिक रुपमा पनि बंगलादेशका रमणिय ठाऊँमध्ये एक ..................यस्तै यस्तै कुराहरु सुनेकाले निक्कै रोमान्चीत भैरहेका थियौं हामी । ढाकाको अत्यन्तै अब्यबस्थीत टा्रफीक जाम बाट पार पाउन नै सारै कठिन .....त्यहाँबाट उम्केर अगाडी बढेपछि यात्राका क्रममा देखीएका हरीयाली,सुपाडी नरिवलका रुख, स ससाना डाँडाले भौगोलिक रुपमा ठ्याक्कै नेपालको सुदुरपुर्व सम्झायो हामीलाई । त्यतिमात्र कहाँहोर बिश्वकप फुटवल २०१० को माहोल यति जमेको थियो कि , लाग्थ्यो पुरै बंगलादेश २ समुहमा बिभाजित भएर भिडीरहेको छ..................ब्राजिल भर्सेस अर्जेन्टीना । स्क्mुल कलेज खेत बारी क्लब घर बाटो चौबाटो कतै खाली थिएन्..............सबैतिर झण्डै झण्डा त्यो पनि ब्राजिल र अर्जेन्टीनाको मात्र ।  आक्कल झक्कल बाहेक लाग्थ्यो .........यि २ देशको मात्र समर्थनमा पुरै बंगलादेश बाँडीएको छ ।
त्यो दिन चिटागाऊँ पुग्न र स्थानिय बिटा कल्चर एण्ड डेभलोपमेन्ट सेन्टरको गेष्ट हाउसमा बास बस्नमात्र भ्याईयो । बंगलादेशी कला र संस्कृतीको बिकाशमा सक्रिय स्थानिय युवाहरुको उदाहरणीय संस्था । बेलैमा पुग्न नसकेका कारणले बिटाका मित्रहरुले बनाउनुभएको सांस्कृतिक कार्यक्रमको योजनापनि खेर गयो .....र बंगलादेशी कला हेर्नबाट हामी त्यो दिन चुक्यौं ।
कार्यक्रमको तेश्रो दिन ,असार १० गते, बिहानै हाम्रो समुहका प्रत्येकलाई फेरी स्थानिय एक बंगाली संबाहक मित्रसंग जोडी बनाईयो । र तिनै मित्रहरुको अगुवाईमा हामी बिभिन्न बिद्यालय, कलेज, समुह,संस्थाहरुमा पुग्यौं । मेरो जोडी बने एक बंगाली मित्रसारै मिजासिला र सहयोगी । उनीसंगसंगै लागेर २५ किलोमिटर पर्तिर चण्डोनिसे भन्ने ठाऊँको स्थानिय बिद्यालय पुगियो । त्यहाँका माध्यमिक तहका बालबालिकासंग आफ्नो देश,आफ्नो काम र उदेश्य बाँडन पाईयो । नेपालबाट भन्नेबित्तीकै धेरैले सगरमाथा चढदा कस्तो हुन्छ भनेर गरेको प्रश्न रमाईलै थियो । उनिहरु सबैलाई नेपाल देश भन्ने सुनेका थिए केहीलाई अलि बढी ज्ञान थियो । तर नेपालबाट आएको भन्ने बित्तिकै त्यहाँ घरछेऊमै सगरमाथा छ, र बिहान बेलुकै चढन जान्छन् होला भन्ने उनीहरुलाई लागेको रहेछ । जे होस् .... यी स्कुले बालबालिकासंगको अन्तरक्रिया पनि सम्झनायोग्य बन्यो ।
बिद्यालयका यी मिजासिला केटाकेटीसंग छुटटीएपछि हामी भेडस नामक स्थानिय एक संस्थामा पुग्यौं । यसले हामी सक्छौं अभियान त्यस ठाऊँमा संचालन गरिरहेको रहेछ ....अभियानले समेटेका केही महिला समुहहरुसंग पनि हाम्रो अनुभव आदानप्रदान भयो ।
त्यसपछि .....तिनै मेरा जोडी बनेका बंगाली मित्रले उनको घरसम्म पुर्याए । उनकै गाऊँमा रहेको बंगलादेशकै एकमात्र हिन्दु मन्दीर पनि जान भ्यायौं हामी । अधिकांश मुस्लीम धर्मावलम्बी रहेको बंगलादेशको यो हिन्दुहरुको बाहुल्यता रहेको गाऊँ .....यी मित्रपनि हिन्दु नै थिए ...........धार्मिक सदभावको नमुना गाऊँ रहेछ त्यो ।
कार्यक्रमको चौथोदिन असार ११ गते , बिटाको गेष्ट हाउसबाट उनीहरुको कार्यालयसम्म पुगियो । रंगकर्मको माध्यमबाट लैंगिक हिंसा अन्त्य गर्न बिटाकर्मीहरुले गरिरहेको प्रयास सुन्दा हामी दंग थियौं । बिटाकै एक अग्रज रंगकर्मी ले नेपालका कहलिएका रंगकर्मी अशेश मल्ल, सुनिल पोखरेलहरु सहपाठी भएको र नेपाल आइजाइ गरिरहने बताईरहँदा हामीलाई पनि हर्ष लागेको थियो । त्यहाँको छोटो अनुभव आदानप्रदानपछि बंगलादेशी मायाको चिनो बोकेर हामी फेरि ढाकातर्फ फर्कियौं ।
त्यहीसांझ ढाकामा सम्मेलन समापन समारोह भयो । सबै देशहरुबाट अभियानका बारेमा प्रस्तुती गर्ने क्रममा समारोहमा नेपालको तर्फबाट पनि आफ्ना प्रस्तुती राखियो । घरेलु हिंसा सम्बन्धी बिधेयकका सवालहरु र महिला अधिकारका सवालमा नेपाली अधिकार आन्दोलनका उपलब्धीहरु समेत प्रस्तुत गरियो । यो प्रस्तुतीपछि  जमेको सांस्कृतिक माहोलपनि निक्कै रोमांचक थियो । बिभिन्न देशका सहभागीहरुले आ आफ्नो प्रस्तुती देखाएका थिए ।
अन्तत अभियानका बिबिध पाटाहरुको अध्ययन गर्ने मौका यो सार्क स्तरिय परिवर्तनका संवाहकहरुको सम्मेलनले हामी सबैलाई जुटाईदिएको थियो । यात्राका क्रममा भोगिएका केही सास्ती केही थकान र केही पिडालाई त्यही भुमिकै छाडदै उनीहरुको कलाप्रतिको मोह,कलालाई अभियानमा समाहित गरेर गरिरहेको काम र कामप्रतिको लगनसिलता सिकाईको रुपमा लिएर हाम्रो टोली करिब १ साताको यात्रापछि पुन नेपाल फर्कियो ।

4 comments:

  1. lau comment hanam yasma

    ReplyDelete
  2. रमाइलो यात्रा भएछ ।

    ReplyDelete
  3. २७० बिलोमिटर परको चिटगाऊँतर्फ । yo bilo meter vaneko ke ho?? ni feri

    ReplyDelete
    Replies
    1. Sorry, typoerror. Thats Kilometer not bilometer . Thanks for correction

      Delete